English

टोकियो ओलम्पिक

खेलको महाकुम्भ : भिड्दै ५ नेपाली खेलाडी



२३ जुलाईदेखि ८ अगस्टसम्म टोकियो ओलम्पिक हुँदैछ । जसमा २०५ देशका ११ हजार भन्दा धेरै खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।

३३ खेलमा ३ सय ३९ वटा इभेन्ट्स रहनेछन् । नेपालबाट पनि हालसम्म ५ जना खेलाडीले ओलम्पिकमा सहभागिता जनाउने पक्का भएको छ । अन्य खेलाडीहरुको लागि भने वाइल्ड कार्ड आइसकेको छैन । खेलकुदको यो कुम्भ मेला २०२० को जुलाई, अगस्टमा हुने भनिएपनि कोभिड–१९ का कारण १ वर्ष पछि सरेको हो ।

यद्यपि, नाम भने २०२० टोकियो ओलम्पिक नै राखिएको छ । १ सय २४ वर्षे इतिहासमा ओलम्पिक निर्धारित समयमा हुन नसकेको यो पहिलोपटक हो । यसभन्दा अघि तीनपटक विश्व युद्धका कारण ओलम्पिक रद्ध भएको थियो । टोकियो ओलम्पिकका लागि नेपाल ओलम्पिक कमिटीले यसअघि ७ खेलका १२ खेलाडीको नाम छनोट गरेको थियो । जसमध्ये ५ जनाले टोकियो ओलम्पिकमा भाग लिने पक्का भइसकेको नेपाल ओलम्पिक कमिटी (एनओसी) का कार्यकारी सचिव सुजनलाल श्रेष्ठले बताए ।

जसअन्तर्गत जुडोकी सोनिया भट्टले वाइल्ड कार्ड प्राप्त गरेकी छिन् । उनले ४८ केजी मुनि इभेन्ट्समा प्रतिष्पर्धा गर्नेछिन् । भट्ट नेपालमा भएको १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को कास्यपदक विजेता हुन् भने उनले विश्व जुडो च्याम्पियनशिपमा एक बाउट जितेकी छिन् । विश्व च्याम्पियनशिपमा नेपालबाट बाउट जित्ने उनी पहिलो खेलाडी हुन् ।

नेपालले १३ औँ दक्षिण एशियाली खेलकुदमा पाएको ५१ स्वर्ण जित्दै इतिहास रचेको थियो । नेपालमा भएको खेलकुद प्रतियोगिताले पनि खेलाडीहरुको मनोबल उच्च छ ।

भट्टसँगै नेपालबाट पौडीमा गौरिका सिंह, एलेक्श शाह, एथ्लेटिक्सबाट गोपीचन्द्र पार्की र सुटिङमा कल्पना परियारले भाग लिने पक्का भएको श्रेष्ठले जानकारी दिए ।

गौरिका, एलेक्श र सुटिङकी सुस्मिता नेपाल र कल्पना परियारसहित कराँतेकी अनु अधिकारी र नवीन रसाइली, आर्चरीका ज्ञानु अवाले र तिलक पुन मगर, तेक्वान्दोका वीरबहादुर महरा, भारोत्तोलनका कमला श्रेष्ठ, सञ्जु चौधरी र जुडोका इन्द्र बहादुर श्रेष्ठलाइ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले छात्रवृत्ति अन्तर्गत मासिक ५ सय डलर उपलब्ध गराएको थियो । उक्त रकमले नै खेलाडीहरुको प्रशिक्षण गरिएको श्रेष्ठले बताए ।

वाइल्ड कार्डका लागि भने कमिटीले १० खेलाडीको नाम सिफारिस गरेको छ । छात्रवृत्ति पाउने १० खेलाडीबाहेक पनि जुडोकी भट्ट र बक्सिङकी मिनु गुरुङको नाम वाइल्ड कार्डका लागि सिफारिस गरिएको थियो ।

वाइल्ड कार्ड प्राप्त गरेका खेलाडीहरु यतिबेला अभ्यासमा रहेको श्रेष्ठ बताउँछन् । ‘अहिले खेलाडीहरुले अभ्यास गरिरहेका छन्,’ श्रेष्ठले भने, ‘कोही विदेश, कोही नेपालमै प्रशिक्षणमा हुनुहुन्छ ।’

‘ट्रेनिङमा केही समस्या आएको छैन, अहिलेसम्मको नेशनल रेकर्ड ब्रेक गर्ने लक्ष्य छ, जति सक्छु बेस्ट दिन्छु ।’

के भन्छन् खेलाडी ?
पौडी

ओलम्पिकमा भाग लिने पक्का भइसकेका ५ खेलाडीहरु यतिबेला अभ्यासमा जोड दिइरहेका छन् । बेलायतमा रहेकी गौरिका सिंह त्यतै अभ्यास गरिरहेकी छिन् । यस्तै, पौडीकै एलेक्श शाह लिंकन स्कूलमा बसेर अभ्यास गरिरहेका छन् । उनीहरुले ओलम्पिकमा सय मिटरको पौडी प्रतिष्पर्धा गर्नेछन् ।

कोरोनाका कारणले वातावरण अनुकुल नभए पनि राम्रो प्रदर्शन लक्ष्य राखेर अभ्यास गरिरहेको शाहले बताए । ‘गत वर्ष नै ओलम्पिक हुने भनिएको थियो कोरोनाका कारण एक वर्ष सर्यो,’ उनले भने, ‘यसले हामीलाई तयारीका लागि धेरै समय मिलेको छ ।’

शाहलाई अहिले विदेशी कोच लुक डेभिसले ट्रेनिङ गराइरहेका छन् । उनले यो भन्दा अघि थाइल्याण्डमा गएर पनि अभ्यास गरेका थिए ।

सुटिङ

सुटिङकी कल्पना परियार पनि क्लोज क्याम्प भित्रै ट्रेनिङ गरिरहेकी छन् । कोरोनाको कारणले त्यति सहज नभए पनि तयारीको मौक भने पाएको उनले बताइन् । ‘अहिले ट्रेनिङ पुगेको छ,’ उनले भनिन्, ‘पहिला ट्रेनिङको समय कम हुन्थ्यो, कोरोनाले म्याच सरेपछि समय छ, भनेजति र चाहेजति अभ्यास गरेका छौँ ।’ यद्यपि, कोरोनाका कारण बाहिर गएर अभ्यास गर्न नपाएको उनको गुनासो छ । कल्पना १० मिटर एअर राइफलको इभेन्टमा प्रतिस्पर्धा गर्दैछिन् ।

खेलाडीले १ जुलाईपछि आफ्ना खेलाडीहरुलाई ७ दिनका लागि क्वारेन्टाइनमा राखेर हरेक दिन पीसीआर परीक्षण गराउनु पर्नेछ । बाँकी देशका खेलाडीले ४ दिनमा २ पटक कोरोना परीक्षण गर्नुपर्नेछ ।

एथ्लेटिक्स

ओलम्पिकमा भाग लिने अर्का प्रतिष्पर्धी गोपिचन्द्र पार्की एथ्लेटिक्सको लागि राम्रो तयारी गरिरहेको बताउँछन् । ४२ किलोमिटको म्याराथनमा भाग लिन लागेका पार्की ट्रेनिङको लागि पर्याप्त समय पाएकोले आत्मबल उच्च रहेको बताउँछन् । ‘ट्रेनिङमा केही समस्या आएको छैन,’ उनले भने, ‘अहिलेसम्मको नेशनल रेकर्ड ब्रेक गर्ने लक्ष्य छ, जति सक्छु बेस्ट दिन्छु ।’

खेलाडीको लक्ष्य र आत्मबल कस्तो छ ?

खेलाडीलाई मानसिक रुपमा बलियो बनाउनका लागि परामर्श दिइरहेको श्रेष्ठले बताए । जसले खेलाडीहरु आत्मबलका साथ अभ्यास गरिरहेको उनको दाबी छ । ‘उहाँहरुमा नकारात्मक सोच नआओस् भन्नेमा हामी सतर्क छौँ,’ उनले भने, ‘तर, यतिबेला नेपालबाट टोकियो जाने फ्लाइट नै छैन, हामीलाई समस्या परेको छ ।’

नेपालले १३ औँ दक्षिण एशियाली खेलकुदमा पाएको ५१ स्वर्ण जित्दै इतिहास रचेको थियो । नेपालमा भएको खेलकुद प्रतियोगिताले पनि खेलाडीहरुको मनोबल उच्च रहेको श्रेष्ठ बताउँछन् ।

नेपालसहित ६ देशलाई चिन्ता

टोकियो ओलम्पिक सुरु हुन केही दिनमात्र बाँकी रहँदा जापानले ६ देशका लागि नयाँ नियम बनाएको छ । जसमा नेपालसहित भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तान रहेका छन् । यी सबै देशका खेलाडीले १ जुलाईपछि आफ्ना खेलाडीहरुलाई ७ दिनका लागि क्वारेन्टाइनमा राखेर हरेक दिन पीसीआर परीक्षण गराउनु पर्नेछ । बाँकी देशका खेलाडीले ४ दिनमा २ पटक कोरोना परीक्षण गर्नुपर्नेछ । यस्ता कुराले पनि चिन्ता बढाएको श्रेष्ठ बताउँछन् । नेपालले विश्व ओलम्पिकमा सन् १९६४ बाट सहभागी हुन थालेको हो । सन् १९६८ बाहेक हरेक संस्करणमा भाग लिएको छ ।

यो पनि पढ्नुहोस्
८२ चलचित्र अलपत्र : ‘करोडौं लगानी, बालुवामा पानी’
‘कुनै नेपालीले नपाएको सम्मान बुबाले पाउनुभयो’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली