English

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ५५ इन्चको स्मार्ट टिभी जित्ने मौका



ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकले भिजा डेबिट–क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गरी अनलाइन भुक्तानी गर्दा टिभी जित्न सक्ने योजना ल्याएको हो ।

योजनाको अन्त्यमा कुल सहभागीमध्ये छनोट भएका एकजना भाग्यशाली विजेताले टिभी जित्ने जनाइएको छ । उक्त योजना वैशाख ९ गतेसम्म लागू रहने उल्लेख छ ।योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवर्द्धन गर्नु रहेको जनाएको छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता नवीन योजनाहरू ल्याएर ग्राहकलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको जनाइएको छ ।

हाल बैंकले देशका ७७ वटै जिल्लामा तीन सय ६४ शाखा, तीन सय ६३ एटिएम, तीन सय २१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।

यो पनि…
ग्लोबल आइएमई बैंकको मुद्दती खाता ‘मेरी उनीलाई’
ग्लोबल आइएमई बैंकद्वारा नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा सहयोग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

बुटवल: युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ। काठमाडौंमा सुरुवात

Latest










Popular
Suggested