English

विश्वमा आजः लन्डनको ब्लडी सन्डेदेखि कोलम्बियामा २५ हजारको ज्यान जाने गरी भएको ज्वालामुखी बिस्फोट



 आज १३ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न घटनाक्रम विकसित भएका थिए । स्वीडेन युरोपेली युनियनको सदस्य हुने वा नहुने भन्ने विषयमा भएको जनमतसंग्रहदेखि फ्रान्सको राजधानी पेरिसमा १३० जनाको ज्यान जाने गरी भएको अतिवादी हमला आज भएको थियो । त्यस्तै २० शताब्दीकै भयानक प्राकृतिक विपद् मानिएको कोलम्बियाको ज्वालामुखी बिस्फोट पनि आज नै भएको थियो । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

पेरिसमा अतिवादी हमला

सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा अतिवादी हमला भएको थियो । एउटा कन्सर्टमा भएको हमलामा १३० जनाको मृत्यु  भएको थियो । आक्रमणको जिम्मा इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आइएसआइएस) ले लिएको थियो । 

स्वीडेन युरोपेली युनियनमा आबद्ध हुने पक्षमा मतदान  

सन् १९९४ मा स्वीडेनले युरोपेली युनियनमा आबद्ध हुने निस्कर्ष निकालेको थियो । इयुको सदस्य हुने वा नहुने भन्ने विषयमा १३ नोभेम्बरमा भएको जनमत संग्रहमा ५० प्रतिशले पक्षमा मतदान गरेका थिए । स्वीडेन औपचारिक रुपमा सन् १९९५ को १ जनवरीमा ईयुमा आबद्ध भएको थियो । 

२५ हजारको मृत्यु भएको ज्वालामुखी बिस्फोट

सन् १९८५ मा कोलम्बियामा भीषण ज्वालामुखी बिस्फोट भएको थियो । ज्वालाखी बिस्फोटपछि आर्मेरो सहर नै बगाएको थियो । ज्वालामुखी बिस्फोटमा कम्तिमा २५ हजारको मृत्यु भएको थियो । आर्मेरोमा भएको सो ज्वालामुखी बिस्फोट २० औं शताब्दीकै भयानक विपद् मानिएको छ । 

भेनेजुएलाका राष्ट्रपतिको हत्या 

सन् १९५० मा भेनेजुएलाका तत्कालिन राष्ट्रपति तथा सेना प्रमुखको अपहरणपछि हत्या भएको थियो । राफेन सिमन उरबिनाले नेतृत्व गरेको विद्रोहीहरुले  सेना प्रमुख कार्लोस डेलगाडोको अपहरणपछि हत्या गरेका थिए । 

लन्डनमा ब्लडी सन्डे 

सन् १८८७ मा बेलायतमा गरीब तथा बेरोजागरले गरेको एउटा प्रदर्शनले उग्र रुप लिएको थियो । ट्राफलागर स्क्वायरमा भएको सो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा हिंसा मच्चिएको थियो । सन् १८८७ को १३ नोभेम्बरको आइतबार भएको सो प्रदर्शनमा ३ जना मजदुरको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए । 

यो पनि पढ्नुहोस् :
विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
१७ वर्षपछि शरद ऋतुमा कञ्चनजङ्घा आरोहण (फोटो/भिडियोसहित)
विश्वमा आजः विश्व व्यापार केन्द्रको स्थापनादेखि चीनको ग्रेट वालको अर्को खन्ड फेला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो