English

लाइसेन्स परीक्षालाई सजिलो बनाउने नियम आउँदै



सवारी चालक अनुमति पत्र परीक्षाका लागि यातायात व्यवस्था विभागले नयाँ कार्यविधि निर्देशिका ल्याएको छ । विभागले ल्याएको नियम जेठ १ गते देखि लागू गर्ने भएको छ ।

के छ निर्देशिकामा

सवारी चालक अनुमति पत्र परीक्षाको लिखित परीक्षाका लागि ५ सय वटा प्रश्न दिइने छ । सोही पाँच सय प्रश्न भित्रबाटै परीक्षार्थीलाई २० प्रश्न सोधिने छ ।

यसै गरी प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने प्रावधान रहेको यातायात व्यवस्था विभागका निर्देशक डा. लोकनाथ भुसालले बताए । उनले भने, ‘नयाँ कार्यविधि निर्देशिकाको अनुसूची ७ र ८ मा मोटरसाइकल, स्कुटर र चार पाङ्ग्रे सवारी साधनको अङ्क दिने प्रक्रियालाई सात चरणमा छुट्टाएको छ । यस प्रक्रिया अनुसार सय पूर्णाङ्कको परीक्षामा ७० अङ्क ल्याएमा उत्तीर्ण हुने बनाइएको छ ।’

नयाँ निर्देशिकामा हालका लागि मोटर साइकल, स्कुटर र साना चार पाङ्ग्रे सवारी सधनलाई समेटेर बनाइएको भुसालले बताए । ठूला सवारी साधनका लागि पहिलेकै निर्देशिका अनुसार परीक्षा हुने उनले बताए ।

नयाँ निर्देशिका अनुसार सवारी चालक अनुमति परीक्षा दिन सर्वसाधारण सजिलो हुने विभागले जनाएको छ ।

कार, जिप र डेलिभरी भ्यानको परीक्षा दिँदा घुमाउरो आठमा एक पटक अङ्कित रेखा छोएमा ५ अङ्क र दोस्रो पटक अङ्कित रेखा छोएमा ५ अङ्क गरी १० अङ्क कटिने छ । उभड खाबड (स्पिड ब्रेकर) एक पटक सवारी साधनको स्टार्ट बन्द भएमा ५ अङ्क कटिने छ ।

ट्रायलमा यी कुरा बिगारे कति नम्बर काटिन्छ

सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका अनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ, उभड खाबड (स्पिड ब्रेकर), यु टर्न, ट्राफिक सङ्केत, र्‍याम्प (उकालो), ग्यारेज र परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कन गरी एक सय अङ्कबाट ७ चरणमा अङ्क घटाइने छ । यसरी घटाइएको अङ्कलाई जोडेर एक सयले घटाएर ७० अङ्क आएमा उत्तीर्ण गरिने छ ।

मोटरसाइकल, स्कुटर र मोपेडको परीक्षा दिँदा घुमाउरो आठमा एक पटक अङ्कित रेखा छोएमा ५ अङ्क र एक पटक खुट्टाले जमिन टेकेमा ५ अङ्क गरी १० अङ्क कटिने छ । यु टर्नमा टर्निङ इन्टिकेटर लाइट नबालेमा १० अङ्क कटिने छ । ट्राफिक सङ्केतको पालना नगरेमा १५ अङ्क कटिने छ । बम्प्स (उभड खाबड) मा एक पटक सवारीको स्टार्ट बन्द भएमा ५ र एक पटक खुट्टा टेकेमा ५ गरी १० अङ्क काटिने छ । परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनमा सवारी चलाउनु पूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा ३ अङ्क, हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अङ्क र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएमा ३ अङ्क कटिने छ ।

‘नेपालभर दैनिक सवारी चालक अनुमति पत्र पत्र लिनका लागि साढे सात हजारले चालक अनुमति परीक्षा फर्म भर्ने गरेका छन् भने ५ हजार व्यक्तिलाई मात्र परीक्षामा सहभागी गराइएको छ ।

कार, जिप र डेलिभरी भ्यानको परीक्षा दिँदा घुमाउरो आठमा एक पटक अङ्कित रेखा छोएमा ५ अङ्क र दोस्रो पटक अङ्कित रेखा छोएमा ५ अङ्क गरी १० अङ्क कटिने छ । उभड खाबड (स्पिड ब्रेकर) एक पटक सवारी साधनको स्टार्ट बन्द भएमा ५ अङ्क कटिने छ । यु टर्न टर्निङमा इन्डिकेटर लाइट नबालेमा १० अङ्क कटिने छ । ट्राफिक सङ्केतको पालना नगरेमा १५ अङ्क कटिने छ । ग्यारेज पार्किङमा सवारीलाई पछाडि गुडाउने क्रममा एक पटक अगाडि सारेमा १० अङ्क कटिने छ । परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनमा सवारी चलाउनु पूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा ३ अङ्क, सिट बेल्ट नलगाई सवारी चलाएमा ४ अङ्क र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएमा ३ अङ्क कटिने छ ।

चालक अनुमति पत्र लिनेको चाप यसरी व्यवस्थापन गरिँदै

कोरोना महामारीका कारणले सवारी चालक अनुमति पत्र परीक्षा १० महिना ठप्प भएको थियो । जसको कारण पछिल्लो तीन महिनामा साढे सात लाखको हाराहारीमा सवारी चालकको नयाँ अनुमति पत्रका लागि परीक्षा फर्म भरेको भुसालले बताए । ‘नेपालभर दैनिक सवारी चालक अनुमति पत्र पत्र लिनका लागि साढे सात हजारले चालक अनुमति परीक्षा फर्म भर्ने गरेका छन् भने ५ हजार व्यक्तिलाई मात्र परीक्षामा सहभागी गराइएको छ । अहिले करिब साढे पाँच लाख व्यक्ति परीक्षाको प्रतीक्षामा रहेका छन् ।’ उनले भने ।

सवारी चालक अनुमति परीक्षाको चापलाई व्यवस्थापन गर्न विभागले प्रदेश सरकारसँग समन्वय गरिरहेको उनले बताए । उनले भने ‘सवारी चालक अनुमति परीक्षाको चाप व्यवस्थापन गर्न एउटा ट्रायल सेन्टर थप गर्नु पर्ने देखिएको छ । अर्को ट्रायल सेन्टर सञ्चालन गर्ने कर्मचारीको सङ्ख्या पनि बढाउनु पर्छ । यी दुई वटा क्षेत्रमा क्षमता विकास गरेमा सेवा ग्राहीले ६ महिनादेखि एक वर्ष कुर्नु पर्ने अवस्था रहँदैन’ ।

यदि सवारी चालक अनुमति परीक्षाको चापलाई कम गर्न प्रदेश सरकारले पनि व्यवस्थापन गर्नु जरुरी रहेको उनले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,