English

विश्वमा आजः विश्व व्यापार केन्द्रको स्थापनादेखि चीनको ग्रेट वालको अर्को खन्ड फेला



आज ३ नोभेम्बर । विश्व इतिहासमा आज बिभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

डोमिनिका स्वतन्त्र

सन् १९७८ डोमिनिकाले स्वतन्त्रता प्राप्त गरेको थियो । क्यारिबियन टापु डोमिनिका सन् १८०५ देखि बेलायतको उपनिवेश  थियो ।

म्यारिनर १० अन्तरिक्षमा

अमेरिकी अन्तरिक्षसम्बन्धी निकाय नासाले सन् १९७३ मा अन्तरिक्षमा  म्यारिनर १० यान पठाएको थियो । म्यारिनर १० बुध र शुक्र ग्रहमा एकै पटक पुग्ने पहिलो यान हो ।

अमेरिकी संसदमा अफ्रिकी मूलका पहिलो अमेरिकी

सन् १८६८ मा जोन विलिस मेनार्ड अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएका थिए । मेनाड अमेरिकी संसदमा निर्वाचित हुने पहिलो अफ्रिकी मूलका अमेरिकी हुन् ।

चीनको ग्रेट वालको अर्को खन्ड फेला

सन् १९९८ मा चीनको ग्रेट वालको केही खन्ड फेला परेको थियो । उत्तरी चीनको सानो स्वायत्त क्षेत्र निनजिक्सयाको हुवीमा थप २५ किलोमिटर पर्खाल फेला परेको थियो । योसँगै चीनको पर्खालको कूल क्षेत्रफल ७३०० किलोमिटर पुगेको थियो ।

विश्व व्यापार केन्द्र स्थापना

सन् २००१ को ११ सेप्टेम्बरमा अतिवादी सञ्जाल अलकायदाले वल्ड ट्रेड सेन्टरमा हमला गरेको थियो । सन् २०१४ मा पुरानो कमप्लेक्स नजिकै अर्को वल्ड ट्रेड सेन्टर स्थापाना गरिएको थियो । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested