English

कोरोनाले सौन्दर्य व्यवसायी महिला पुनः भान्सामै सिमित हुनुपर्ने अवस्था



हामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व आक्रान्त छ । सबै क्षेत्र प्रभावित भएको बेला सौन्दर्य व्यवसाय अछुतो रहने कुरै भएन ।यो व्यवसाय धेरै मात्रामा महिलाहरुले समालेको व्यवसाय हो । अघिल्लोपटक झण्डै वर्षदिन लकडाउन भयो । अन्य व्यवसायहरु खुलेपनि सौन्दर्य व्यवसायलाई अनुमती दिइएन । जसकारण धेरैले व्यवसाय नै छोड्न बाध्य भए ।

कतिपय डिप्रेसनको शिकार हुनु परेको समेत सौन्दर्यविद कमला श्रेष्ठ बताउँछिन् । ‘हामीले सरकारसँग माग गरेर व्यवसाय खोल्ने अनुमती लियौँ, लय लिदैँ थियो, दोस्रो भेरियन्टले पुनः निषेधाज्ञा हुँदा उही समस्या फेरी बल्झियो’, व्यवसायी श्रेष्ठले भनिन्, ‘सतप्रतिशत घाटा बेहोरेरै पनि हिम्मत नहारी व्यवसायलाई बढाउन व्यवसायीहरु लागिपर्नु भएको छ ।’ यस्तोबेला सरकारले प्रोत्साहन गर्नुका साटो वेवास्ता गरेको उनको गुनासो छ । सबैलाई खोपको व्यवस्था र ऋणमा सहुलियत माग गरिएपनि ती पहुँच हुनेले मात्र पाएको यिनको आरोप थियो ।

‘सतप्रतिशत घाटा बेहोरेरै पनि हिम्मत नहारी व्यवसायलाई बढाउन व्यवसायीहरु लागिपर्नु भएको छ ।’यस्तोबेला सरकारले प्रोत्साहन गर्नुका साटो वेवास्ता गरेको उनको गुनासो छ । सबैलाई खोपको व्यवस्था र ऋणमा सहुलियत माग गरिएपनि ती पहुँच हुनेले मात्र पाएको यिनको आरोप थियो ।

कोरोनाका कारण रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जित भएको अनानिक ब्युटी सलोन एन्ड स्पाका संचालक सुरवीन राईले बताए । ‘पहिलो कोरोनामै होम सर्भिस सुरु गर्ने योजना बनाए पनि अहिले आएर मात्र यो प्रभावकारी भएको छ ।’ राई भन्छन् ‘सुरक्षाको मापडण्ड अपनाएर निषेधाज्ञाको समयमा पनि होम सर्भिसको कामलाई निरन्तरता दिएका छौं ।’ पार्लर खोलेको भए पनि ग्राहकको संख्या ७० प्रतिशत घटेको छ । दुई वर्ष लकडाउन घाटाको भरपाई गर्न अर्को दुई वर्ष लाग्ने उनी बताउछन् ।

अधिकांश सौंन्दर्य व्यवसायी महिलाहरुको परिवार यिनकै आर्जनमा निर्भर रहेकाले कतिपयले आर्थिक अभाव झेल्नु परेको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा बताउँछिन् । ‘घरको सम्पुर्ण चुलोचौका सकाएर परिवार र आफ्ना लागि केही गरौँ भन्ने महिलाको संख्या यो व्यवसायमा धेरै छ’, महराले भनिन् ‘कोरोनाका कारण यि महिला पुनः भान्सामै सिमित हुनुपर्ने अवस्था सिर्जित भएको छ ।’ अघिल्लो लकडाउनको बेला नै धेरै सौन्दर्यकर्मी पलायन भइसकेकाले बाँकीलाई जोगाइ राख्न सरकारले समेत विशेष सहुलियत उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ ।

यो पनि पढ्नुहोस्
सकेन्ड ह्यान्ड कपडा बेचेरै मालामाल, १ सयदेखि ३० हजारसम्मका लुगा (भिडियोसहित)
‘लेहंगा र साडी डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन’
किन झर्छ कपाल ? यी हुन् रोकथामका उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,