English

नाडा अटो शो : ‘सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्नेछ’



‘आर्थिक समस्याहरू क्रमशः कम हुँदै गएका छन् । अब मुलुक श्रीलंकाको बाटोमा जान्छ कि भन्नुपर्ने डराउनुपर्ने अवस्था छैन । आर्थिक गतिविधिहरू चलायमान हुँदै गएका छन् । पर्यटन आगमन बढेको छ । लामो समयसम्म समस्याकै रूपमा रहेको जग्गाको कित्ताकाट समेत खुलेको छ । पक्कै पनि यसले आर्थिक चलायमान बनाउन सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौ ।’ अर्थमन्त्री डा. प्रकाश शरण महत अर्थतन्त्रको समस्या समाधान हुँदै गएकोमा विश्वस्त सुनिए ।

मंगलबारदेखि राजधानीमा १५ औँ संस्करणको नाडा अटो शो २०२३ सुरु भएको छ । ६ दिनसम्म चल्ने उक्त अटो शो अर्थमन्त्री डा. महतले उद्घाटन गरेका हुन् ।

अटोमोबाइललाई विलासिता वस्तुमा अर्थात् सुन, चुरोटजस्तो क्षेत्रमा राख्ने गरेको छ। साथै, समय–समयमा कर र राजस्वमा पनि सरकारको नीति अस्थिर छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले ३ वर्षपछि शो सुरु भएको बताए, साथै उनले अटोमोबाइललाई विलासिताका वस्तुको सूचीबाट हटाउनुपर्ने बताएका छन्। ‘अटोमोबाइललाई विलासिता वस्तुमा अर्थात् सुन, चुरोटजस्तो क्षेत्रमा राख्ने गरेको छ। साथै, समय–समयमा कर र राजस्वमा पनि सरकारको नीति अस्थिर छ,’ उद्घाटन कार्यक्रममा अध्यक्ष थापाले भने, ‘यसर्थ सवारीसाधनलाई आवश्यकताको वस्तुका रूपमा विकास गर्न आवश्यक छ।’

अटो शोका सभापति अनुप बरालले यस अटो शोले सुस्ताएको बजारमा अर्थतन्त्रलाई केही चलायमान बनाउन सहयोग पुग्ने बताए । त्यस्तै, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताए। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेन्द्र अग्रवालले निजी क्षेत्रको मनोबल घटेकाले बढाउने गरी नीति बढाउनु पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारी निकायबीच समन्वय नभएको बताए ।

भदौ २६ गते सुरु भएको नाडा अटो शो २०२३ आगामी भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना भइरहेको उक्त प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह(प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ।

६ दिनसम्म चल्ने उक्त नाडा अटो शोमा ७५ हजार आगन्तुकहरूले अवलोकन गर्ने आयोजकको विश्वास छ ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लकहरू छन् । १६ ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङ्ग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं अन्य उपकरण कम्पनीहरूको सहभागिता रहेको छ ।

अटो शोमा ७५ हजार आगन्तुकहरूले अवलोकन गर्ने आयोजकको विश्वास छ । अटो शोमा प्रवेश टिकटको मूल्य २०० रुपैयाँ तय भएको छ। विद्यार्थीहरूका लागि भने प्रवेश शुल्क १५० रुपैयाँ कायम गरिएको छ ।

यो पनि…
नाडाको नयाँ नेतृत्व : गन्तब्यमा पुगोस्, बीच बाटोमै नअलमलियोस्
सुरु भयो नाडा ईभी एक्स्पो २०२२



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

Latest










Popular
Suggested