English

फर्निचरलाई पालिस गर्न जैतुनको तेल उपयोगी



जैतुनको तेल छालाको सौन्दर्य र स्वास्थ्यका लागि प्रयोग गरिन्छ भन्ने कुरा तपाईँलाई पक्कै थाहा होला तर यो तेल घरको सरसफाइमा पनि निकै उपयोगी हुन्छ भन्ने तपाईँलाई सायदै थाहा होला । यदि तपाईँको घरमा राखिएको फर्निचर फोहोर भएको छ, त्यसमा अमित दाग छ भने यसरी जैतुनको तेल प्रयोग गरेर त्यसलाई चम्किलो बनाउन र आफ्नो फर्निचरलाई नयाँ जस्तो बनाउन सक्नुहुन्छ ।

जैतुनको तेल यसरी प्रयोग गर्नुहोस्

जैतुनको तेल घरको बहुमूल्य फर्निचरलाई पालिस गर्न निकै प्रभावकारी साबित हुन्छ। तपाईँ यसबाट फर्निचर पालिस पनि बनाउन सक्नुहुन्छ। यसका लागि सबैभन्दा पहिले एउटा सानो भाँडो जस्तै कचौरा, जैतुनको तेल, कागतीको रस तथा सुख्खा र सफा कपडा चाहिन्छ।

जैतुनको तेल र कागतीको रस मिलाउनुहोस्

अब त्यस भाँडामा दुई भाग जैतुनको तेल र एक भाग कागतीको रस लिनुहोस्। अब यसलाई राम्ररी मिलाएर ब्याटर तयार गर्नुहोस्। अब यसलाई सुती कपडाले प्रयोग गर्न सकिन्छ। ध्यान राख्नुहोस् कि यसमा अन्य कुनै पनि तेल प्रयोग नगर्नुहोस्। यदि तपाईँले यसो गर्नुभयो भने, यसले फर्निचरको काठलाई क्षति पुर्याउन सक्छ।

यसरी चम्काउनुहोस् फर्निचर

अब यो घोललाई सुक्खा कपडाको सहायताले काठमा लगाउनुहोस् र राम्रोसँग पालिस गर्नुहोस्। जब सम्पूर्ण फर्निचरमा घोल राम्ररी लागू हुन्छ, केही समयको लागि छोड्नुहोस्। केही समयपछि अर्को कपडाले फर्निचर पुछ्नुहोस्। तपाईँले देख्नुहुनेछ कि तपाईँको फर्निचरको धमिलो हटेको छ र यो नयाँ जस्तो देखिन्छ।

यो पनि…
बिदाको दिन घरको सरसफाइ यसरी गर्नुहोस्
यसरी टिलिक्क टल्काउन सकिन्छ तामाका भाँडा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested