English

मानवसेवामा रमाएकी नर्स



बागलुङ नगरपालिका–६ निवासी पुजन आचार्य हरेक दिन बिहान बेलुकी र सार्वजनिक बिदाको दिन मानवसेवा आश्रममा भेटिन्छिन् । धौलागिरी अस्पताल बागलुङमा अहेबको रुपमा कार्यरत २० वर्षीया आचार्यले व्यक्तिगत जीवनलाई त्यागेर मानव सेवामा समपर्ण भएकी हुन् ।

मानव सेवाले ओतप्रोत भएर आचार्य युवा अवस्थाको व्यक्तिगत रुचि बेवास्ता गर्दै आश्रमका रहेका ज्येष्ठ नागरिक, शारीरिक तथा मानसिक रुपमा बिछिप्त नागरिकको सेवामा लागेकी हुन् । उनी डेढ बर्षदेखि मानव सेवा आग्रहको मेडिकल वार्डमा निःशुल्क सेवा गर्दै आएको आश्रमका अभिभावक सुमिरा लामाले जानकारी दिइन । पहिलो पटक मानव सेवा आश्रमको मेडिकल वार्डमा प्रवेश गर्दा दुई महिना मासिक तलब २० हजार पारिश्रमिक लिए पनि त्यसपछि बेतलवी सेवा गर्दै आएको लामाले बताइन ।

आश्रममा बसेर काम गर्दा यहाँको आर्थिक अवस्था, आर्थिक स्रोत र व्यवस्थापनबारे जानकारी पाएपछि निःशुल्क सेवा गर्ने भावना विकास भएको आचार्यले बताइन् । ‘आश्रम दानबाट सञ्चालन भएको छन्’ उनले भनिन् ‘सबैले गाँस काटेर आश्रितको भोको पेट भर्ना दिएको रकमबाट तलब लिन मनले मानेन ।’ आचार्यले ६ महिनादेखि करारमा धौलागिरी अस्पतालका काम गरेकी छिन् ।

उनीहरुको नियमित स्वास्थ्य परीक्षण, नियमित औषधी खुवाउने तथा थप विशेषज्ञा डाक्टरसँग उपचार गर्नुपर्ने अवस्थामा अस्पतालसम्म लैजाने काम गर्दै आएको आचार्यले बताइन्। आश्रमका अभिभावकले सडकबाट मानसिक रुपमा विछिप्त नागरिक उठाएर ल्याए पछि उनीहरुको मानसिक स्वास्थ्यको जिम्मेवारी आचार्यले लिने गरेकी छन ।

घरको जेठी छोरी आचार्यलाई परिवारका सदस्यले पनि मानव सेवाको लागि प्रोत्साहन दिइरहेका छन् । ‘सुरूसुरूमा आमाबाबाले व्यक्तित्व बनाउने विषयमा जोड दिएका थिए’ आचार्यले भनिन्, ‘अहिले सबैले घर हामी सम्हाल्छौँ, तिमी सेवामा लाग्नु भन्नुभएको छ ।’ परिवारका सदस्यको हौसालले सेवामा थप उत्साही दिएको उनको भनाइ छ । आफुले सक्ने बेलासम्म निःशुल्क सेवा गर्ने आचार्यले बताइन ।

आश्रमका रहेका अधिकांस ज्येष्ठ नागरिकमा मानसिक तथा दीर्घ रोगको समस्या छ । उनीहरुको नियमित स्वास्थ्य परीक्षण, नियमित औषधी खुवाउने तथा थप विशेषज्ञा डाक्टरसँग उपचार गर्नुपर्ने अवस्थामा अस्पतालसम्म लैजाने काम गर्दै आएको आचार्यले बताइन्। आश्रमका अभिभावकले सडकबाट मानसिक रुपमा विछिप्त नागरिक उठाएर ल्याए पछि उनीहरुको मानसिक स्वास्थ्यको जिम्मेवारी आचार्यले लिने गरेकी छन ।

धौलागिरी अस्पताल तथा काठमाडौंका अस्पतालका कार्यरत मानसिक रोग विशेषज्ञा डाक्टरलाई भेटेर वा बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएर विज्ञको सल्लाह अनुसार औषधि चलाउने गरेको उनले बताइन । आश्रममा रहेका ४९ जनामध्ये ३२ जनाले मानसिक रोग र चार जनाले उच्चरक्त चाप र सुगरको औषधि सेवन गर्दै आएका छन् । मानसिक रोग र दीर्घ रोगको औषधि खरिदमा मासिक २२ हजार रुपैयाँ खर्च हुने आचार्यको भनाइ छ ।

बागलुङको आश्रममा देशका विभिन्न जिल्ला, छिमेकी देश भारत र बंगलादेशी नागरिक समेत आश्रित छन् । उनीहरू सबैको निःशुल्क भोजन तथा औषधि उपचार मानव सेवा आश्रमले गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्
कोभिड खोप लगाउन नमान्ने ब्राजिलका राष्ट्रपतिलाई घरेलु खेल मैदानमै प्रतिवन्ध
ओलम्पिकमा नेपालको ५७ वर्ष : खेलाडीलाई न प्राथमिकता, न पर्याप्त तालिम
खेलको महाकुम्भ : भिड्दै ५ नेपाली खेलाडी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,