English

‘महिला हिंसा अन्त्य गर्न नाराबाजी हैन, धेरै काम’ (भिडियोसहित)



महिला हिंसा अन्त्य गर्नपर्छ भन्ने नारा हामीले प्राय सुनिरहेका हुन्छौ । यो विषयमा चर्चा हुन थालेको लामो समय भईसक्यो । समाज पनि परिर्वतन हुँदै गईरहेको छ । तर, महिला हिंसा अन्त्य हुने कुरा भने कुरामै सिमीत छ ,काम हुन सकेको छैन । हिसांको स्वरुप भने परिर्वतन हुँदै गएको छ । महिलाको सन्दर्भमा नेपाली समाज झन् झन् विकराल बन्दै गएको पाइन्छ । हिंसा, हत्या र बलात्कारका घटनाहरू न्यूनीकरण हुनुको साटो अझ बढी नयाँ शैली, प्रकृति र स्वरूपमा बढ्दै गएको छ ।

हामीकहाँ महिलाले हिंसा सहेर बस्नुको कारण चेतनाको कमी र अर्को भोकको बाध्यता छ । पढेको छु,काम गर्ने चाहना पनि छ तर घरबाट बाहिर काम गर्न अनुमति दिनु हुन्न भन्दै धेरै महिला मकहाँ आउनुहुन्छ । परिवारले भनेको कुरा नमानेर बाहिर काम गर्न जाउँ भने सम्पुर्ण आर्थिक भार बहन गर्ने क्षमता छैन । सानो तिनो ब्यवसायबाट सुरु गर्छु भन्दा परिवारले बाहिर निस्कन दिदैनन् । अहिले पनि यहि रुढिवादी अवधारणा बाँकी नै छ ।

नवजात शिशु र सुत्केरी आमाका लागि परम्परागत नेपाली लुगा मात्रै होइन तितौरा, अचार, मस्यौरा, गुन्द्रुक बनाउने सीप धेरै महिलालाई पनि सिकाए । तर मेरो अनुभवले के भन्छ भने सिप सिकेर मात्र हुँदैन,चेतना नै पहिलो आवश्यकता हो । महिलालाई घरबाट बहिर गएर काम गर्ने अनुमति अझै पनि दिइदैँन । जति महिला आँट गरेर बाहिर निस्किएका छन् उनीहरुले राम्रो काम गरेका छन् तर, बाहिर निस्कनै नसक्नेहरु हिंसा सहन बाध्य छन् ।

२०३२ बाट म उद्यमशीलतामा सक्रिय रहेँ । अहिले मेरो उमेर नै ८३ बर्ष भयो । अहिलेसम्म १० औँ हजार महिलालाई उद्यममा लाग्न प्रेरित पनि गरेँ । नवजात शिशु र सुत्केरी आमाका लागि परम्परागत नेपाली लुगा मात्रै होइन तितौरा, अचार, मस्यौरा, गुन्द्रुक बनाउने सीप धेरै महिलालाई पनि सिकाए । तर मेरो अनुभवले के भन्छ भने सिप सिकेर मात्र हुँदैन,चेतना नै पहिलो आवश्यकता हो । महिलालाई घरबाट बहिर गएर काम गर्ने अनुमति अझै पनि दिइदैँन । जति महिला आँट गरेर बाहिर निस्किएका छन् उनीहरुले राम्रो काम गरेका छन् तर, बाहिर निस्कनै नसक्नेहरु हिंसा सहन बाध्य छन् । बालबालिका हेर्नु पर्यो,परिवार सम्हाल्नु पर्यो । धेरै अड्चन छन् महिलालाई बाहिर निस्कन रोक्ने,त्यसलाई मिलाएर अघि बढ्न सक्नु पर्छ ।

पढेर मात्र हुँदैन,रोजगारीको व्यवस्था छैन । उद्यम गरौ भने आर्थिक स्रोत छैन । ‘मैले कमाएकै छु,किन कमाउनु पर्यो ?’ भनेर श्रीमान्ले भन्नुहुन्छ । त्यसलाई चिरेर कसरी बाहिर निस्कने भन्ने चुनौती पनि छ । घरमा नै लघुउद्यम गर्न पनि सकिन्छ तर त्यो पनि आँट गर्न सक्नु हुन्न । मुल्याकंन गर्न र बजारमा प्रतिस्पर्धा गर्न पनि गाह्रो छ । यसले गर्दा शिक्षित महिलाहरु पनि श्रीमान्को भरमा बस्नु परेको छ । जस्ले गर्दा शिक्षित महिला पनि हिंसाको सिकार भएका छन् ।

महिला संकुचित भएर हिंसा सहेर बस्नु नै आफैमा हिंसा हो । हिसां भएमा मिलापत्रभन्दा पनि हिंसाको मूल जरा पत्ता लगाएर समाधान गर्न सक्नुपर्छ । गरिबी, अशिक्षा, आर्थिक विपन्नता छुवाछुत, दाइजो लगायतका कारणले हिंसा हुने गरेको देखिन्छ । विद्यालय जाने उमेर समूहलाई मात्र नभएर परिवारका सबै सदस्यलाई औपचारिक र अनौपचारिक रुपमा चेतना जगाउनु आवश्यक छ ।

नेपाली समाजलाई मैले ७० बर्षदेखि नजिकबाट नियाली रहेको छु ।सरकारले महिलाको लागि केही गरेको छैन । सरकारले महिलालाई अवसर सिर्जना गरिदिनुपर्छ । महिला हिंसा गर्ने वा हिंसा हुने भनेको महिलाबाट नै हो । गर्भमा हुँदा देखि नै लिङ्ग पहिचान गरेर छोरी छ भने फाल्ने गरिन्छ । त्यसैले महिला तथा पुरुष दुवैले सोच परिर्वतन गर्नु पर्छ । आजको युगमा पनि छोरीमा भेदभाव गरेर हुन्छ ?
जन्मघर होस् या कर्म घर महिलालाई छुट्टै व्यवहार गरिन्छ । छोरीलाई सरकारी स्कुलमा र छोरालाई बोर्डिङ स्कुलमा पढाइन्छ । यस्तो भिन्नता गर्न हुँदैन । बिहे गरेर गएको घरमा बुहारीलाई छोरीको व्यवहार गर्नु पर्छ । सोचमा परिवर्तन गर्नु पर्छ । सोच परिर्वतन नभएसम्म हिंसा अन्त्य हुँदैन । छोरा र छोरीकोबीचकोे भिन्नता अन्त्य गरेर अघि बढ्न सके मात्र महिला हिंसा अन्त्य हुन्छ ।

महिला संकुचित भएर हिंसा सहेर बस्नु नै आफैमा हिंसा हो । हिसां भएमा मिलापत्रभन्दा पनि हिंसाको मूल जरा पत्ता लगाएर समाधान गर्न सक्नुपर्छ । गरिबी, अशिक्षा, आर्थिक विपन्नता छुवाछुत, दाइजो लगायतका कारणले हिंसा हुने गरेको देखिन्छ । विद्यालय जाने उमेर समूहलाई मात्र नभएर परिवारका सबै सदस्यलाई औपचारिक र अनौपचारिक रुपमा चेतना जगाउनु आवश्यक छ ।

नेपालमा प्रजातन्त्र नै आएको छैन भन्छु म । अहिले पनि राणा शासन छ । नेताकै मान्छे नेताकै कार्यकर्ताले मात्र अवसर पाएका छन् । केही काम गर्न चाहनेहरुले नेताकै झण्डा समात्न जानु पर्ने हो त ? यस्तो राज्य व्यवस्थाले गर्दा पनि महिला अघि बढ्न सकेका छैनन् । प्रसुति गृहमा मेरो कपडाको स्टल थियो । त्यहाँ २०४८ देखि ०५६ साल सम्म काम गर्दा महिलामाथि केही अन्याय भएको देखे । मेरो स्वभावले अन्याय सहन सक्दैन । त्यसैले एक दुई वटा कुराहरु उठाए । मैले आवाज उठाए भनेर पछि मलाई त्यहाँ काम गर्नै दिइएन । सरकारले महिलाको आवाज सुन्दैन ।

महिला हिंसा अन्त्य गर्नको लागि महिलाले हिंसा सहेर बस्न हुँदैन । आत्मनिर्भर हुनुपर्छ । अरुको भरमा बस्नु भन्दा पनि आफै उद्यमी तथा व्यवसायी भएर समाजलाई परिवर्तन गर्न तिर लाग्नु पर्छ । महिला हिंसा अन्त्यको नाराबाजी गर्नु भन्दा धेरै काम गर्नुपर्छ ।

(सुमित्रा लुईटेलसँगको कुराकानीमा आधारित)

यो पनि…
रजश्वलाको पहिलो घण्टी : शरोनका लागि उत्सव (भिडियो सहित)
यसो भन्छन् : जिल्ला हाँक्ने ५ महिला प्रजिअ
महिला ‘बरघर’ले चलाएको थारू समाज
महिला पवित्र हुन तीजमा व्रत बस्नुपर्ने, पुरुष पवित्र हुनै नपर्ने !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested