English

मेलम्चीमा बाघ आतंक



सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ । बुधबार राति सम्पत्तिको नाममा रहेको एउटा भैंसी पनि बाघले खाएपछि मेलम्ची–९ का ओमबहादुर भण्डारी चिन्तित छन् । गाई, भैंसी, गोरु, बाख्रालगायत घरपालुवा पशुहरू गोठमा बाँधिरहेकै अवस्थामा बाघले खाना थालेपछि स्थानीय चिन्तित भएका हन् ।

एक हप्तामा बाघको आक्रमणबाट चार पशुचौपाएको मूत्यु भएको छ । बाघ गाउँमा पस्न थालेपछि स्थानीय साँझमै घरभित्र बस्न बाध्य छन् ।

‘गोठमै आएर गाईवस्तु खान थालेपछि मानिसमा त्रास बढ्नु स्वभाविकै हो’, मेलम्ची ९ ज्यामिरेका सुनिलकुमार भण्डारीले भने, ‘ज्यामिरेलगायत आसपासका क्षेत्रमा बाघले आतंक मच्चाएको छ ।’

स्कुल जाने ससाना बालबालिकामा पनि बाघले आक्रमण गर्ने हो कि भन्ने त्रास अभिभावकमा उब्जिन थालेको छ । विद्यार्थी सुजन भण्डारीले गुनासो गरे, ‘बाघ कतै लुकेर बसेको छ कि भन्ने डरले दिउँसो पनि हिँड्न डर लाग्छ ।’

स्थानीय अहिले दिगो समाधानको लागि स्थानीय तहलगायत सरोकारवाला निकायसँग गुहार मागिरहेका छन् । वडा अध्यक्ष कमलबहादुर खड्काले क्षतिको विवरण हेरेर राहतका लागि तत्कालसम्बन्धित निकायलाई जानकारी गराउने र दिगो समाधानका लागि पनि पहल गर्ने बताएका छन्।

यो पनि पढ्नुहोस्:
विपद् अवस्थाबाट उठ्न चाहन्छ मेलम्ची बजार
मेलम्चीको बाढीले थप तीन घर बगायो

मेलम्चीबासीको माग– अब चामल, चिउरा होइन घर बनाउने सहयोग चाहियो
मेलम्ची बाढी पीडितका गुनासो : ‘राहत आयो तर, कहाँ गयो ?’ (भिडियोसहित)
ढुक्कले सास फेर्न नसकेको मेलम्ची–हेलम्बु !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested