English

लाइसेन्सको लिखित र ट्रायल परीक्षा खुलाउन यस्तो छ विभागको तयारी



यातायात व्यवस्था विभाग सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा खुलाउने तयारीमा छ । कोरोनाको संक्रमण कायमै रहँदा परीक्षा कसरी लिन सकिन्छ ? भन्ने बारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा प्रोटोकल पठाइएको विभागले जनाएको छ ।

कोरोना महामारीको दोस्रो लहरमा लाइसेन्सको परीक्षा बन्द भएको पाँच महिना भइसक्दा कुनै निर्णय हुन सकेको छैन । त्यसैले अब लाइसेन्सको लिखित र ट्रायल दुवै परीक्षा लिन सकिने गरी प्रोटोकल बनाएर पठाइएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । ‘संक्रमणको जोखिम अझै कायमै छ, तैपनि कसरी परीक्षा लिन सकिन्छ ? भनेर सिसिएमसीमा एउटा प्रोटोकल पठाएका छौ,’ घिमिरेले भने, ‘भोलि बुधबारसम्म के गर्ने ? भन्ने निर्णय आउँछ होला, सकारात्मक निर्णय आएमा हामी परीक्षा सञ्चालन गर्छौँ ।’

विभागले परीक्षाको लागि पूर्ण तयारी गरे पनि बाहिरको अवस्था अझै चिन्ताजनक नै छ । ‘परीक्षा लिनका लागि हामी तयारीमा छौँ तर, जोखिमको परिस्थिति अझै कायमै छ,’ घिमिरेले भने, ‘जसकारणले खोल्ने कि बन्द गर्ने निर्णय लिन सकेका छैनौँ ।’

लिखित परीक्षा दिए पनि ट्रायलमा व्यक्तिको भौतिक उपस्थिति अनिवार्य हुनु पर्ने भएकाले सहज परिस्थित कुर्न वा स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा संचालन गर्न बाहेक अन्य विकल्प नरहेको घिमिरेको भनाई छ । ‘यो अन्य परीक्षा जस्तो होइन अनलाइनबाट लिन मिल्ने,’ उनले भने, ‘व्यक्तिको भौतिक उपस्थित अनिवार्य चाहिन्छ, जसकारण हामीले कुनै पनि वैकल्पिक उपाय सोच्न सकेका छैनौँ ।’

ट्रायल तथा लिखित परीक्षा दिने करिव ३ देखि ४ लाख परीक्षार्थी छन् । लिखित परीक्षा दिई सकेकाले पुरानै व्यवस्था अर्थात १०० अंककै ट्रायलको परीक्षा दिने छन् । लिखित परीक्षा दिनेहरुको ७० अंकको ट्रायल परीक्षा हुनेछ । लिखितका लागि आवेदन दिएका र ट्रायल दिन बाँकी रहेकाहरुको लागि सार्वजनिक सूचना जारी गरिनेछ । सोहीअनुसार परीक्षार्थीले लिखित र ट्रायलमा सहभागी हुन पाउने घिमिरेले जनाए । सवारी चालक अनुमति पत्र परीक्षाका लागि विभागले नयाँ कार्यविधि निर्देशिकाको गत जेठ १ गतेबाट लागू हुनेगरि ल्याएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested