English

वर्षा र भारी हिमपातले चिसो बढ्ने, प्राधिकरणले दियो यस्तो चेतावनी



पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार पश्चिम नेपालबाट प्रवेश गरेको यो प्रणालीले त्यस क्षेत्रमा बदली कायम गर्नुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

यो प्रणालीले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात हुने आँकलन महाशाखाले गरेको छ । आज मुलुकका धेरै क्षेत्रमा बदली रहेको छ, यसले तराई र पहाडी भूभागमा वर्षा पनि हुने ठानिएको छ ।

काठमाडौंमा बिहान घाम लागे पनि बदलीले ढाक्दै गएको छ ।

प्रेस नोटमा मौसम प्रतिकुल भएर पर्वतारोहण, हवाइ र यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने चेतावनी दिइएको छ । ‘हिमाली भूभागमा हिमपहिरोसहित अत्यधिक चिसो बढ्ने, पहाडी र तराईका भूभागमा वर्षासहित चिसोको जोखिम रहेकाले सतर्कता अपनाउन प्राधिकरणले भनेको हो ।

हिमपात र वर्षाका कारण जाडो झन बढ्न सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतना अपनाउन भनेको छ ।

प्रवक्ता डिजन भट्टराईले जारी गरेको प्रेस नोटमा मौसम प्रतिकुल भएर पर्वतारोहण, हवाइ र यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने चेतावनी दिइएको छ । ‘हिमाली भूभागमा हिमपहिरोसहित अत्यधिक चिसो बढ्ने, पहाडी र तराईका भूभागमा वर्षासहित चिसोको जोखिम रहेकाले सतर्कता अपनाउन प्राधिकरणले भनेको हो । योसँगै तराईमा शितलहर चल्न सक्ने आँकलन गरिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested