English

दाह्रीजुँगालाई कालो र बाक्लो बनाउने यी हुन् उत्तम उपाय



दाह्रीजुँगालाई कालो र बाक्लो बनाउनका लागि महँगा ब्युटी प्रडक्टहरू किन्नुको साटो घरमा पाइने चीजहरूकै प्रयोग गर्दा राम्रो हुन्छ । घरमा नै पाइने चीजहरूको प्रयोग गर्दा दाह्री र जुँगा छिट्टै सेतो हुने समस्या पनि हराउँछ ।

–काँचो मेवा पिँधेर त्यसमा बेसारको धूलो र एक चम्चा घिउकुमारीको रस हाल्नुस् अनि दाह्रीजुँगामा लगाउनुहोस् । यसले तपाईंको दाह्री र जुँगा घना र काला हुनेछ ।
– तुलसीका पातलाई प्याजको रसमा हालेर दाह्रीजुँगामा लगाउँदा सेतोपना हट्छ ।
–एक गिलासमा कढीको पात हालेर उमाल्नुस् । यसलाई पिउँदा दाह्रीजुँगा काला बस्छन् ।
– अमलाको धूलो, कढीको पात र नरिवलको तेलमा हालेर उमाल्नुस् । त्यो सेलाएपछि दाह्रीजुँगामा मालिस गर्नुभयो भने दाह्रीजुँगा कालो हुन्छ ।
– दिनदिनै पुदिनाको चिया पिउँदा पनि दाह्रीजुँगा काला हुन्छन् ।
– गाईको दूधबाट बनेको मक्खनले दिनदिनै मालिस गर्दा पनि दाह्रीजुँगा काला हुन्छन् ।
– आधी कप पानीमा दुई चम्चा चिनी हाल्नुस् । अनि त्यसमा आधी चम्चा कागतीको रस हालेर दिनदिनै मालिस गर्दा दाह्रीजुँगा चम्किन्छन् ।
– आधी कचौरा रहरको दाल र एउटा आलुलाई सँगै राखेर पिँध्नुस् । यो लगाउँदा दाह्रीजुँगा सेतो हुन पाउँदैन ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

Latest










Popular
Suggested