English

आकर्षक देखिन कस्तो हिल जुत्ता लगाउने ?



हिल भएको जुत्ता प्रायः सबै महिलालाई मन पर्छ । हिल जुत्ता लगाएर हिँड्न सक्ने महिलाले विशेष गरी पार्टी वा समारोहमा हिल भएकै जुत्ता प्रयोग गर्न रुचाउँछन् । यदि तपाई पनि हिल जुत्ताको सौखिन हुनुहुन्छ भने तपाई हिल जुत्ताको छनौट यसरी गर्न सक्नुहुन्छ ।

स्टिल टोज हिल

स्टिल टोज हिल एकदमै अग्लो हिल भएको जुत्तालाई भनिन्छ । यो हिल जुत्ता लगाउँदा खुट्टालाई पातलो देखाउँछ । यो हिल जुत्ताको हिल एकदमै चुच्चो परेको हुन्छ । जसको कारण धेरैलाई हिड्डुल गर्न असहज पनि हुन्छ । यो हिल पछाडिबाट अगाडी तर्फ पातलो हुन्छ । यो हिल लगाउँदा खुट्टाको औला मात्र देखिँदैन । यो हिललाई रातीको पार्टीमा लगाउँदा आकर्षक देखिन्छ । यो हिल जुत्ता तपाईँले यस्तो किसिमको पार्टीमा मात्र लगाउन सक्नुहुन्छ, जुन पार्टीमा तपाईँलाई कमै हिड्डुल गर्न परोस् ।

पम्प्स हिल

पम्प्स हिल जुत्ताको उचाइ स्टिल टोज हिलको तुलनामा कम हुन्छ । यो हिल जुत्ताको हिल थोरै मोटो हुन्छ । यसको उचाइ पनि सिधा हुन्छ । यो हिल लगाएर हिँड्न केही सजिलो हुन्छ । यो हिल पुरै खुट्टा छोप्ने वा आधा खुट्टा छोप्ने प्रकारको हुन्छ । यो हिल जुत्ता पहिलो पटक लगाउँदै हुनुहुन्छ भने कालो वा हल्का खैरो रङ्गको किन्दा राम्रो हुन्छ ।

ब्लक हिल

ब्लक हिल अरू हिल भन्दा फराकिलो हुन्छ । यो हिल लगाएर सजिलै हिड्डुल गर्न सकिन्छ । यो हिल जुत्तालाई तपाईँले एक जोर राख्दा राम्रो हुन्छ । यो हिल तपाईँले कुनै पनि पार्टी वासमरोहमा लगाउनु सक्नु हुन्छ । यो हिलले तपाईँको लुक्सलाई एकदमै राम्रो देखाउँछ ।

प्लेटफर्म हिल

प्लेटफर्म हिल अन्य हिलको तुलनामा लगाएर हिड्डुल गर्न सजिलो हुन्छ । तपाईँलाई पार्टी, समारोह वा कुनै कार्यक्रममा धेरै हिँड्नु पर्ने हुन्छ र हिल जुत्ता पनि लगाउन मन छ भने यो हिल जुत्ताको प्रयोग गर्न सक्नुहुन्छ ।

किटल हिल

किटल हिल अन्य हिल जुत्ताको तुलनामा छोटो हुन्छ । तपाई अग्लो हिल जुत्ता लगाएर हिड्डुल गर्न सक्नु हुन्न र तपाई शारीरिक रूपमा अग्लो हुनुहुन्छ भने यो हिल तपाईँको लागि परफेक्ट हुन्छ । यो हिलले तपाईँको लुक्स राम्रो देखिनुका साथै यो हिल दैनिक रूपमा प्रयोग गर्न पनि सक्नुहुन्छ ।

यो पनि…
गर्मी मौसममा यस्ता ड्रेस लगाउनुहोस्
महिला फेसनः गर्मीमा किन लगाउने यी पोसाक ?



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested