‘मेरो व्यङ्ग्य पचाउन नसकेर केही नेताले टिमबाटै निकाल्न आदेश दिएछन्’



नेपाल भाषामा ‘गाईजात्रा’लाई ‘साँपारु’ भनिन्छ । सडकमा गाई, गाईकै भेष अथवा विभिन्न मुखुण्डोसहितका झाँकी लगायत थुप्रै रौनक निकालेर यो पर्व मनाइन्छ । यसपाली भने कोरोना भाइरसका कारण भौतिक रूपमा हुने गाईजात्राको माहोल कमै देखिन्छ । ऐतिहासिक प्रमाणका अनुसार पुत्रशोकले विचलित भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले प्रत्येकको घरबाट गाईजात्रा निकाल्न आदेश दिएका थिए । त्यतिगर्दा पनि रानीको मन शान्त नभएपछि व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास छ ।

त्यसो त गाईजात्रामा नेपालका हास्यव्यंग्य क्षेत्रका कलाकारहरु निकै व्यस्त हुन्छन् । यद्यपि, महामारीका कारण विगत २ वर्ष यता भौतिक रुपमा गाईजात्राका कार्यक्रम हुन सकेका छैनन् । त्यसैले केही कलाकारले भर्चुअलमार्फत नै गाईजात्राका प्रस्तुति दिइरहेका छन् । तिनै कलाकारमध्येका एक हुन्– राजाराजेन्द्र पोखरेल । उनीसँगै हास्यव्यंग्य क्षेत्रका थुप्रै कलाकारले युट्युबमार्फत गाईजात्रे प्रस्तुति सार्वजनिक गरेका छन् । यसैसन्दर्भमा केन्द्रित रहेर पोखरेलसँग मेरोलाइफस्टाइकर्मी सरिता थारूले गरेको कुराकानी :

तपाईंले गाईजात्रामा प्रस्तुति दिन थालेको कति भयो ?

२०६२ सालबाट हो । अहिले त १६ वर्ष भई सक्यो । त्यतिबेला राष्ट्रिय सभा गृह र बिआइसीसीमा गरी एकैपटक दुई ठाउँमा गाईजात्रा कार्यक्रम भएको थियो । म चाहिँ मनोज जगुरेल मामाको टिममा थिएँ । त्यति खेर मैले प्यारोडी गीत प्रस्तुत गरेको थिएँ । त्यो प्रस्तुतिलाई धेरैले माया गरिदिनुभएको थियो ।

गाईजात्रामा कस्ता विषयवस्तु राख्न रुचाउनुहुन्छ ?

महत्वपूर्ण र गम्भिर विषयवस्तु सरल भाषामा राख्न रुचाउँछु । ताकि सबैले सहजै बुझुन् । तल्लो देखि माथिल्लो तहसम्म यसको प्रभाव परोस् । यिनै विषयवस्तुमा रहेर प्रस्तुत गर्ने विषयवस्तु तयार पार्छु ।

तपाईंले प्रस्तुत गर्नुभएको विषयवस्तुले कसलाई बढी प्रभाव पर्छ जस्तो लाग्छ ?

मैले पस्किने विषयवस्तु प्राय राजनीतिक नै हुन्छ । अहिले नेपाल पनि राजनीतिक अस्थिरताले जकडिएको छ । त्यसैले मेरा हास्यव्यंग्यले १६ वर्षभन्दा माथि सबै उमेरसमूहलाई प्रभाव पार्छ ।

गाईजात्रामा कलाकारले दिने प्रस्तुतिले समाजलाई के–कसरी परिवर्तन गर्ला ?

हामीले दिने प्रसतुतिले समाजलाई भन्दा पनि समाज हाँक्ने अगुवाहरुलाई प्रभाव पर्छ । केही नेपालीको व्यक्तिगत रुपमा उचाई बढेपनि देशको गरिमा अझै बढ्न सकेको छैन । नेपालीहरु विश्वका जुनसुकै देशमा जाँदा पनि जुत्ता फुकालेर स्क्यान मेसिनमा छिर्नुपर्छ । यो भनेको देश बलियो नभएरै हो । यस्ता विषयवस्तूलाई हामीले हास्यव्यंग्यमा घुसाएर नेताहरुमाथि प्रहार गर्छौं । जसले उनीहरुलाई केही हदसम्म भएपनि घचघच्याउन मद्धत गर्छ जस्तो लाग्छ । हाम्रो व्यंग्यले आजको भोलि नै समाज परिवर्तन हुन्छ र कायापलट नै हुन्छ भन्ने पनि होइन । तर, ढिलो चाँडो यसले समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्छ नै ।

अहिले भर्चुअल माध्यमबाटै गाईजात्रे प्रस्तुति दिइरहनुभएको छ, भौतिक रुपमा र भर्चुअलमार्फत प्रस्तुति दिँदा के फरक हुँदो रहेछ ?

भौतिक रुपमा कार्यक्रम गर्दा सच्चिकै कार्यक्रम गरे जस्तो लाथ्यो । अहिले ख्याल–ख्यालको गरेको जस्तो लाग्छ । भर्चुअल माध्यममा मुरइ खाए जस्तो हुन्छ, खाँदा धेरै तर, पेट पुग्दा खाए जस्तो नलाग्ने । त्यही फरक पाएँ । तर, कोरोना महामारीका कारण गाईजात्राको कार्यक्रम गर्ने विकल्प नै यही थियो ।

गाईजात्रामा तपाईंले अहिलेसम्म दिएको प्रस्तुति मध्ये सम्झनलायक प्रस्तुति कुन हो ?

धेरै प्रस्तुति दिइसकेपछि एकदमै खल्लीबली हुदो रहेछ । २०६६ साल नेताहरुको ‘गोलमेच सम्मेलन’ मा मैले एउटा प्रस्तुति दिएको थिएँ । जुन दर्शकले एकदम मन पराउनु भएको थियो । त्यतिबेला थुप्रै नेताहरु हुनुहुन्थ्यो । मेरो व्यंग्य पचाउन नसकेर अधिकांश नेताले राजा राजेन्द्रलाई टिमबाटै निकाल्न आदेश दिएछन् । त्यसैले मेरो सम्झनलायक प्रस्तुति त्यही हो ।

तपाईंले त्यतिबेला कस्तो प्रस्तुति दिनुभएको थियो र ?

समसामयिक राजनीतिक विषयवस्तुमा नै केन्द्रित थियो । त्यसमा मोहन वैद्यको ‘फेरी जंगल जान्छौँ’ भन्ने थियो । यसमा केपी ओलीको डायलग ‘उहाँ जंगल त जानु हुन्छ, पशुपतिको जंगलमा गएर जडीबुटी भन्दै गाँजाभाङ खानु हुन्छ, उहाँ यसै पनि जडीबुटीमै रहर गर्ने वैद्य हो’ भन्ने थियो । साथै, अरु नेताहरुमाथि पनि व्यंग्य गरेको थिएँ । जो नेताहरुलाई पचेनछ ।

अन्त्यमा गाईजात्राको बारेमा तपाईले केही भन्नु छ ?

ठिकै छ, सुरुवाती चरणमा असिस्टेन्ट आर्टिस्टको रुपमा गाईजात्रामा प्रवेश गरेको थिएँ । त्यसैगरी भौतिक रुपमा गाईजात्राको कार्यक्रममा होस्टको काम पनि गरेँ । अहिले प्रस्तोताको हिसाबमा नै काम अगाडि बढाउँदै छु । समग्रमा गाईजात्रा हास्यव्यंग्यका कलाकारहरुका लागि एकै ठाउँमा जम्मा भएर वर्कसप गर्ने पर्व हो । भौतिक रुपमा ४०–५० कलाकार एउटै ठाउँमा जम्मा भएर अनुभव सटासाट गरिथ्यो । जुन अहिले हुन सकेन त्यसमा दुःख लागेको छ ।

यो पनि पढ्नुहोस्

गाईजात्रा : पोखरामा प्रचलित तायामचाः को सांस्कृतिक महत्व
गाईजात्रा : थाकेको शरीरमा ऊर्जा भर्ने बागलुङको ‘लाखे नाच’
यस्तो छ भक्तपुरमा मनाइने ‘साँपारु’को महिमा
किन मनाइन्छ गाईजात्रा ? यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक समयकी चर्चित, व्यस्त र सफल हिरोइन निरुता सिंह केही समयको अन्तरालपछि काठमाडौ आएकी छन् । पछिल्लो एक दशकदेखि मुम्बईमा

नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन

उचित काम र जीवनबीच सन्तुलन खोज्नु हामीकहाँ कुनै नौलो विषय होइन । तर, कोभिड-१९ महामारीले यी दुई पक्षबीच तनावको स्थिति

सन् २०२० को एक तथ्यांक अनुसार करिब १६ लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा प्रत्येक दिन झण्डै १२ लाख सवारी साधन