English

घर बाढीले बगाएपछि ओढारमा बास, कसैले दिएनन् त्रिपालसमेत



बैतडीको सिगास गाउँपालिका–५ ढुंगाडमा गत ३१ असोसदेखि २ कात्तिकसम्म भएको अविरल वर्षाले ११० घरपरिवार प्रभावित भए । गाउँमा सेती नदीको बाढी पसेपछि तीन दिनसम्म टापुमा थुनिएका स्थानियवासी अहिले पनि निकै समस्यामा छन् ।

बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसमेत पुगे । बाढीबाट प्रभावित भएको दुई साता पुगेपनि ढुंगाडवासीले केही राहत पाएका छैनन् ।

केन्द्र सरकार र प्रदेश सरकारका प्रमुखहरू त्यहाँ पुगे पनि घर नजिकैको भनिएको स्थानिय सरकारका व्यक्ति आफुहरूसँग नपुगेको स्थानीय राम खडायतले बताए । उनले भने, ‘मेरो घर भित्र पानी पसेर सबै मालसमान बिग्रियो । बचेका कपडा र केही सामानहरू ओढारमा राखेका छौँ । बस्नलाई टहरो छैन् । छिमेकीको घरमा खाना खाने र कसैको घर गोठमा बास बस्ने गरेका छौँ ।’ अहिलेसम्म गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विपद शाखाका व्यक्ति कोही नपुगेको उनले बताए ।

स्थानीय कृष्ण थापाले भने, ‘जिल्लामा रहेको विपद व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, रेडक्रसका व्यक्ति, पत्रकार कोही पनि हाम्रो गाउँमा पुगेनन् । प्रधानमन्त्री र मुख्य मन्त्री आएको दिन केही नेताहरू र पत्रकार आएका थिए भन्ने सुन्यौँ तर उनीहरूले कसैको पीडा बुझेनन् । प्रधानमन्त्री पुगेको १० मिटर वरिपरि घुमेर गए ।’

जनता यसरी घरबारबिहीन हुँदा कोही पनि अहिलेसम्म एउटा त्रिपाल दिनसमेत नआएको स्थानीय कृष्ण खडायतले बताए । ‘यसरी ओढारको साहारा लिनुपरेका जनतालाई स्थानीय सरकारले एउटा त्रिपाल मात्र दिएको भए पनि राहत हुनेथियो’, उनले भने ।

स्थानीय प्रताप महराको घर बाढीले बगाएपछि अहिले उनि छिमेकीको घरमा बसेर किरिया गरिरहेका छन् । महराले भने‘ ुबाढीले घर लगेसँगै घरभित्रका सबै माल समानहरू नष्ट भए, काट्न ठिक्क भएको धानसहितको खेतबारी सबै बगरमा परिणत भयो । न एक टुक्रा जमिन रह्यो । न बास बस्ने ठाउँ रह्यो । हामी बाढी आउनु पूर्व भाग्न सफल भयौँ र बल्ल बाँच्यौँ । यस्तो पीडामा परेका हामीलाई कुनै पनि सरकारले सहयोग गरेको छैन् ।’

स्थानीय कृष्ण थापाले भने, ‘जिल्लामा रहेको विपद व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, रेडक्रसका व्यक्ति, पत्रकार कोही पनि हाम्रो गाउँमा पुगेनन् । प्रधानमन्त्री र मुख्य मन्त्री आएको दिन केही नेताहरू र पत्रकार आएका थिए भन्ने सुन्यौँ तर उनीहरूले कसैको पीडा बुझेनन् । प्रधानमन्त्री पुगेको १० मिटर वरिपरि घुमेर गए ।’

यता जिल्ला विपद व्यवस्थापन समिति अध्यक्षसमेत रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे दसैँअघिदेखि विदामा बसेका छन् । प्रमुख जिल्ला अधिकारी तिहारपछि मात्र जिल्ला फर्किने निमित्त प्रजिअ खगेन्द्र भारतीले बताए । यता सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बाढी प्रभावित क्षेत्रमा जानको लागि तयारी गरिरहेको बताएका छन् ।

यो पनि पढ्नुहोस्:
हजारौँ हेक्टरको धानबालीमा क्षति, मौसम नखुल्दासम्म नकाट्न सुझाव
‘जाग्राम बसेर बचाएको धानबालीलाई वर्षाबाट जोगाउन सकिएन’
पानीले लुम्बिनीमा साढे चार अर्ब बराबरकाे धानखेती नष्ट, राहतको पर्खाइमा किसान
महोत्तरीका किसान भन्छन्– ‘धान डुब्यो, गहुँ लाउने आश मर्यो’
वर्षा र हावाहुरीले दुई सय हेक्टरको धानबालीमा क्षति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested