English

गाउँले वातावरणमा छोराछोरीसँग घुम्न मन छ तर, जुरेको छैन –सञ्चिता लुइटेल



नेपाली चलचित्र जगतकी चर्चित अभिनेत्री हुन्– सञ्चिता लुईँटेल । घुमघाममा निकै रुचि राख्ने लुइटेल फूर्सद हुने बित्तिकै परिवारसँग घुमघामको योजना बनाई हाल्छिन् । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली र विभिन्न राष्ट्रमा घुमिसकेकी अभिनेत्री लुईँटेलसँग मेरोलाइफस्टाइलले गरेको घुमघाम वार्ताः

अहिलेसम्म कहाँ–कहाँ घुम्नु भयो ?

नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली टुर गरेकी छु । चार–पाँच वर्ष अगाडि एक–एक महिना पूर्व झापा र पश्चिम (रुकुम, रोल्पा, सल्यान, दाङ, सुर्खेत) गएको थिएँ । भारत, भुटान, चीज, मलेसिया, दुबई, कतार, जापान, बेल्जियम, थाइल्याण्ड लगायत देश घुमेकी छु ।

तपाईंको घुमघाम गन्तव्य कहाँ–कहाँ हुन् ?

पोखराजति गए पनि जाउँ–जाउँ लाग्छ । भारत, भुटान, चीन, मलेसिया, दुबई, कतार, जापान, बेलजियम, थाइलेन्ड लगायतका राष्ट्रहरु मेरो घुमघाम गन्तव्य हुन् । तर, अहिले त कोरोनाले गर्दा घरभित्रै थुनिनुपरेको छ । बसिरहिएको छ ।

घुमघामका लागि कसरी समय मिलाउनुहुन्छ ?

नयाँ वर्ष, परिवार र साथीहरुको जन्मदिनको मौका पारेर घुम्न जान्छु । कामबाट फूर्सद निस्कियो भने पनि पोखरा वा नजिकको ठाउँ परिवारसँग गइहाल्छु ।

अहिलेसम्मको अविस्मरणीय घुमघाम कहाँको हो ?

सल्यान जाँदा आँगनमा सुकुल बिछ्याएर गाउँभरका मान्छेहरुसँग बसेर टेलिभिजन हेरेको एकदमै रमाइलो लागेको थियो । त्यो समयमा साँधेको गुन्द्रुक, भोगटे र मकै एउटै भाँडाबाट खाँदै टेलिभिजन हेरेको कुरा मेरो लागि अविस्मरणीय छ ।

घुमघामको योजना कसरी बनाउनु हुन्छ ?

परिवारका सबै सदस्य काममै व्यस्त हुनुुहुन्छ । परिवारका सबैसँगै बस्दा महिनाको एक दिन घुम्न जाने योजना बनाइथ्यो । तर कोरोना आएपछि खासै योजना बनाइँदैन । कुनैदिन विशेष परिकार बनाएर घरको छतमा परिवार बसेर खाने र रमाइलो गर्ने गर्छौँ ।

घुमघाममा निस्कँदा के–के बोक्नुहुन्छ ?

पिक्नीक जाँदा घरमै बनाएको खानेकुरा, टेन्ट, म्याट, ब्याडमिन्टन, बल, खेलाउनाहरु, पानी र गिटर जस्ता सामानले मेरो परिवारलाई पुग्छ । साथै, लामो यात्राको लागि निस्कँदै छु भने आफूलाई आवश्यक पर्ने सामानहरु बोक्छु ।

तपाईंले अरुलाई घुम्न जानका लागि सिफारिस गर्नुपर्यो भने कुन–कुन ठाउँ गर्नुहुन्छ ।

अहिलेको समयमा यो ठाउँ घुम्नुस् भन्न चाहन्न । तर, काठमाडौँ उपत्यकामा नै भएकाहरु परिवारसँग रमाइलोका निम्ति नगरकोट, धुलिखेल, हात्तीवन र कुनै खुल्लाचौरमा जान सक्नुहुन्छ । यसैगरी कसैलाई मन्दिर मनपर्छ भने मनकामना, चन्द्रागिरी, दक्षिणकाली जान सक्नुहुन्छ । यसका साथै जनकपुर, पोखरा र हिमाली क्षेत्रका ठाउँहरु पनि रमाइलो छ ।

घुमघामलाई कसरी रमाइलो बनाउन सकिन्छ ?

रुची केमा छ, के गर्दा रमाइलो लाग्छ त्यो आफूमा भर पर्ने कुरा हो । प्रकृतिसँग, होटल, रिसोर्ट, पौडी र खेलहरु के गर्दा आनन्द आउँछ त्यही अनुसार घुम्नुपर्छ । हालको समयमा परिवार के कुरामा रमाउँछ त्यसमा ध्यान दिनुपर्छ । बाहिर जाँदा जसले जे आउँछ त्यही सुनाउने, चित्त दुखेका कुराहरु खोल्ने, परिवारिक गफगाफ गर्ने गर्दा रमाइलो हुन्छ ।

घुम्न मन लागेको तर जान नसकेको ठाउँ चाहिँ कुन–कुन हुन् ?

नेपालमै भएका हिमाली क्षेत्र, विगट ठाउँहरु रुकुम, रोल्पा र गाउँले वातावरणमा छोराछोरीसँगै घुम्ने मन छ तर, जुरेको छैन ।

नेपालमा घुमघामलाई प्रवर्द्धन गर्न के–के गर्नुपर्ला ?

नेपालको राजनीतिक पाटो अस्थिर भएको कारणले पर्यटन वा घुमघामको विकास कम भएको जस्तो लाग्छ । जबसम्म देशको राजनीति स्थिर हुँदैन तबसम्म यस क्षेत्रको प्रवद्र्धन हुन गाह्रो छ । अहिले कोरोनाका कारण सबै होटेल व्यवसायहरु बन्द छन् । ती ठाउँहरु स्वास्थ्य सुरक्षाका निम्ती सरकारले व्यवस्थापन गर्नुपर्छ । घुमघामका लागि सहज वातावरण बनाउनु पर्छ ।

यो पनि पढ्नुहोस्
कैलाश मानसरोवर पुग्ने इच्छा छ
मन मिल्ने साथीसँग घुम्दा रमाइलो हुन्छ
रुकुम, रोल्पा घुम्ने रहर छ : वर्षा राउत



...
cheap prescriptions

cheapest canadian pharmacy https://canadianpharmacystar.com/ canadian pharmacy

...
reliable online pharmacies

best online pharmacies no prescription

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested