English

आँखाबाट बारम्बार आँशु बगिरहने समस्या छ ? यी हुन् रोकथामका उपाय



आँखाबाट आँशु बग्नु सामान्य प्रक्रिया हो । हाम्रो आँखामा सामान्य अवस्थामा पनि आँशु बनिरहेको हुन्छ । आँशु आँखामा रहेको सानो प्वालबाट ल्याक्रिमल डक्टबाट नाक हुँदै घाँटीमा जान्छ । यदि कुनै कारण उक्त नली बन्द भएमा आँशु झरिरहने समस्या देखापर्छ । यसैकारण आँखामा विभिन्न समस्याहरू समेत देखापर्दछ । यसबाहेक पनि आँशु बग्नुका थुप्रै कारण रहेका हुन्छन् । यस्तो समस्या किन हुन्छ ? र, यसबाट कसरी बच्न सकिन्छ भन्ने बारे आँखा रोग विशेषज्ञ डा. प्रतिक्षा अमात्यको सुझाव यस्तो छ :

कारण
– ल्याक्रिमल डक्टको गडबढी भएमा
– आँखाको प्वाल र नलीहरू राम्ररी विकसित नभएमा
– धुलो र धुँवा
– चिसोका कारण आँखाको एलर्जी तथा संक्रमण
– आँखाको घाउ वा इन्फेक्सन
– आँखा सुख्खा
– बढ्दो उमेर अवस्थामा पनि आँशु बगिरहन्छ

रोकथाम
केही शिशुहरूमा जन्मदै यो समस्या भएको हुन्छ । कतिपयमा केही समय पश्चात बन्द भएका नलीहरू आफैँ खुल्छ । यस्तो समस्या भएको शिशुलाई आँखा वरपर तथा नाकको माथिल्लो भागमा मालिस गर्नुपर्छ । यसरी मालिस गर्नाले विकास भएर पनि काम नगरेको नली खुल्छ र आँशु बग्न कम हुन्छ । यसरी मालिस गर्दा नली खुलेन भने शल्यक्रिया नै गर्नु पर्छ ।

आँखामा धुलोको कणहरू पसेमा मिच्नु हुँदैन र आँखालाई प्रेसर पर्ने कामहरू लामो समयसम्म गर्नु हुँदैन । कहिलेकहीँ आँखामा हुने विभिन्न समस्याहरू जस्तै आँखा पाक्ने, आँखा सुख्खा हुने जस्ता कारणले पनि आँखाबाट आँशु बग्ने समस्या हुन्छ । उक्त समस्याको पत्ता लगाई सोही अनुसार उपचार गरेमा आँशु बग्ने समस्या आफैँ कम भएर जान्छ ।

यो पनि पढ्नुहोस्
यी हुन् अल्सर हुनुका कारण, कसरी बच्ने ?
आँखामा देखिने समस्याबाट कसरी बच्ने ?
यी हुन् नियमित घ्युकुमारी प्रयोग गर्नुका फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,