English

सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)



पोखरास्थित फेवातालको आडैका बाँस घारी यतिबेला साइबेरियन बकुल्लाले सेताम्य छन् । निषेधाज्ञाका कारण सुनसान फेवातालको सेरोफेरो यिनै चराको आवाजले गुञ्जायमान छ । गर्मी तथा वर्षायाम सुरु भएसँगै नेपाल आएका यी बकुल्ला जाडो सुरुवात भएसँगै पुनः साइबेरिया नै फर्कन्छन् । यिनीहरु विशेषगरी चल्ला कोरल्नका लागि नेपाल आउँछन् ।

यतिबेला फेवाताल नजिकै नेपाली सेना ब्यारेक परिसरको बाँस घारीमा बासस्थान बनाएर बच्चा हुर्काउँदै छन् । यी बकुल्ला केही महिनाअघि आएको र भदौ, असोजमा साइबेरिया नै फर्कने स्थानीयवासी बताउँछन् । साइबेरियन बकुल्लाको भीडले फेवातालतर्फ लागेको जो कोहीलाई पनि एकैछिन रोकिएर हेर्न बाध्य बनाउँछ ।

शुक्रबार मेरोलाइफस्टाइलको टीम फेवातालतर्फ लम्कँदै गर्दा तिनै बकुल्लाको चिरविर…आवाजले रोेकिन बाध्य बनायो । त्यही मौकामा बकुल्लाको जीवनशैलीलाई क्यामेरामा कैद गरेका छौं ।

तस्विरहरु : राजकुमार श्रेष्ठ

अण्डा कोरल्न साइबेरिया टु पोखरा | भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

अब डेढ घण्टामै बुटवल-नारायणगढ (ड्रोन तस्बिर)
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested