English

लाइसेन्सको अनलाइन आवेदन खुल्यो, यसरी भर्नुहोस् अनलाइन फारम



यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदन खुला गरेको छ । कोरोना महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेकोे अनलाइन आवेदन सोमबारदेखि खुलेको हो । अब नयाँ आवेदन भर्नेहरु नयाँँ नियममा लिखित परीक्षा र ट्रायल दिन पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा.लोकनाथ भुसाल बताउँछन् ।

देशभर २१ वटा कार्यालयबाट अनलाइन आवेदन दिन सकिन्छ । कार्यालयको चाप अनुसार पालो आउने भुसालले बताए । ‘नयाँ आवेदन दिनेहरुले उपत्यकाको हकमा चार महिना र बाहिरका कार्यालयमा १५ दिन देखि १ महिनापछि मात्रैै पालो आउँछ,’ भुसालले भने ।

लाइसेन्सको लागि नयाँ आवेदन वेबसाइटमा गएर बिगतका दिनहरुमा भरे जस्तै भर्न सकिन्छ । पुराना आवेदन दिएकाहरु मध्ये अझै ४ लाखले ट्रायल दिन बाँकी रहेको भुसालले जानकारी दिए । ‘पुराना आवदेकहरुको ट्रायल परीक्षा भइरहेको छ,’ उनले भने ।

यसरी भर्नुहोस् अनलाइन आवेदन

– अनलाइन आवेदन भर्नका लागि सुरुमा गुगलको सर्चमा गएर onlineedlreg.dotm.gov.np टाइप गर्नुहोस् ।
– यो वेबसाइट खुलेपछि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेशन लेखेकोमा क्लिक गर्नुहोस् ।
– बायाँको कुनामा अनलाइन रजिस्ट्रेन लेखिएको हुन्छ । त्यहाँ क्लिक गर्नुहोस् ।
– त्यसपछि नेपाली र सेलेक्टे लेखिएको दुईवटा बक्स देख्नु हुन्छ । सेलेक्टेडमा क्लिक गर्नुहोस् । न्यु लाईसेन्स सेलेक्ट गरेर प्रोसेस गर्नुहोस् ।
– अब फर्म खुल्ने छ, त्यहाँ मागेअनुसार आफ्नो व्यक्तिगत विवरण ।
– अर्को बक्समा तपाईले परीक्षा दिने सवारीसाधनको छनोट गर्नुहोस् ।
– आफ्नो अञ्चल र लाइसेन्स लिने कार्यालय छनोट गर्नुहोस् ।
– अन्तिममा क्यप्चा राखेर सबमिट गर्नुहोस् ।
– यसरी आवेदन दिएपछि तपाईंलाई रसिद प्राप्त हुन्छ । त्यसमा दिएको मितिमा कार्यालयको भिजिट गर्नुहोस् ।

के छ नयाँ नियम ?

सवारी चालक अनुमति पत्र परीक्षाको लिखित परीक्षाका लागि ५ सय वटा प्रश्न दिइने छ । सोही पाँच सय प्रश्न भित्रबाटै परीक्षार्थीलाई २० प्रश्न सोधिने छ । यसै गरी प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने प्रावधान रहेको यातायात व्यवस्था विभागका निर्देशक डा.लोकनाथ भुसालले बताए । नयाँ निर्देशिकामा हालका लागि मोटर साइकल, स्कुटर र साना चार पाङ्ग्रे सवारी सधानलाई समेटेर बनाइएको भुसालले बताए । ठूला सवारी साधनका लागि पहिलेकै निर्देशिका अनुसार परीक्षा हुने उनले बताए । नयाँ निर्देशिका अनुसार सवारी चालक अनुमति परीक्षा दिन सर्वसाधारण सजिलो हुने विभागले जनाएको छ ।

ट्रायलमा यी कुरा बिगारे कति नम्बर काटिन्छ ?

लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ, उभड खाबड (स्पिड ब्रेकर), यु टर्न, ट्राफिक सङ्केत, ¥याम्प (उकालो), ग्यारेज र परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कन गरी एक सय अंकबाट ७ चरणमा अंक दिइनेछ । जसबाट ७० अंक आएमा उत्तीर्ण गरिनेछ ।

घुमाउरो आठमा एकपटक अंकित रेखा छोएमा ५ अंक र एकपटक खुट्टाले जमिन टेकेमा ५ अंक गरी १० अंक कटिनेछ । युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक कटिनेछ । ट्राफिक सङ्केतको पालना नगरेमा १५ अंक कटिने छ । बम्प्स (उभड खाबड) मा एकपटक सवारीको स्टार्ट बन्द भएमा ५ र एक पटक खुट्टा टेकेमा ५ गरी १० अंक काटिने छ ।

परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनमा सवारी चलाउनु पूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा ३ अंक, हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएमा ३ अंक काटिने छ ।

यो पनि पढ्नुहोस्
लाइसेन्सको लिखित र ट्रायल परीक्षा खुलाउन यस्तो छ विभागको तयारी
सवारी चालक अनुमति पत्रको नयाँ नियम कहिलेबाट ?
लाइसेन्स परीक्षालाई सजिलो बनाउने नियम आउँदै




सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested