English

अनलाइनबाट सवारीसाधनको कर तथा राजस्व कसरी तिर्ने ? यस्तो छ प्रक्रिया



बागमती प्रदेश सरकारले सवारी साधनसँग सम्बन्धित कर/राजस्व अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शूल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने सूचना प्रणालीको गत शुक्रबारबाट लागू गरेको हो । तर, यो सेवा कसरी लिने भन्ने बारे आम चासोको विषय रहेको छ । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविनकुमार सिंहले अनलाइमार्फत कर तिर्ने प्रक्रियाका बारेमा प्रष्ट पार्ने प्रयास गरेका छन् ।

– सुरुमा भौतिक पूर्वाधार विकास मन्त्रालयले विकास गरेको यातायात व्यवस्थापन सूचना प्रणाली को वेभसाइट www.tmis.bagamati.gov.np मा प्रवेश गर्ने ।

– सूचना प्रणालीको दायाँ तर्फ रहेको सवारी धनी लग इन पोर्टलमा गइ नयाँ दर्तामा क्लिक गरी आफ्नो मोवाइल नम्बर प्रविष्ट गरी खाता सृजना गर्ने ।

– सवारी साधन प्रोफाइलमा थप गर्नेमा क्लिक गरी आफ्नो नाममा दर्ता रहेका सवारी साधनहरुको दर्ता प्रमाणपत्र अनुसारको विवरण प्रविष्ट गरी आफ्नो प्रोफाइल अपडेट गर्ने ।

– सवारी साधनहरु सुधारिएको सवारी दर्ता प्रणालीमा (Upgraded VRS) लिंक गरी सम्पूर्ण विवरण अध्यावधिक गरिसकेपछि ड्यासबोर्डमा देखिएको सवारी सूचीमध्ये चाहेको सवारीसाधन छनौट गरी पूर्ण विवरण हेर्न सकिनेछ ।

– भुक्तानी गर्नुपर्ने कर एकिन गरी अघि बढ्नुपर्नेछ ।

– आफ्नो सवारी साधनको बीमा कायम रहे नरहेको एकिन गर्नुपर्नेछ । यदि बीमा कायम नरहे, विमक कम्पनी छनोट गरी अनलाईन माध्यमबाट विमा गरेपश्चात पुनः सोही पेजमा फर्कनु पर्नेछ ।

– सुचीमा देखिएका भुक्तानी विधिहरुमध्ये कुनै एक छनौट गरी भुक्तानी गर्नुपर्नेछ । (हाललाई आइपिएस कनेक्ट मात्र)

– भुक्तानी पश्चात QR Code सहितको Payment Confirmation Page डाउनलोड हुनेछ ।

– उक्त QR Code सहितको पेज प्रिन्ट गरी सवारी साधनमा टाँस्नु पर्नेछ, जसबाट ट्राफिक प्रहरीबाट हुने चेकजाँचको क्रममा कर तिरे नतिरेको सम्बन्धि विवरण ट्राफिक प्रहरीले हेर्न सक्नेछन् ।

– अनलाईन विधिबाट राजश्व भुक्तानी गरे पश्चात पहिलोपटक एक महिना भित्र सम्बन्धित यातायात कार्यालयमा गई ब्लुबुकमा कर दाखिला भएको जनाउनु पर्नेछ ।



...
Timothy

References: Best australian payid pokies & casinos clubelectronicos.com

...
Charli

References: Candy96 app download tsnasia.com

...
Lazaro

References: Candy96 tournament https://ahrs.al/punesimi/candy96-online-casino-adventure

...
Gabriel

References: Intense Casino Test alginis.yoo7.com

...
Fermin

References: Candy96 register https://jobs-max.com/

...
Issac

References: %random_anchor_text% https://code.a100-cn.com

...
Marita

References: Lollybet Freispiele maps.google.cz

...
Fatima

References: Lollybet Casino Verifizierung garagebiz.ru

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested