English

‘महिला हिंसा अन्त्य गर्न नाराबाजी हैन, धेरै काम’ (भिडियोसहित)



महिला हिंसा अन्त्य गर्नपर्छ भन्ने नारा हामीले प्राय सुनिरहेका हुन्छौ । यो विषयमा चर्चा हुन थालेको लामो समय भईसक्यो । समाज पनि परिर्वतन हुँदै गईरहेको छ । तर, महिला हिंसा अन्त्य हुने कुरा भने कुरामै सिमीत छ ,काम हुन सकेको छैन । हिसांको स्वरुप भने परिर्वतन हुँदै गएको छ । महिलाको सन्दर्भमा नेपाली समाज झन् झन् विकराल बन्दै गएको पाइन्छ । हिंसा, हत्या र बलात्कारका घटनाहरू न्यूनीकरण हुनुको साटो अझ बढी नयाँ शैली, प्रकृति र स्वरूपमा बढ्दै गएको छ ।

हामीकहाँ महिलाले हिंसा सहेर बस्नुको कारण चेतनाको कमी र अर्को भोकको बाध्यता छ । पढेको छु,काम गर्ने चाहना पनि छ तर घरबाट बाहिर काम गर्न अनुमति दिनु हुन्न भन्दै धेरै महिला मकहाँ आउनुहुन्छ । परिवारले भनेको कुरा नमानेर बाहिर काम गर्न जाउँ भने सम्पुर्ण आर्थिक भार बहन गर्ने क्षमता छैन । सानो तिनो ब्यवसायबाट सुरु गर्छु भन्दा परिवारले बाहिर निस्कन दिदैनन् । अहिले पनि यहि रुढिवादी अवधारणा बाँकी नै छ ।

नवजात शिशु र सुत्केरी आमाका लागि परम्परागत नेपाली लुगा मात्रै होइन तितौरा, अचार, मस्यौरा, गुन्द्रुक बनाउने सीप धेरै महिलालाई पनि सिकाए । तर मेरो अनुभवले के भन्छ भने सिप सिकेर मात्र हुँदैन,चेतना नै पहिलो आवश्यकता हो । महिलालाई घरबाट बहिर गएर काम गर्ने अनुमति अझै पनि दिइदैँन । जति महिला आँट गरेर बाहिर निस्किएका छन् उनीहरुले राम्रो काम गरेका छन् तर, बाहिर निस्कनै नसक्नेहरु हिंसा सहन बाध्य छन् ।

२०३२ बाट म उद्यमशीलतामा सक्रिय रहेँ । अहिले मेरो उमेर नै ८३ बर्ष भयो । अहिलेसम्म १० औँ हजार महिलालाई उद्यममा लाग्न प्रेरित पनि गरेँ । नवजात शिशु र सुत्केरी आमाका लागि परम्परागत नेपाली लुगा मात्रै होइन तितौरा, अचार, मस्यौरा, गुन्द्रुक बनाउने सीप धेरै महिलालाई पनि सिकाए । तर मेरो अनुभवले के भन्छ भने सिप सिकेर मात्र हुँदैन,चेतना नै पहिलो आवश्यकता हो । महिलालाई घरबाट बहिर गएर काम गर्ने अनुमति अझै पनि दिइदैँन । जति महिला आँट गरेर बाहिर निस्किएका छन् उनीहरुले राम्रो काम गरेका छन् तर, बाहिर निस्कनै नसक्नेहरु हिंसा सहन बाध्य छन् । बालबालिका हेर्नु पर्यो,परिवार सम्हाल्नु पर्यो । धेरै अड्चन छन् महिलालाई बाहिर निस्कन रोक्ने,त्यसलाई मिलाएर अघि बढ्न सक्नु पर्छ ।

पढेर मात्र हुँदैन,रोजगारीको व्यवस्था छैन । उद्यम गरौ भने आर्थिक स्रोत छैन । ‘मैले कमाएकै छु,किन कमाउनु पर्यो ?’ भनेर श्रीमान्ले भन्नुहुन्छ । त्यसलाई चिरेर कसरी बाहिर निस्कने भन्ने चुनौती पनि छ । घरमा नै लघुउद्यम गर्न पनि सकिन्छ तर त्यो पनि आँट गर्न सक्नु हुन्न । मुल्याकंन गर्न र बजारमा प्रतिस्पर्धा गर्न पनि गाह्रो छ । यसले गर्दा शिक्षित महिलाहरु पनि श्रीमान्को भरमा बस्नु परेको छ । जस्ले गर्दा शिक्षित महिला पनि हिंसाको सिकार भएका छन् ।

महिला संकुचित भएर हिंसा सहेर बस्नु नै आफैमा हिंसा हो । हिसां भएमा मिलापत्रभन्दा पनि हिंसाको मूल जरा पत्ता लगाएर समाधान गर्न सक्नुपर्छ । गरिबी, अशिक्षा, आर्थिक विपन्नता छुवाछुत, दाइजो लगायतका कारणले हिंसा हुने गरेको देखिन्छ । विद्यालय जाने उमेर समूहलाई मात्र नभएर परिवारका सबै सदस्यलाई औपचारिक र अनौपचारिक रुपमा चेतना जगाउनु आवश्यक छ ।

नेपाली समाजलाई मैले ७० बर्षदेखि नजिकबाट नियाली रहेको छु ।सरकारले महिलाको लागि केही गरेको छैन । सरकारले महिलालाई अवसर सिर्जना गरिदिनुपर्छ । महिला हिंसा गर्ने वा हिंसा हुने भनेको महिलाबाट नै हो । गर्भमा हुँदा देखि नै लिङ्ग पहिचान गरेर छोरी छ भने फाल्ने गरिन्छ । त्यसैले महिला तथा पुरुष दुवैले सोच परिर्वतन गर्नु पर्छ । आजको युगमा पनि छोरीमा भेदभाव गरेर हुन्छ ?
जन्मघर होस् या कर्म घर महिलालाई छुट्टै व्यवहार गरिन्छ । छोरीलाई सरकारी स्कुलमा र छोरालाई बोर्डिङ स्कुलमा पढाइन्छ । यस्तो भिन्नता गर्न हुँदैन । बिहे गरेर गएको घरमा बुहारीलाई छोरीको व्यवहार गर्नु पर्छ । सोचमा परिवर्तन गर्नु पर्छ । सोच परिर्वतन नभएसम्म हिंसा अन्त्य हुँदैन । छोरा र छोरीकोबीचकोे भिन्नता अन्त्य गरेर अघि बढ्न सके मात्र महिला हिंसा अन्त्य हुन्छ ।

महिला संकुचित भएर हिंसा सहेर बस्नु नै आफैमा हिंसा हो । हिसां भएमा मिलापत्रभन्दा पनि हिंसाको मूल जरा पत्ता लगाएर समाधान गर्न सक्नुपर्छ । गरिबी, अशिक्षा, आर्थिक विपन्नता छुवाछुत, दाइजो लगायतका कारणले हिंसा हुने गरेको देखिन्छ । विद्यालय जाने उमेर समूहलाई मात्र नभएर परिवारका सबै सदस्यलाई औपचारिक र अनौपचारिक रुपमा चेतना जगाउनु आवश्यक छ ।

नेपालमा प्रजातन्त्र नै आएको छैन भन्छु म । अहिले पनि राणा शासन छ । नेताकै मान्छे नेताकै कार्यकर्ताले मात्र अवसर पाएका छन् । केही काम गर्न चाहनेहरुले नेताकै झण्डा समात्न जानु पर्ने हो त ? यस्तो राज्य व्यवस्थाले गर्दा पनि महिला अघि बढ्न सकेका छैनन् । प्रसुति गृहमा मेरो कपडाको स्टल थियो । त्यहाँ २०४८ देखि ०५६ साल सम्म काम गर्दा महिलामाथि केही अन्याय भएको देखे । मेरो स्वभावले अन्याय सहन सक्दैन । त्यसैले एक दुई वटा कुराहरु उठाए । मैले आवाज उठाए भनेर पछि मलाई त्यहाँ काम गर्नै दिइएन । सरकारले महिलाको आवाज सुन्दैन ।

महिला हिंसा अन्त्य गर्नको लागि महिलाले हिंसा सहेर बस्न हुँदैन । आत्मनिर्भर हुनुपर्छ । अरुको भरमा बस्नु भन्दा पनि आफै उद्यमी तथा व्यवसायी भएर समाजलाई परिवर्तन गर्न तिर लाग्नु पर्छ । महिला हिंसा अन्त्यको नाराबाजी गर्नु भन्दा धेरै काम गर्नुपर्छ ।

(सुमित्रा लुईटेलसँगको कुराकानीमा आधारित)

यो पनि…
रजश्वलाको पहिलो घण्टी : शरोनका लागि उत्सव (भिडियो सहित)
यसो भन्छन् : जिल्ला हाँक्ने ५ महिला प्रजिअ
महिला ‘बरघर’ले चलाएको थारू समाज
महिला पवित्र हुन तीजमा व्रत बस्नुपर्ने, पुरुष पवित्र हुनै नपर्ने !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,