English

दाह्री सेभिङ पछि हुने जलनलाई यसरी कम गर्नुहोस्



जसरी केटीहरूको लागि सुन्दर देखिनु जरुरी छ, त्यसै गरी केटाहरू पनि सुन्दर देखिनु जरुरी छ । केटीहरूले आफ्नो छालालाई सुन्दर बनाउन धेरै प्रकारका स्किन केयर ट्रीटमेन्ट लिन्छन् । अर्कोतर्फ, केटाहरू सुन्दर देखिनको लागि ग्रूमिङमा विशेष ध्यान दिन्छन् । कपालको साथसाथै दाह्रीको पनि ख्याल राख्छन् ।

यस्तो अवस्थामा केटाहरूले हरेक हप्ता दाह्री सेभ गर्छन् तर कयौँ पटक सेभ गरिसकेपछि अनुहारमा जलन हुने गरेको देखिन्छ, जसका कारण यसलाई राम्ररी हटाउन नसक्दा यो जलन बढेर चिलाउने र दागहरूमा परिणत हुन्छ । केटाहरूको यो समस्यालाई हेरेर आज हामी तपाईँलाई केही यस्ता कुराको बारेमा बताउन गइरहेका छौँ, जसको प्रयोग गरेर तपाई यस जलनबाट छुटकारा पाउन सक्नुहुन्छ । यी चीजहरू प्रयोग गर्न तपाईँले धेरै पैसा खर्च गर्नु पर्दैन ।

नरिवलको तेल

सेभ गरिसकेपछि अनुहारमा जलन हुन्छ वा अनुहार रातो हुन्छ भने नरिवलको तेल प्रयोग गर्न सक्नुहुन्छ । नरिवलको तेलमा एन्टिब्याक्टेरियल र एन्टिइन्फ्लेमेटरी गुणहरू हुन्छन् जसले तपाईंको छालालाई भित्रैबाट मोइस्चराइज गर्दछ । यसले तपाईँलाई केही समयमै जलनबाट छुटकारा दिनेछ ।

घ्यु कुमारी

घ्यु कुमारी छालासँग सम्बन्धित धेरै समस्याहरूमा फाइदाजनक छ । यदि सेभ गरिसकेपछि तपाईँको छालामा कुनै प्रकारको समस्या छ भने तपाईँले घ्यु कुमारी प्रयोग गर्नु राम्रो हुन्छ ।

फिटकीरी

फिटकीरी प्राय घरमा पाइन्छ । यसमा पाइने तत्त्वले छालाको धेरै समस्या हटाउने गर्छ । यस्तो अवस्थामा यदि तपाईँले अनुहारको जलन हटाउन यसको प्रयोग गर्नुभयो भने तपाईँले छिट्टै आराम पाउनुहुनेछ । यसलाई प्रयोग गर्न, तपाईँले दाह्री काटिसकेपछि अनुहारमा फिटकीरी लगाउनु पर्छ।

बरफ

अनुहारमा सेभ गरिसकेपछि, यदि जलन कम भइरहेको छैन भने, अनुहारमा आइस क्यूब लगाउनुहोस् । यसले जलनका साथै चिलाउने र दागबाट पनि राहत दिन्छ ।

यो पनि…
दाह्रीजुँगालाई कालो र बाक्लो बनाउने यी हुन् उत्तम उपाय
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested