English

दुर्गेशको ‘ख्यास्स पुतली’ तीज गीत युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा



गायक दुर्गेश थापाको तीज गीत बीच्च बीच्चमा ४ ‘ख्यास्स पुतली’ छोटो समयमै युट्युबको शिर्ष स्थानमा पुगेको छ । शुक्रबार डी सिरिज युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीत हाल यट्युब ट्रेण्डिङको तेस्रो स्थानमा छ ।

गीतको शब्द थापा र राम खत्रीले लेखेका हुन् । संगीत पनि थापाकै रहेको छ । योगेश काजीले संगीत संयोजन गरेका छन् । अकोस्टिक स्टुडियोमा रेकर्डिङ भएको गीतमा चन्द्र चौधरीले मिक्सिङको काम गरेका छन् ।

काजिस श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा थापा, काजी, चिरञ्जिबी सापकोटा, सन्तोष बानियाँ, विश्व केसी, रोशन एआर लगायतको अभिनय रहेको छ । उक्त भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् भने पदम सुवेदीले भिडियो सम्पादन गरेका हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारि ज्योति गुरुङको शब्दमा आयो तमु ल्होसार सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै