English

वर्षा र भारी हिमपातले चिसो बढ्ने, प्राधिकरणले दियो यस्तो चेतावनी



पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार पश्चिम नेपालबाट प्रवेश गरेको यो प्रणालीले त्यस क्षेत्रमा बदली कायम गर्नुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

यो प्रणालीले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात हुने आँकलन महाशाखाले गरेको छ । आज मुलुकका धेरै क्षेत्रमा बदली रहेको छ, यसले तराई र पहाडी भूभागमा वर्षा पनि हुने ठानिएको छ ।

काठमाडौंमा बिहान घाम लागे पनि बदलीले ढाक्दै गएको छ ।

प्रेस नोटमा मौसम प्रतिकुल भएर पर्वतारोहण, हवाइ र यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने चेतावनी दिइएको छ । ‘हिमाली भूभागमा हिमपहिरोसहित अत्यधिक चिसो बढ्ने, पहाडी र तराईका भूभागमा वर्षासहित चिसोको जोखिम रहेकाले सतर्कता अपनाउन प्राधिकरणले भनेको हो ।

हिमपात र वर्षाका कारण जाडो झन बढ्न सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतना अपनाउन भनेको छ ।

प्रवक्ता डिजन भट्टराईले जारी गरेको प्रेस नोटमा मौसम प्रतिकुल भएर पर्वतारोहण, हवाइ र यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने चेतावनी दिइएको छ । ‘हिमाली भूभागमा हिमपहिरोसहित अत्यधिक चिसो बढ्ने, पहाडी र तराईका भूभागमा वर्षासहित चिसोको जोखिम रहेकाले सतर्कता अपनाउन प्राधिकरणले भनेको हो । योसँगै तराईमा शितलहर चल्न सक्ने आँकलन गरिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो