English

एनएमएको लक्ष्य : राष्ट्रिय पहिचानलाई विश्वव्यापीकरण गर्ने



नेप्लिज मार्केटिङ एसोसिएसन (एनएमए) ले क्षेत्रीय मार्केटिङ सम्मेलन ‘ब्रान्ड पोखरा’ गर्ने भएको छ । एनएमएले पोखरालाई अन्तर्राष्ट्रिय सहरको रूपमा प्रस्तुत गर्ने उद्देश्यले यही अगस्ट १९ अर्थात् आउँदो शनिबार होटेल पोखरा ग्राण्डिमा उक्त सम्मेलन गर्न लागेको हो ।

सम्मेलन को मुख्य प्रस्तोता डा. तुलसी धरेल हुन् । उनी टोरोन्टोस्थित सेन्टिनियल कलेजमा अन्तर्राष्ट्रिय बजार विषयमा प्राध्यापन गर्दै आएका छन् । साथै उनी चार्टर मार्केटर तथा क्यानाडी मार्केटिङ एसोसीयसनको बोर्ड सदस्य समेत हुन् ।

पोखरामा पैसा कम भएका पर्यटकहरू आउँछन् भन्ने एउटा उखान पनि छ, तर पोखरा भनेको सस्तो डेस्टिनेसन होइन । यो राम्रो र महँगो ठाउँ पनि हो । पोखरालाई गुणस्तरीय र महँगो बनाउनुपर्छ ।

विश्वका उत्कृष्ट व्यक्तिहरू जो भ्याकेसनमा हिमाल र प्राकृतिक सौन्दर्य हेर्न चाहन्छन् उनीहरूको लागि पोखरा पनि एउटा उत्कृष्ट गन्तव्यको रूपमा चिनाउन ब्रान्ड पोखरा अभियान सञ्चालन गर्न लागिएको डा. धरेलले बताए । ‘जेनेभा, नर्वे र स्विडेन जस्तै पोखरा पनि एउटा सुन्दर गन्तव्य हो, पोखराबाट आँखै अगाडि हिमाल देख्न सकिन्छ । त्यस्तो सुन्दर सहरलाई विश्वसामु पुर्याउनु मार्केटिङ एउटा माध्यम हो ।’ उनले थपे, ‘पोखरामा पैसा कम भएका पर्यटकहरू आउँछन् भन्ने एउटा उखान पनि छ, तर पोखरा भनेको सस्तो डेस्टिनेसन होइन । यो राम्रो र महँगो ठाउँ पनि हो । पोखरालाई गुणस्तरीय र महँगो बनाउनुपर्छ ।’ ब्रान्ड पोखरालाई ग्लोवलाइजेसन गर्न सकेको खण्डमा ब्रान्ड पोखराको नाम अन्तर्राष्ट्रिय स्तरमा पनि चिनिने धरेलले बताए ।

त्यस्तै, एनएमएले ‘लेट्स ब्रान्ड नेपाल’ अभियान पनि सुरु गरेको छ । अभियानले नेपालको राष्ट्रिय पहिचानलाई विश्वव्यापीकरण गर्ने लक्ष्य राखेको छ । नेपाली सेवा तथा वस्तुको प्रचारप्रसारमा हुँदै आएको परम्परागत परिपाटीलाई हटाउँदै मार्केटिङको अत्याधुनिक शैलीलाई अवलम्बन गर्ने यो अभियानको उद्देश्य रहेको । नेपालको मार्केटिङ शैलीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप पुर्याउन यो अभियानले सहयोगी भूमिका खेल्ने जनाइएको छ ।

यो पनि…
तुलसी धरेल जो नेपाललाई विश्वसामू चिनाउन चाहन्छन् (भिडियो पनि)
नेपालको मार्केटिङलाई धारिलो बनाउन एनएमए (भिडियो पनि…)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested