English

दसैं योजना

‘दसैंमा कुन कलाकारको के छ योजना ?



नेपालीहरुको महान चाड दसैंले सबैलाई छोइसकेको छ । सपिङ, आफन्त भेटघाट, तास, पिङ, गाउँघर जाने योजना यस्तै रमझममा नेपालीहरुले दसैं मनाउने गर्छन् । दसैंमा कलाकारहरुको पनि आ–आफ्नै योजना हुन्छ । कलाकारहरु सधैँ व्यस्त हुन्छन् । चाडबाडको बेलामा त झनै कलाकारहरु अझ व्यस्त हुन्छन् । विभिन्न कार्यक्रममा प्रस्तुति दिनको लागि कलाकारहरुलाई भ्याईनभ्याई हुन्छ । व्यस्तताका बीचमा पनि कलाकारले यो वर्ष दसैंमा कस्तो योजना बनाएका छन् भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ः

अभिनेत्री तथा निर्माता दिपाश्री निरौला दसैं मनाउनका लागि जन्मस्थान विराटनगर जाने तयारीमा छिन् । उनलाई दसैंको माहोल एकदमै मनपर्छ । दसैंलाई हरेक वर्ष जस्तै विशेष बनाउने उनको योजना छ । दसैंमा बुवा, मामा तथा मान्यजनबाट थापेको आशिर्वादले आफूलाई वर्षभर उर्जा दिने उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘सानै देखि दसैंमा टिकाको दिन नयाँ लुगा लगाउनु पर्छ भनेर अवलम्बन गर्दै आइयो त्यसैले सधैँ दसैंको टिकाको दिन नयाँ लुगा लगाउँछु ।’दसैंमा पिङ खेल्ने योजना पनि भएको उनी बताउँछिन् । ‘पिङ खेल्दा पनि एक प्रकारको रमाइलो अनुभव हुन्छ । अरुबेला विराटनगर जाँदा कामले जान्थे तर, दसैंको समयमा भने सबै कामलाई थाती राखेर परिवारसँग समय बिताउँछु,’ उनी भन्छिन्, ‘फुलपातीको दिन विराटनगर जान्छु र उतै परिवार तथा आफन्तसँग दसैं मनाएर मात्र फर्कन्छु ।’

अभिनेता सलोन बस्नेत यसपालीको दसैं काठमाडौंमै परिवारसँग मनाउने योजनामा छन् । दसैं फुलपातीको दिन उनको चलचित्र ‘डाँडाको बर पिपल’ रिलिज हुँदैछ । त्यसैले त्यसको तयारीमा पनि उनी व्यस्त छन् । यद्यपि परिवारसँग रमाइलो गरेर समय बिताएर नै दशैं मनाउने उनको योजना छ ।

त्यस्तै गायिका प्रिती आले योपटक दसैंमा जुठो परेको कारण विशेष योजना केही नभएको सुनाउँछिन् । दसैं मनाउने योजना नभए पनि दसैं कार्यक्रमको लागि झापा जाने उनको योजना छ । ‘एउटा कार्यक्रमको लागि २६ गते झापा जान्छु, त्यताबाट फर्किएपछि यसपाली काठमाडौँमै हुन्छु होला ।’ समय मिले माइत जाने योजना पनि रहेको उनले सुनाइन् । उनी भन्छिन् ‘यो पटक ‘दसैं नभएको कारण माइत तनहुँ जाने योजना पनि बनाएको छु, अरु योजना त खासै केही छैन ।’

अभिनेता सलोन बस्नेत यसपालीको दसैं काठमाडौंमै परिवारसँग मनाउने योजनामा छन् । दसैं फुलपातीको दिन उनको चलचित्र ‘डाँडाको बर पिपल’ रिलिज हुँदैछ । त्यसैले त्यसको तयारीमा पनि उनी व्यस्त छन् । यद्यपि परिवारसँग रमाइलो गरेर समय बिताएर नै दशैं मनाउने उनको योजना छ । ‘कोभिडले गर्दा त्यस्तो विशेष अरु योजना केही नभए पनि पोखरा घुम्न जाने कि भन्ने सोचिरहेको छु,’ उनी भन्छन् ‘हरेक वर्ष हामी परिवारका सदस्यहरु ट्रिपमा जाने गर्छौ । यो वर्ष पोखरा जाने योजना छ ।’ त्यसो त टिकाको भोलि वा पर्सिपल्ट घुम्न जाने योजना बनेको उनले सुनाए ।


अभिनेत्री दिपीका प्रसाई भने यो पटकको दसैंमा दुबई जाने योजनामा छिन् । घरमा जुठो परेको कारण टिका लगाउन तथा दसैं मनाउन नपाइने भएपछि उनले घुम्न जाने योजना बनाएकी हुन् । टिका लगाउन नभए पनि भेटघाटको लागि घर चाहीँ जाने उनी सुनाउँछिन् । घरमा भेटघाट गरेर टीकाको भोलिपल्ट ३० गते उनी दुबई जाँदै छिन् । उनी भन्छिन् ‘टिका लगाउन नभए पनि भेटघाटको लागि घर त जान्छौँ, परिवारसँग केही समय बिताएर टिकाको भोलिपल्ट दुबई जाँदैछौँ ।’

हास्यकलाकार जितु नेपाल यस पटकको दसैं परिवारसँगै रमाइलो गरे मनाउने योजनामा छन् । दसैंको समयमा अलि धेरै फुर्सद हुने भएकोले उनी परिवार तथा आफन्तहरुसँग समय बिताएर मनाउने मनस्थितीमा छन् । दसैंको रौनक बाल्यकाल जस्तो त छैन । तैपनि दसैंमा विशेष छुट्टी हुने भएकाले परिवार तथा आफन्तसँग भेट हँुदा र समय बिताउन पाउँदा रमाइलो लाग्ने उनी सुनाउँछन् । कोभिडले गर्दा त्यस्तो विशेष योजना नबनाएको भएपनि ठुलाबडाको हातबाट टिका लगाएर परिवारिक जमघटमा रमाउने जितु बताउँछन् ।

हास्यकलाकार जितु नेपाल यस पटकको दसैं परिवारसँगै रमाइलो गरे मनाउने योजनामा छन् । दसैंको समयमा अलि धेरै फुर्सद हुने भएकोले उनी परिवार तथा आफन्तहरुसँग समय बिताएर मनाउने मनस्थितीमा छन् । दसैंको रौनक बाल्यकाल जस्तो त छैन । तैपनि दसैंमा विशेष छुट्टी हुने भएकाले परिवार तथा आफन्तसँग भेट हँुदा र समय बिताउन पाउँदा रमाइलो लाग्ने उनी सुनाउँछन् । कोभिडले गर्दा त्यस्तो विशेष योजना नबनाएको भएपनि ठुलाबडाको हातबाट टिका लगाएर परिवारिक जमघटमा रमाउने जितु बताउँछन् ।

अभिनेत्री बेनिशा हमाल यसपटकको दसैं चितवनमा मनाउने तयारीमा छिन् । दसैंका लागि त्यस्तो विशेष योजना नबनाए पनि यसपाली परिवारसँग दसैं मनाउने योजनामा रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘यसपाली दसैंमा चितवन जान्छु, उतै परिवारसँग दसैं मनाएर काठमाडौँ फर्कन्छु ।’ यो बेलामा लामो छुट्टी हुने भएर हरेक वर्ष दसैं तथा तिहारको बिचमा साथीहरुसँग घुम्न जाने उनी यो वर्ष कोभिडले गर्दा जाने की नजाले अझै दोधारमा छिन् ।

अभिनेता तथा निर्माता दिपकराज गिरी दसैंको विशेष योजना केही नभएको सुनाउँछन् । जुठो परेको कारण योपाली टिका नभएकाले परिवारसँग समय बिताउने योजनामा छन् । कोभिडले गर्दा काम पनि नभएकाले परिवारसँग कतै घुम्न जाने योजनामा रहेको सुनाउँछन् । उनी भन्छन्, ‘कोरोनाको जोखिम कायमै रहेकोले यो वर्ष सबै जनाले सचेत भएर दसैं मनाउन आग्रह पनि गर्छु ।’

गायक प्रकाश सपुत यसपटकको दसैं मनाउनका लागि बागलुङ जाँदैछन् । जुठो परेको कारण टिका नभए पनि टिका बाहेकको दसैं मनाउने योजना छ उनको । २६ गते झापामा एउटा दसैं कार्यक्रमा सहभागि भएर २७ गते उनी बागलुङ जाँदै छन् । टिका लगाउन भए पनि नभए पनि दसैं मनाउनको लागी हरेक वर्ष उनी जन्मथलो पुग्छन् । उनी भन्छन्, ‘टिका भए पनि नभए पनि हरेक पटक जन्मथलो बागलुङ गएर नै दसैं मनाउने गर्छु ।’

अभिनेत्री सुष्मा कार्कीको पनि यो वर्ष टिका छैन । त्यसैले परिवारसँग समय बिताउने मिठो–मिठो परिकार बनाएर खाने उनको योजना छ । टिका नभएकाले गर्दा कतै घुम्न जाने हो कि भनेर योजना बनाइरहेको उनी बताउँछिन् । कोभिडले गर्दा दसैंको कार्यक्रमहरु पनि केही नभएकोले परिवारसँग धेरै भन्दा धेरै समय बिताउने सोचमा छिन् सुस्मा । उनी भन्छिन् ‘मुक्तिनाथ जाने भनेर प्लान बनाएका थियौँ । तर, जुठो परेर त्यो क्यान्सिल भयो त्यसैले दुबाई जाने कि भनेर प्लान बनाइरहेका छौँ ।’

गायक प्रकाश सपुत यसपटकको दसैं मनाउनका लागि बागलुङ जाँदैछन् । जुठो परेको कारण टिका नभए पनि टिका बाहेकको दसैं मनाउने योजना छ उनको । २६ गते झापामा एउटा दसैं कार्यक्रमा सहभागि भएर २७ गते उनी बागलुङ जाँदै छन् । टिका लगाउन भए पनि नभए पनि दसैं मनाउनको लागी हरेक वर्ष उनी जन्मथलो पुग्छन् । उनी भन्छन्, ‘टिका भए पनि नभए पनि हरेक पटक जन्मथलो बागलुङ गएर नै दसैं मनाउने गर्छु ।’

अभिनेता बुद्धि तामाङ हरेक वर्ष जस्तो यो पटक पनि दसैं मनाउनको लागि जन्मस्थल काभ्रे जाने योजनामा छन् । दसैंमा घर गएर परिवारसँग समय बिताउने र रमाइलो गर्ने उनको सुर छ । कामको व्यस्तताले गर्दा गाउँ गईरहने समय नमिल्ने भएर पुराना साथिभाईसँग भेटघाट गर्ने गफ गर्ने पनि उनको मनसाय छ । उनी भन्छन्, ‘दसैंको विशेष महत्व लिङ्गे पिङ पनि हो । त्यसैले गाउँका साथीभाईसँग मिलेर पिङ हालेर पिङ पनि खेल्छु ।’

यो पनि पढ्नुहोस् :
दशैंको मुखमा पनि भारत जानेको लर्को उस्तै
चाडपर्वको चहलपहलले बढ्दै कोरोना जोखिम
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै
दसैँका साइत सार्वजनिक, टिकाको शुभ साइत १०ः०२ बजे
दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, कहाँको भाडा कति ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,