English

एउटै खातामा बचत र मुद्दती दुवैको प्रतिफल पाइने



ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरूलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोचेँ जस्तै बैंक खाता’ सञ्चालनमा ल्याउने भएको छ । बैंकले ल्याएको नयाँ खातामा ग्राहकहरूको इच्छा बमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतीमा स्वतः परिणत हुन सक्नेछ ।

यसका साथै, सोचेँ जस्तै बैंक खाता खोल्ने ग्राहकहरूले तीन वर्षसम्मको लागि मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा निःशुल्क रूपमा प्राप्त गर्ने साथै, लकर सुविधा लिँदा पहिलो एक वर्षको लागि ५० प्रतिशत छुट समावेश गरिएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरूमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

यो पनि…
ग्लोबल आइएमई बैंकका ग्राहकले दराजबाट सामान किन्दा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंकको मुद्दती खाता ‘मेरी उनीलाई’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested