English

प्रताप दास भन्छन्– स्नातक तहको पढाई पुरा गर्न पाएको छैन



ललितपुरको चापागाउँस्थित ज्योतिदय सहकारी विद्यालयबाट २०६६ सालमा एसएलसी दिएँ । पहिलो श्रेणीमा पास भएँ । कक्षा ११ एबरडिन इन्टरनेशनल कलेजमा भर्ना भएँ । त्यो बेला व्यवस्थापन संकाय अन्र्तगत पर्ने होटल म्यानेजमेन्ट बिषय एकदमै फेमस थियो । सबैले होटेल म्यानेजमेन्ट नै पढ्थे । मलाई अरु भन्दा युनिक हुन मन लाग्यो जसकारणले कम्प्युटर साइन्स विषय लिएँ ।

कलेजको पढाई बिहानको समयमा थियो । कलेजको समयपछि दिनभरी साथीसँग रमाइलो गरिथ्योँ । म त सानैदेखि सोझो, खासै अरुसँग नबोल्नेमा पर्छु । साथीहरु पनि म जस्तै थिए । कलेजमा ज्ञानी विद्यार्थी भनेर चिनिन्थे । कलेज जाने पढ्ने मात्र काम थियो । संगीत नि सिक्थेँ । तर, कलेजका साथी र शिक्षक कसैलाई थाहा थिएन । म गीत गाउँछु भनेर । स्कुलका साथीहरुलाई भने थाहा थियो । नेपाल तारामा गएपछि मिडियामार्फत कलेजका साथीहरुले मैले पनि गीत गाउँछु भन्ने थाहा पाए ।

स्कुल पढ्दादेखिका साथीहरु पाटन तिरै भेटिन्थे । त्यही क्षेत्र हाम्रो लागि जक्सन थियो । पाटनमा फेमस थुक्पा पाइने एउटा होटल छ । त्यही साथीहरुसँग रमाइलो गर्दै खाइन्थ्यो । लगनखेलको एउटा पसलमा मीठो चिया पाइथ्यो । त्यो पसलमा कलेज जानु अघि साथीहरु जम्मा भएर चिया पिउथ्यौँ ।

कलेज बंक गरेर घुम्ने, साथीसँग योजना बनाएर उपत्यका बाहिर जाने कहिले गरिएन । ललितपुरकै भएकाले कलेज बाहिर सबैले चिन्थे । जसकरण कहिले कलेज बंक गरिएन । पाटन दरबार क्षेत्रमा नै रमाइलो गर्थेँ । खासमा भन्नु पर्दा कलेज पढ्दासम्म बाहिर गएर साथीसँग रमाइलो गरिन्छ भन्ने थाहा नै थिएन । पछि मात्र थाहा पाएँ । एकपटक साथीहरुसँग सुन्दरीजल गएको थिएँ । त्यहाँ एकदमै रमाइलो भएको थियो ।

स्कुल पढ्दादेखिका साथीहरु पाटन तिरै भेटिन्थे । त्यही क्षेत्र हाम्रो लागि जक्सन थियो । पाटनमा फेमस थुक्पा पाइने एउटा होटल छ । त्यही साथीहरुसँग रमाइलो गर्दै खाइन्थ्यो । लगनखेलको एउटा पसलमा मीठो चिया पाइथ्यो । त्यो पसलमा कलेज जानु अघि साथीहरु जम्मा भएर चिया पिउथ्यौँ ।

टिन एज भएर होला कलेज पढ्दा म निकै चन्चले थिएँ । साथीहरुको लबअफेयर्सको कुरा सुनुन्थ्यो । जो सुन्दा आनन्द लाग्थ्यो । तर, कलेजमै मेरो कसैसँग प्रेम बसेन । कलेज पढ्दा म रेगुलर नोट बनाउँथे । त्यसकारण परीक्षाको समयमा पढ्न त्यति गाह्रो हुँदैन थियो । परीक्षामा आएका प्रश्नहरु नजानेमा छोड्ने गर्थेँ तर चिट चोर्दिनथेँ । प्लसटुमा पढाई एकदम राम्रो थियो त्यसैले राम्रो अंक ल्याएर उत्तिर्ण भएँ ।

कुमारीपाटीस्थित क्यास्पियन भ्याली कलेजमा स्नातक तह पढेँ । बिबिएस विषय लिएको थिएँ । तर, पहिलो र दोस्रो वर्षको परीक्षा दिएपछि गायन क्षेत्रमा होमिए । पढाईका लागि समय निकाल्न सकिन र पढाई छुट्यो ।

यो पनि पढ्नुहोस् ।
यी हुन् उत्कृष्ट मावि, कुन कलेजमा कति छ शुल्क ?
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
दीपिका भन्छिन्– कलेज बंक गर्ने हिम्मत आएन
सलोन भन्छन् – कलेजमा ३ जना केटीले प्रेमप्रस्ताव राखे

कक्रोज भन्छन्– चिया पसलमा काम गर्दै कलेज पढें



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली