ओलम्पिकमा नेपालको ५७ वर्ष : खेलाडीलाई न प्राथमिकता, न पर्याप्त तालिम
खेलकूदको महाकुम्भ हो, ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुन्न । सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छ । सपना देख्दैमा र इच्छा हुँदैमा पदक प्राप्त गर्न भने सम्भव छैन । खेलाडीको आफ्नो मेहनतले मात्र पदक पाउन कठिन छ । यसका लागि राज्यको लगानी आवश्यक छ । नेपाली खेलाडीले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागिता जनाउन थालेका हुन् । हालसम्म नेपाली खेलाडीले पदक प्राप्त गर्न भने सकेका छै्रनन् । ओलम्पिक सहभागितामा मात्र सीमित बनेको छ ।
सन् १९८८ को दक्षिण कोरियाको सिउलमा भएको ओलम्पिकमा सहभागी कञ्चनपुरका बक्सर विष्णुुबहादुर सिंहले भने एउटा बाउट जितेका थिए । सो ओलम्पिकमा उनीसँगै डम्बरदत्त भट्ट पनि सहभागी थिए । हाल सुदूरपश्चिम खेलकुद प्रशिक्षण विभागको नेतृत्वमा रहेका ओलम्पियन सिंहले सिउल ओलम्पिकमा पाराग्वेका खेलाडीलाई पराजित गरेका थिए ।
सोही संस्करणमा सहभागी तेक्वान्दोका खेलाडी विधान लामाले कास्य पदक जिते पनि त्यो बेला तेक्वान्दो प्रदर्शनी खेलका रुपमा मात्र समावेश भएकाले त्यसले पदकको मान्यता पाउन सकेन । बक्सिङका वरिष्ठ प्रशिक्षक एवं ओलम्पियन विष्णुबहादुर सिंहले सिउल ओलम्पिकमा पहिलो खेल पाराग्वेका खेलाडीलाई पराजित गरेका थिए । ‘दोस्रो खेल अमेरिकासित परेको थियो’, उनले भने, ‘खेल्दै गर्दा दोस्रो राउण्डमा रेफ्रीले खेल नै रोके ।’ उनले दोस्रो खेलमा रेफ्री अलमलमा पर्दा आफ्नो खेल अधुरैमा रोकिएको बताए । ‘रिङको कर्नरमा लगेर प्रहार गरिरहेको थिएँ ।’ उनले भने, ‘रेफ्रीले मलाई खेल्न नसक्ने भन्दै खेल नै रोके ।’
उनले ओलम्पिकमा सहभागी हुनुपुर्व दुई महिना थाइल्याण्डमा बन्द प्रशिक्षणमा बसेको बताए । ‘नेपालबाट बन्द प्रशिक्षणका लागि बक्सिङ खेलका सात जना गएका थियौँ, सिंहले भने, ‘दुई जना खेलाडीको स्तर नपुगेको भन्दै नेपाल फर्कादिएको थियो ।’ उनले नेपाली खेलाडीले पदक जित्ने आशा लिए पनि स्तर भने नपुगेको बताए । ‘अरुहरुको चार वर्षे, आठ वर्षे तालिम योजनासहित खेलाडी प्रशिक्षणमा हुन्छन्’, उनले भने, ‘हाम्रो तालिमको स्तर नै पुग्दैन ।’ उनले खेलाडीलाई वैदेशिक प्रशिक्षण तथा अन्तराष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराइराख्नुपर्नेमा जोड दिए ।
‘हरेक खेलाडीले ओलम्पिक खेल्ने चाहना राख्न सक्छन्’, सिंहले भने, ‘तर बक्सिङमा हामीपछि अहिलेसम्म नेपाली बक्सर पुग्न सकेका छैनन ।’ यसैगरी डडेल्लधुराकी सरस्वती भट्टराई रियो ओलम्पिकमा एथ्लेटिक्समा सहभागी भएकी थिईन् । हाल उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन् । त्यसैगरी सोल ओलम्पिकमा सहभागी अर्का बक्सर डम्बरदत्त भट्ट नेपाली खेलाडीहरुको स्तर पदक जित्ने अझै भइनसकेको बताउँछन् । ‘अहिले सहभागिता मात्रै होला जस्तो छ’, उनले भने, ‘योजना बनाएर खेलाडीलाई प्रशिक्षणमा गराउन सकिएको छैन ।’ उनले खेलाडीलाई सधैँ बन्द प्रशिक्षण आवश्यक रहने बताए ।
‘उदयमान खेलाडीलाई छुट्टै राखेर अध्यापन लगायतका प्रबन्ध मिलाउनुपर्छ’, उनले भने, ‘राष्ट्रियस्तरको प्रदर्शनले मात्रै बाहिरका प्रतियोगितामा पदकको आश गर्नु बेकार कुरो हो ।’ खेलकूदको उर्वरभूमि सुदूरपश्चिम प्रदेशबाट ओलम्पिकसम्मको यात्रा तय गर्ने खेलाडीमा दिपक विष्ट पनि हुन् । उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दो खेलमा सहभागिता जनाएका थिए । हाल टोकियो ओलम्पिकमा सहभागी पौडीकी गौरिका सिंहको पुख्र्यौली घर सुदूरपश्चिमको बझाङ हो ।
स्वदेशको प्रशिक्षणको मात्र भर पर्नु परिरहेको ओलम्पियन दिपक विष्ट बताउँछन् । स्वदेशको प्रशिक्षणले मात्र पदक प्राप्त सहज नहुने हुँदा सरकारले खेलाडीलाई विदेशमा प्रशिक्षणको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ । ओलम्पिक यात्राको ५७ वर्षपछि नेपालका पाँच खेलाडी हाल टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रत्येक चार वर्षमा हुने ओलम्पिक यसपटक कोरोना भाइरसको महामारीका कारण एक वर्ष ढिला सुरु भएको हो । कोरोनाका कारण खेल स्थलमा दर्शकलाई प्रतिबन्ध लगाइएको छ । टोकियो ओलम्पिकमा ३३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । यसका लागि ११ हजार ९१ खेलाडी खेल मैदानमा छन् । नेपालबाट पौडीमा गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले सहभागिता जनाएका छन् ।










prodentim2_azpl
Discover more about oral care at prodentim reviews consumer reports and see what makes it stand out. A lot of visitors want trustworthy explanations before they decide on any wellness-related product or service. ## Section 2 When visitors do not need to jump between many sources, they save time and effort. ## Section 3 When the message remains consistent, the site feels more polished and more complete. ## Section 4 In a crowded online environment, a direct and readable website can stand out fast.