English

कोरोना अपडेट : एकैदिन १,२३९ संक्रमित थपिए, १,३२४ जना संक्रमणमुक्त



नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २३९ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार २४३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत छ । योसँगै हाल देशभर सक्रिय सङ्क्रमित २० हजार ७४३ जना छन् ।

त्यस्तै ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला ९ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० छन् । अहिले ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही छन् । पछिल्लो २४ घण्टामा १ हजार ३२४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ५६ हजार ९५४ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६ प्रतिशत छ ।

सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ७२ जनाको निधन भइसकेको छ । हाल देशभर ३४० सघन उपचार कक्ष, १११ भेन्टिलेटर, १९ हजार ४३७ होमआइशोलेसन, १ हजार ३३४ संस्थागत आइशोलेसन र २४६ जना क्वारेन्टिनमा छन् । बिहिबार १ लाख ३८ हजार ३८५ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ६२ लाख ९३ हजार ८९ र पूर्ण मात्रा ५८ लाख ६० हजार ९२९ जनाले लगाइसकेका छन् ।
यो पनि पढ्नुहोस् :
यसो भन्छन् : जिल्ला हाँक्ने ५ महिला प्रजिअ
महिला ‘बरघर’ले चलाएको थारू समाज
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
जुवामा जितेको १ लाखले बनेको केशर बगैंचा, यसरी बन्यो ‘गार्डेन अफ ड्रिम्स’
महिला पवित्र हुन तीजमा व्रत बस्नुपर्ने, पुरुष पवित्र हुनै नपर्ने !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सन्जीब दुलाल :ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् । वन प्राविधिक सङ्घ बागमती

काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन

काठमाडौँ, ७ असार २०८३४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत ‘डुबिसक्यो

२ असार, काठमाडौँ – इसेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन्

Latest










Popular
Suggested