English

कोरोना बीमा गरेकाले अझै पाएनन् भुक्तानी, किन भयो ढिलाई ?



२०७६ सालमा कोरोना संक्रमणको सुरुवाती समयमा कोरोना संक्रमण दर नेपालमा न्युन थियो । त्यसैबेला कोरोना बीमा कार्यक्रम सुरु भयो । बीमा कम्पनीहरुले कोरोना माहामारीको बेला नागरिकहरुलाई बीमाको रकमले केही सहयोग हुने आशाको साथ बीमा कार्यक्रम ल्याएका थिए । बीमा समितिले पनि यसलाई मान्यता दियो । तर, कोरोना संक्रमितको संख्या बढेपछि बीमा कम्पनीहरुले कोरोना बिमाको भुक्तानी
बिमितहरुलाई दिन सकेका छैनन् । कोरोना बीमा तोकिएको समयमा सुरुदेखि नै अधिकांशले भुक्तानी पाएका छैनन् । अहिले भने पैसा नै नपाइने हो कि भन्ने अन्योल बिमितहरुमा बढेको छ ।

१८ लाख बढीले गरे बीमा, १ लाख ३५ हजारको दाबी
१८ लाखभन्दा बढीले कोरोना बिमा गरेका थिए । त्यसमा दाबी गर्नेको संख्या लगभग १ लाख ३५ छ । जसमध्ये ३५ हजारले भुक्तानी पाइसकेका छन् भने बाँकी एक लाखले भुक्तानी पाएका छैनन् । सरकारले आफ्नो दायित्वमा पर्ने रकम भुक्तानी उपलब्ध गराउन नसकेकाले बीमितहरुले भुक्तानी समयमा नपाएको नेपाल बिमक संघका महासचिव चंकी क्षेत्री बताउँछन् । ‘सरकारले आफ्नो दायित्वमा पर्ने रकम निकासा नगरेकाले हामीले भुक्तानी गर्न सकिरहेका छैनौँ,’ उनले भने ।

साढे तीन अर्बसम्मको रकम बीमा समिति र प्रिमियम र इन्सुरेन्स कम्पिनीबाट उठेको पैसाबाट बेहोर्नुपर्छ । त्यो भन्दा माथिको पैसा नेपाल सरकारले बिर्होने उनी बताउँछन् । ‘नेपाल सरकारको दायित्व अन्तर्गत बेहोर्ने रकमको निकासा भएको छैन,’ उनले भने, ‘त्यसैले बीमितहरुले पाउने भुक्तानीमा ढिलाई भएको हो ।’

भुक्तानी दाबी गर्नेहरूको संख्या धेरै भएको र कत्तिले दाबी गरे भन्ने सम्पुर्ण तथ्यांक नआएको क्षेत्री बताउँछन् । उनका अनुसार दाबी बापत साढे ३ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ । यसभन्दा माथिको भुक्तानी सरकारको दायित्व भएको तर निकासा नगरेको उनको गुनासो छ ।

उनकाअनुसार समयमा भुक्तानी नपाउँदा कम्पनीहरुसँग बीमितहरु निराश भएका छन् । त्यसपछि संघले बीमा समितिमा छिट्टै दाबीे रकम निकासाको अनुरोध गर्दै दाबी भुक्तानी स्थगनको पत्र बुझाएकोे उनको भनाई छ । सरकारको दायित्व बापतको रकम निकासा हुने बित्तिकै बिमितलाई भुक्तानी गर्ने क्षेत्री बताउँछन् ।

कोरोना दाबी गर्नेको तथ्यांक नै बीमा समितिसँग छैन
कोरोना बिमा दाबी कत्ति परेको छ भन्ने यकिन तथ्यांक अझै बीमा समितिसँग उपलब्ध नभएको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए । ‘उपत्यका बाहिर कोरोना दाबी भएकाहरुको संख्या अझै उपलब्ध भएको छैन,’ उनले भने, ‘यो असार मसान्तबाट कोरोना बीमाको दाबी मान्यता छैन । १५ दिन अघिको विवरण हेर्दा १ लाख ३७ हजारको दाबी देखिएको छ ।’

साढे तीन अर्बसम्मको रकम बीमा समिति र प्रिमियम र इन्सुरेन्स कम्पिनीबाट उठेको पैसाबाट बेहोर्नुपर्छ । त्यो भन्दा माथिको पैसा नेपाल सरकारले बिर्होने उनी बताउँछन् । ‘नेपाल सरकारको दायित्व अन्तर्गत बेहोर्ने रकमको निकासा भएको छैन,’ उनले भने, ‘त्यसैले बीमितहरुले पाउने भुक्तानीमा ढिलाई भएको हो ।’

१५ दिन अघि को तथ्याकं हेर्दा अहिलेसम्म १३ अर्ब दायित्व बाँकी छ । काठमाडौँ बाहिरका केही जिल्लाहरुमा अझै लकडाउन भएकोले तथ्यांक संकलन हुन सकेको छैन । संक्रमण दाबी गर्नेको संख्या र सरकारले रकम उपलब्ध गराउने बित्तिकै बिमितहरुलाई रकम भुक्तानी उपलब्ध गराउने उनले बताए ।

सरकारले भुक्तानीको विषयमा निर्णय नै गरेको छैन
कोरोना बीमाबापतको रकम भुक्तानीमा समस्या आउन थालेपछि बीमा समिति र नेपाल बिमिक संघले अर्थ मन्त्रालयमा बारम्बार जानकारी गराएका थिए । तर, सरकारले भने कोरोना बीमाको भुक्तानीमा चासो देखाएको छैन । पूर्व अर्थमन्त्री विष्णु पौडेलले एक साताभित्र रकम भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका थिए । त्यसबापतको रकम भुक्तान गर्न पनि मन्त्रालय मातहतका कर्मचारीलाई आदेश दिएका थिए । तर, मन्त्रालयको ढिलासुस्तीले सो रकम भुक्तानी हुन सकेन ।

बीमा कम्पनीहरूले निवर्तमान अर्थमन्त्री पौडेल मन्त्रालयमा छँदै सरकारको दायित्वमा पर्ने रकम भुक्तान गर्न पत्र समेत पठाएका थिए । तर पनि सो रकम भुक्तानी भएन । कोरोना बीमाको रकम भुक्तानी गर्ने विषयमा केही पनि निर्णय नभएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए । ‘अहिले यो विषयमा कुनैपनि छलफल तथा निर्णय भएको छैन,’ आचार्य भन्छन् ।

यो पनि पढ्नुहोस्
सुखी र सरल जीवन बिताउन चाहनुहुन्छ ? यसरी गर्नुहोस् अर्थ व्यवस्थापन
जन्मदिन र वैवाहिक वर्षगाँठको उपहार :जीवन बीमा
अनलाइनबाट सवारीसाधनको कर तथा राजस्व कसरी तिर्ने ? यस्तो छ प्रक्रिया



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र