English

कोभिड खोप लगाउन नमान्ने ब्राजिलका राष्ट्रपतिलाई घरेलु खेल मैदानमै प्रतिवन्ध



कोभिड खोप नलगाएकै कारण ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई फुटबल खेल हेर्न प्रतिवन्ध लगाइएको छ । ब्राजिलको घरेलु टिम सान्तोस र ग्रिमिओ फुटबल क्लब बीच घरेलु मैदानमा भइरहेको क्लब स्तरीय  खेल हेर्न राष्ट्रपतिलाई रोक लगाइएको हो । खोप नलगाएका व्यक्तिहरुलाई खेल हेर्न क्लबले अनुमति नदिएपछि राष्ट्रपति समस्यामा परेका हुन् । 

‘मैले फुटबल हेर्न खोजे । त्यहीबेला उनीहरूले मलाई खोप लगाएको हो भनेर सोधे,’ बोल्सोनारोले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्र्दै भनेका छन् । ‘फुटबल हेर्न किन खोप लगाउनु पर्यो ?’ उनले प्रश्न गरेका छन् । 

बोल्सोनारोले अहिलेसम्म कोभिड खोप लगाउन मानेका छैनन् र अरुलाई पनि नलगाउन दुत्साहन गर्दै आएका छन् । कोभिड संक्रमणलाई उनले जहिले पनि हल्का ढंगले टिप्पणी गर्दै आएका छन् । आफ्नो शरीरमा पर्याप्त एन्टीबडी भएकोले खोप लगाउन आवश्यक नभएको उनले बताउँदै आएका छन् । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested