English

पाँच तारेमा थोत्रो अवार्ड

२०७७ साल सकिन लाग्दा ७५ को अवार्ड !


२९ फागुनको साँझ अबेरसम्म लगाएर २०७५ सालको नेफ्टा अवार्ड वितरण गरिएको छ । चलचित्र प्राविधिक सङ्घले आयोजना गर्ने यो ‘१० औँ नेफ्टा फिल्म अवार्ड’ होटेल सोल्टीमा सीमित कलाकर्मीकावीच वितरण गरिएको हो ।

यस अवार्डमा चलचित्र ‘छक्का पञ्जा ३’ र ‘प्रसाद’ को वर्चश्व रह्यो । यी दुई चलचित्रले ६–६ वटा अवार्ड प्राप्त गरे । नायक–नायिकामा विपिन कार्की र मेनुका प्रधान उत्कृष्ट ठहरिए भने निर्देशन तर्फ दिपाश्रीले अवार्ड हात पारिन् । विपिनले ‘प्रसाद’वाट, मेनकाले ‘साहिँली’वाट र दिपाश्रीले ‘छक्का पञ्जा ३’ वाट अवार्ड पाएका हुन् ।

त्यसैगरी आयोजकले दिने पपुलर अवार्ड अभिनेता अनमोल केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहले प्राप्त गरे । जुरी अवार्ड चाहिँ चलचित्र ‘हरि’लाई दिइयो ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न अवार्ड कार्यक्रम पट्यारलाग्दो रहेको सहभागी कलाकारहरूको अनुभव रहेको छ ।

अवार्ड समारोहमा जे देखियो

– अवार्ड प्राप्त गर्नेहरू कार्यक्रममा थिएनन् । त्यही कारण ‘छक्का पञ्जा ३’ले पाएको ६ वटै अवार्ड निर्देशक दिपाश्रीले नै ग्रहण गर्नु पर्‍यो ।
(दीपकराज गिरीले पटकथा र केदार घिमिरे माग्ने बुढाले उत्कृष्ट हाँस्य कलाकारको अवार्ड पाएका थिए । यी दुई पनि कार्यक्रममा अनुपस्थित रहे ।)

– अभिनेता राजेश हमाललाई सम्मानको कार्यक्रम राखिएको थियो तर उहाँ उपस्थित हुनुभएन भनेर सञ्चालकले मञ्चबाटै कुरो खोलेका थिए । तर, कार्यक्रमको अन्त्यसम्म पनि राजेश उपस्थित भएनन् ।

– हाल अन्तर्राष्ट्रिय बजारमा चर्चा पाइरहेको चलचित्र ‘बुलबुल’ले एउटा पनि अवार्ड नभेटेपछि आयोजकसँग धेरैले चासो राखेका थिए । कारण खोज्दै जाँदा आयोजकलाई ‘बुलबुल’ निर्माताले नपत्याएको र जुरीलाई चलचित्र हेर्नकालागि उपलब्ध नगराएका कारण उक्त चलचित्र नोमिनेशनमा समेत नपरेको कुरो खुल्यो ।

– भक्तपुरमा रहेको काठमाडौँ वर्ल्ड स्कुल प्रायोजक मध्येको एक हुनु पनि उपस्थित हुनेलाई अल्छी लगाउने माध्यम बन्यो । यस स्कुलका विद्यार्थीको नृत्य र प्रिन्सिपलको भाषणले अवार्ड कार्यक्रम हो कि स्कूलको प्यारेन्स् डे ? प्रश्न उठ्नु स्वाभाविक थियो ।

– चलचित्रबृत्तवाट लगभग हराएका अभिनेत्रीद्धय बिपना थापा र निरुता सिंह पनि अवार्ड समारोहमा सहभागी थिए । तर यी दुईले क्रमशः ४ र ३ जना सहयोगी लिएर पुगेपछि आयोजक पक्ष आत्तिएको थियो ।

– होटेलमा २ सय ५० देखि ३ सयसम्मलाई मात्र निमन्त्रणा गरिएको थियो । तर आयोजकका परिवार, आफन्त र कलाकारका सहयोगी भनेर आउनेको सङ्ख्या धेरै भएपछि ‘स्टीमेट’ हेरफेर गर्नु परेको थियो । कार्यक्रममा ‘अन नोन’ मानिसहरूको सङ्ख्या बढी थियो ।

– मूल कुरो २०७५ सालको एवार्ड कार्यक्रम भएकाले कसैमा कुनै पनि किसिमको चासो देखिँदैनथ्यो । एवार्ड वितरण गर्ने अन्य सं–संस्थाले २०७५ को एवार्ड कोरोना महामारी अघि नै वितरण गरिसकेका थिए ।

– नाम चलेका धेरै कलाकारलाई नदेख्दा केही फिल्मकर्मी नै कुरा काटिरहेका थिए

–‘यस्तो बेलामा अवार्ड गरेर चलचित्र क्षेत्रमा माहौल ल्याउन खोजेको आयोजकलाई हौसला दिन पनि आउनु पर्दैन ?’ उनीहरूको प्रश्न थियो ।

कस्ले के अवार्ड पाए ?

फिल्मः छक्का पञ्जा ३
पपुलर फिल्मः छक्का पञ्जा ३
जुरी अवार्ड फिल्मः हरि
निर्देशकः दीपाश्री निरौला, छक्का पञ्जा ३
कथाः छक्का पञ्जा ३
पटकथाः छक्का पञ्जा ३, दीपकराज गिरी
संवादः सुशील पौडेल, प्रसाद
पपुलर अभिनेत्रीः साम्राज्ञी शाह
पपुलर अभिनेताः अनमोल केसी
अभिनेत्रीः मेनुका प्रधान, साइँली
अभिनेताः विपिन कार्की, प्रसाद
अभिनेता–नेगेटिभ रोलः प्रमोद अग्रहरी, कथा काठमाण्डूं

अभिनेता कमेडीः केदार घिमिरे, छक्का पञ्जा ३
डेब्यु अभिनेत्रीः सुहाना थापा, ए मेरो हजुर ३
डेब्यु अभिनेताः धिरज मगर, इन्टु मिन्टु लन्डनमा
गीतकारः जाऊँ माया सरर, गणेश शाह (प्रसाद)
संगीतः जाऊँ माया सरर, सुवास भुसाल (प्रसाद)
गायकः जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)
गायिकाः समीक्षा अधिकारी (नाइँ नभन्नू ल ३)


डेब्यु निर्देशकः सङ्गीता श्रेष्ठ, कथा काठमाण्डुं
सम्पादकः मित्र गुरुङ, कथा काठमाडुं
छायांकारः चिन्तनराज भण्डारी, हरि
द्वन्द्व निर्देशकः चन्द्र पन्त, रणवीर
नृत्य निर्देशकः कविराज गहतराज, ए मेरो हजुर ३

तस्विरहरूः महेश प्रधान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या