English

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ५५ इन्चको स्मार्ट टिभी जित्ने मौका



ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकले भिजा डेबिट–क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गरी अनलाइन भुक्तानी गर्दा टिभी जित्न सक्ने योजना ल्याएको हो ।

योजनाको अन्त्यमा कुल सहभागीमध्ये छनोट भएका एकजना भाग्यशाली विजेताले टिभी जित्ने जनाइएको छ । उक्त योजना वैशाख ९ गतेसम्म लागू रहने उल्लेख छ ।योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवर्द्धन गर्नु रहेको जनाएको छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता नवीन योजनाहरू ल्याएर ग्राहकलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको जनाइएको छ ।

हाल बैंकले देशका ७७ वटै जिल्लामा तीन सय ६४ शाखा, तीन सय ६३ एटिएम, तीन सय २१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।

यो पनि…
ग्लोबल आइएमई बैंकको मुद्दती खाता ‘मेरी उनीलाई’
ग्लोबल आइएमई बैंकद्वारा नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा सहयोग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested