English

अनलाइनबाट सवारीसाधनको कर तथा राजस्व कसरी तिर्ने ? यस्तो छ प्रक्रिया



बागमती प्रदेश सरकारले सवारी साधनसँग सम्बन्धित कर/राजस्व अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शूल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने सूचना प्रणालीको गत शुक्रबारबाट लागू गरेको हो । तर, यो सेवा कसरी लिने भन्ने बारे आम चासोको विषय रहेको छ । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविनकुमार सिंहले अनलाइमार्फत कर तिर्ने प्रक्रियाका बारेमा प्रष्ट पार्ने प्रयास गरेका छन् ।

– सुरुमा भौतिक पूर्वाधार विकास मन्त्रालयले विकास गरेको यातायात व्यवस्थापन सूचना प्रणाली को वेभसाइट www.tmis.bagamati.gov.np मा प्रवेश गर्ने ।

– सूचना प्रणालीको दायाँ तर्फ रहेको सवारी धनी लग इन पोर्टलमा गइ नयाँ दर्तामा क्लिक गरी आफ्नो मोवाइल नम्बर प्रविष्ट गरी खाता सृजना गर्ने ।

– सवारी साधन प्रोफाइलमा थप गर्नेमा क्लिक गरी आफ्नो नाममा दर्ता रहेका सवारी साधनहरुको दर्ता प्रमाणपत्र अनुसारको विवरण प्रविष्ट गरी आफ्नो प्रोफाइल अपडेट गर्ने ।

– सवारी साधनहरु सुधारिएको सवारी दर्ता प्रणालीमा (Upgraded VRS) लिंक गरी सम्पूर्ण विवरण अध्यावधिक गरिसकेपछि ड्यासबोर्डमा देखिएको सवारी सूचीमध्ये चाहेको सवारीसाधन छनौट गरी पूर्ण विवरण हेर्न सकिनेछ ।

– भुक्तानी गर्नुपर्ने कर एकिन गरी अघि बढ्नुपर्नेछ ।

– आफ्नो सवारी साधनको बीमा कायम रहे नरहेको एकिन गर्नुपर्नेछ । यदि बीमा कायम नरहे, विमक कम्पनी छनोट गरी अनलाईन माध्यमबाट विमा गरेपश्चात पुनः सोही पेजमा फर्कनु पर्नेछ ।

– सुचीमा देखिएका भुक्तानी विधिहरुमध्ये कुनै एक छनौट गरी भुक्तानी गर्नुपर्नेछ । (हाललाई आइपिएस कनेक्ट मात्र)

– भुक्तानी पश्चात QR Code सहितको Payment Confirmation Page डाउनलोड हुनेछ ।

– उक्त QR Code सहितको पेज प्रिन्ट गरी सवारी साधनमा टाँस्नु पर्नेछ, जसबाट ट्राफिक प्रहरीबाट हुने चेकजाँचको क्रममा कर तिरे नतिरेको सम्बन्धि विवरण ट्राफिक प्रहरीले हेर्न सक्नेछन् ।

– अनलाईन विधिबाट राजश्व भुक्तानी गरे पश्चात पहिलोपटक एक महिना भित्र सम्बन्धित यातायात कार्यालयमा गई ब्लुबुकमा कर दाखिला भएको जनाउनु पर्नेछ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested