English

यसरी बनाउनुस खाप्से ।



खाप्से तामाङ र शेर्पा समुदायको परम्परागत परिकार हो । यो मैदाबाट तयार गरिन्छ । खाप्से राम्ररी प्याकिङ गरेर राखेमा एक महिनासम्म चिया र दुधसँग खान सकिन्छ । अहिले बन्दाबन्दीका कारण पसलहरु बन्द छन् । त्यसैले घरमै खाप्से बनाएर खान सकिन्छ ।

आवश्यक सामग्री

– ३ कप मैदाको पिठो
– घ्यु ३ देखि ५ चम्चा
– आधा कप मन तातो पानी
– आधा कप दुध
– आवश्यक अनुसार तेल
– भाडा, चौकी र बेल्ना

बनाउने विधि

– भाडामा तीन कप मैदा लिनुहोस् ।
– मैदामा घ्यु राख्नुहोस र राम्रोसँग मोल्नुहोस् ।
– मोलिसके पछि फेरि दुध राखेर राम्ररी मोल्नुहोस् ।
– मैदामा घ्यु र दुध मोलिसकेपछि मनतातो पानी राखेर मज्जाले मिच्नुहोस् ।
– पिठो तयार भैसकेपछि २० देखि ३० मिनेट छोपेर राख्नुहोस् ।
– रोटी बेलेको जस्तै बेल्नुहोस् ।
– बेलेको रोटीलाई इच्छा अनुसारको आकार र डिजाइन बनाउनुहोस् ।
– तयार भएको खापसेलाई तेलमा तार्नुहोस् ।
– खैरो रंग नहुुँदासम्म पकाउनुहोस् ।
– खापसे तयार भयो ।
– यसरी तयार भएको खापसेलाई एक महिनासम्म खान सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested