English

चाडबाडमा यसरी गर्नुहोस् खर्च व्यवस्थापन



पैसा कमाउन जति गाह्रो छ त्यति नै जोगाउन । अझै त्यो भन्दा गाह्रो त लगानी गरेर प्रतिफल पाउन । मानिसले कमाएको पैसा ३ तरिकाले उपभोग गर्छ । एक कमाएको पैसा बचत, दोस्रो लगानी र तेस्रो खर्च । यी तीन तरिकाको पैसा उपभोग गर्नका निम्ति विवेक पुर्याउन जरुरी छ । कुनै पनि क्षेत्रमा लगानी गर्नु राम्रो हो । तर, त्यसको रेभिन्यु मोडल प्रस्ट भएन र लगानीको प्रतिफल पाउने प्रयाप्त आधार नभएमा दुःख गरेर कमाएको पैसा लगानी, यतिकै खेर जान सक्छ । जो खर्च सरह हो ।

आममानिसको सिमित आम्दानीले थुप्रै दायित्व पुरा गर्नुपर्ने हुन्छ । तर, कतिपय अवस्थामा अनावश्यक रुपमा हुने खर्चले पनि आम मानिसलाई चिन्ता थपिरहेको हुन्छ । यसरी खर्च हुनुलाई वित्तिय व्यवस्थापन गर्न नसक्नुको मुख्य कारण बुझिन्छ । अझै चाडबाडका समयमा पारिवारिक किनमेल, खाद्यान्न खर्च, घुमघामलगायत नियमित भन्दा धेरै नै अनावश्यक खर्च गर्छौ । केमा कसरी खर्च भयो त्यो थाहै हुँदैन । यस्ता अनावश्यक खर्चलाई कसरी कतौटी गरी व्यवस्थापन गर्ने भन्ने विषय सबैमा चासो र चिन्ता हुन सक्छ । त्यसैले सिद्धार्थ बैंक बौद्ध तिनचुली शाखाकी म्यानेजर ङिमा ग्याल्जेन शेर्पाले चाडबाडमा खर्च व्यवस्थापनका लागि दिएको सुझाव यस्तो छ :

– पहिला एक महिनामा हामीले गर्ने गरेका सबै खर्चको सुची तयार गर्ने । अब धेरै मान्छेलाई यो सुची तयार गर्ने गार्हो हुन्छ किनकि आफैंलाई नै के–के मा खर्च गर्ने गरेको थाहा नहुन सक्छ, त्यसको लागि आउने महिनाको खर्च गर्दै लिस्ट गर्दै जान सकिन्छ ।

– सबै कुराको हिसाब राख्नलाई बित्तिय संस्थाको प्रोडक्टहरुको सहयोग लिन सकिन्छ । जस्तै, क्रेडिट कार्डमार्फत खर्च गर्ने, यसरी गर्दा सम्पूर्ण खर्च विवरण बैंकले नै मासिक रुपमा पठाइने हुँदा आफ्नो खर्च माथि समिक्षा गर्न सकिन्छ । या बैंकहरुको एटिएम कार्ड, मोबाइल बैकिङमार्फत खर्च गरेर मासिक विवरण लिन पनि सकिन्छ ।

– अब ति खर्च मध्ये कुन–कुन खर्च आवश्यक छ । ती खर्चहरु छुट्याउने । अनावश्यक खर्चलाई कटौती गरी बचत गर्ने बानी बसाल्ने । यसरी विगतमा गर्ने गरेको बचतमा ति रकमहरु थप हुँदा लगानीको आधार तय गर्न सकिन्छ । सानोबाट सुरु गर्न हामी ती रकमहरु बैंकमा फिक्स डिपोजिट, डिबेन्चर या मेच्युल फन्ट वा आइपिओहरुमा लगानी गर्न सक्छौ ।

– यसरी आम्दानी बढाउनु , कमाएको रकमको बचत गर्नु, ति रकमको बचत, लगानी र खर्चको व्यवस्थापन राम्ररी गर्न सकिन्छ ।

– बचत गरेको पैसाले पैसा कमाउने बाटो (आम्दानीको स्रोत) सिर्जना गर्न वातावरण बनाउन सकिन्छ । त्यसैले चाडबाडमा हुने अनावश्यक खर्चलाई पनि यसरी नै जोगाउनुहोस् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,