English

बोटविरुवाको हेरचाह कसरी गर्ने ?



घरलाई सुन्दर बनाउन बगैँचाको भूमिका महत्वपूर्ण हुन्छ । सदाबहार बोटविरुवाले घरलाई सुन्दर देखाउँछ । विरुवा रोपेर मात्रै हुँदैन, यसको स्याहार पनि उत्तिकै जरुरी छ । विगत डेढ दशकदेखि यो क्षेत्रमा काम गर्दै आएकी कमला पराजुलीका अनुसार बोटविरुवाको हेरचाह गर्दा निम्न पक्षमा विशेष ध्यान दिनुपर्दछ ।

— कुनै पनि नयाँ विरुवा रोप्दै हुनुन्छ भने तपाईले नर्सरीबाट ल्याउने विरुवा कम्तिमा पनि साढे दुई इञ्चको हुनुपर्दछ ।

— यदि तपाईंले घरमै गमलामा बेर्ना उमार्नु भएको छ भने एकदेखि डेढ फिटको खाडल बनाएर मात्र विरुवालाई सार्नुपर्छ ।

— गार्डेनको माटो चिम्ट्याइलो छ भने त्यसमा बालुवा, माटो र मल मिसाउनु पर्छ ।

— गमलामा भएको बेर्नालाई जमिनमा सार्दा गमलामा भएको माटोसँगै पुर्नुपर्छ ।

— विरुवा सारिसकेपछि त्यसलाई वरिपरिबाट पानी हाल्ने, विरुवा नसरेसम्म दिनको दुई पटक बिहान र बेलुका नबिराई पानी हाल्नुपर्छ ।

— विरुवालाई बेला–बेलामा गोडमेल गर्दा अनावश्यक झार उम्रिन पाउँदैन ।

— बोटविरुवामा ‘लाई’ लगायत कीरा लाग्ने समस्या हुन सक्छ, त्यसको लागि पसलबाट लाईको औषधी ल्याएर हाल्ने अथवा घरमै पनि औषधी बनाउन सकिन्छ । त्यसको लागि लसुन र तितेपातीलाई कुटेर पानीमा मिसाउने र विरुवामा छर्किदा लाई तथा अन्य कीराहरू लाग्न पाउँदैनन् ।

— बोटविरुवामा मल हाल्दा कम्पोष्ट मल, पिना र बोन मिल मिसाएर विरुवाको अवस्था हेरी एउटा विरुवालाई आधा किलोको दरले हाल्नुपर्छ । यसरी मल हालेपछि विरुवाको वृद्धि विकास छिटो हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested