English

कोरोनाले सौन्दर्य व्यवसायी महिला पुनः भान्सामै सिमित हुनुपर्ने अवस्था



हामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व आक्रान्त छ । सबै क्षेत्र प्रभावित भएको बेला सौन्दर्य व्यवसाय अछुतो रहने कुरै भएन ।यो व्यवसाय धेरै मात्रामा महिलाहरुले समालेको व्यवसाय हो । अघिल्लोपटक झण्डै वर्षदिन लकडाउन भयो । अन्य व्यवसायहरु खुलेपनि सौन्दर्य व्यवसायलाई अनुमती दिइएन । जसकारण धेरैले व्यवसाय नै छोड्न बाध्य भए ।

कतिपय डिप्रेसनको शिकार हुनु परेको समेत सौन्दर्यविद कमला श्रेष्ठ बताउँछिन् । ‘हामीले सरकारसँग माग गरेर व्यवसाय खोल्ने अनुमती लियौँ, लय लिदैँ थियो, दोस्रो भेरियन्टले पुनः निषेधाज्ञा हुँदा उही समस्या फेरी बल्झियो’, व्यवसायी श्रेष्ठले भनिन्, ‘सतप्रतिशत घाटा बेहोरेरै पनि हिम्मत नहारी व्यवसायलाई बढाउन व्यवसायीहरु लागिपर्नु भएको छ ।’ यस्तोबेला सरकारले प्रोत्साहन गर्नुका साटो वेवास्ता गरेको उनको गुनासो छ । सबैलाई खोपको व्यवस्था र ऋणमा सहुलियत माग गरिएपनि ती पहुँच हुनेले मात्र पाएको यिनको आरोप थियो ।

‘सतप्रतिशत घाटा बेहोरेरै पनि हिम्मत नहारी व्यवसायलाई बढाउन व्यवसायीहरु लागिपर्नु भएको छ ।’यस्तोबेला सरकारले प्रोत्साहन गर्नुका साटो वेवास्ता गरेको उनको गुनासो छ । सबैलाई खोपको व्यवस्था र ऋणमा सहुलियत माग गरिएपनि ती पहुँच हुनेले मात्र पाएको यिनको आरोप थियो ।

कोरोनाका कारण रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जित भएको अनानिक ब्युटी सलोन एन्ड स्पाका संचालक सुरवीन राईले बताए । ‘पहिलो कोरोनामै होम सर्भिस सुरु गर्ने योजना बनाए पनि अहिले आएर मात्र यो प्रभावकारी भएको छ ।’ राई भन्छन् ‘सुरक्षाको मापडण्ड अपनाएर निषेधाज्ञाको समयमा पनि होम सर्भिसको कामलाई निरन्तरता दिएका छौं ।’ पार्लर खोलेको भए पनि ग्राहकको संख्या ७० प्रतिशत घटेको छ । दुई वर्ष लकडाउन घाटाको भरपाई गर्न अर्को दुई वर्ष लाग्ने उनी बताउछन् ।

अधिकांश सौंन्दर्य व्यवसायी महिलाहरुको परिवार यिनकै आर्जनमा निर्भर रहेकाले कतिपयले आर्थिक अभाव झेल्नु परेको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा बताउँछिन् । ‘घरको सम्पुर्ण चुलोचौका सकाएर परिवार र आफ्ना लागि केही गरौँ भन्ने महिलाको संख्या यो व्यवसायमा धेरै छ’, महराले भनिन् ‘कोरोनाका कारण यि महिला पुनः भान्सामै सिमित हुनुपर्ने अवस्था सिर्जित भएको छ ।’ अघिल्लो लकडाउनको बेला नै धेरै सौन्दर्यकर्मी पलायन भइसकेकाले बाँकीलाई जोगाइ राख्न सरकारले समेत विशेष सहुलियत उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ ।

यो पनि पढ्नुहोस्
सकेन्ड ह्यान्ड कपडा बेचेरै मालामाल, १ सयदेखि ३० हजारसम्मका लुगा (भिडियोसहित)
‘लेहंगा र साडी डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन’
किन झर्छ कपाल ? यी हुन् रोकथामका उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested