English

लाइसेन्सको लिखित र ट्रायल परीक्षा खुलाउन यस्तो छ विभागको तयारी



यातायात व्यवस्था विभाग सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा खुलाउने तयारीमा छ । कोरोनाको संक्रमण कायमै रहँदा परीक्षा कसरी लिन सकिन्छ ? भन्ने बारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा प्रोटोकल पठाइएको विभागले जनाएको छ ।

कोरोना महामारीको दोस्रो लहरमा लाइसेन्सको परीक्षा बन्द भएको पाँच महिना भइसक्दा कुनै निर्णय हुन सकेको छैन । त्यसैले अब लाइसेन्सको लिखित र ट्रायल दुवै परीक्षा लिन सकिने गरी प्रोटोकल बनाएर पठाइएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । ‘संक्रमणको जोखिम अझै कायमै छ, तैपनि कसरी परीक्षा लिन सकिन्छ ? भनेर सिसिएमसीमा एउटा प्रोटोकल पठाएका छौ,’ घिमिरेले भने, ‘भोलि बुधबारसम्म के गर्ने ? भन्ने निर्णय आउँछ होला, सकारात्मक निर्णय आएमा हामी परीक्षा सञ्चालन गर्छौँ ।’

विभागले परीक्षाको लागि पूर्ण तयारी गरे पनि बाहिरको अवस्था अझै चिन्ताजनक नै छ । ‘परीक्षा लिनका लागि हामी तयारीमा छौँ तर, जोखिमको परिस्थिति अझै कायमै छ,’ घिमिरेले भने, ‘जसकारणले खोल्ने कि बन्द गर्ने निर्णय लिन सकेका छैनौँ ।’

लिखित परीक्षा दिए पनि ट्रायलमा व्यक्तिको भौतिक उपस्थिति अनिवार्य हुनु पर्ने भएकाले सहज परिस्थित कुर्न वा स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा संचालन गर्न बाहेक अन्य विकल्प नरहेको घिमिरेको भनाई छ । ‘यो अन्य परीक्षा जस्तो होइन अनलाइनबाट लिन मिल्ने,’ उनले भने, ‘व्यक्तिको भौतिक उपस्थित अनिवार्य चाहिन्छ, जसकारण हामीले कुनै पनि वैकल्पिक उपाय सोच्न सकेका छैनौँ ।’

ट्रायल तथा लिखित परीक्षा दिने करिव ३ देखि ४ लाख परीक्षार्थी छन् । लिखित परीक्षा दिई सकेकाले पुरानै व्यवस्था अर्थात १०० अंककै ट्रायलको परीक्षा दिने छन् । लिखित परीक्षा दिनेहरुको ७० अंकको ट्रायल परीक्षा हुनेछ । लिखितका लागि आवेदन दिएका र ट्रायल दिन बाँकी रहेकाहरुको लागि सार्वजनिक सूचना जारी गरिनेछ । सोहीअनुसार परीक्षार्थीले लिखित र ट्रायलमा सहभागी हुन पाउने घिमिरेले जनाए । सवारी चालक अनुमति पत्र परीक्षाका लागि विभागले नयाँ कार्यविधि निर्देशिकाको गत जेठ १ गतेबाट लागू हुनेगरि ल्याएको थियो ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested