English

यो समुन्द्रमा कसैले चाहेर पनि डुब्न सक्दैन



तपाईँले सुन्नु भएको होला कि समुद्र धेरै खतरनाक र गहिरो हुन्छ। समुन्द्रमा डुबेर धेरैको ज्यान गएको घटना तपाइले पनि सुन्नु भएको होला । सबैले समुन्द्रमा पौडी खेल्ने हिम्मत गर्दैनन्। केवल एक वास्तविक पौडीबाजले समुद्रमा पौडी खेल्न सक्छ। तर सोच्नुहोस् यदि तपाई पौडिन नजानेर समुद्रमा जानुभयो भने के हुन्छ ? हामी भन्छौ कि जसलाई पौडिन जान्दैन उ समुन्द्रमा डुब्छ। तर के तपाईँलाई थाहा छ एउटा यस्तो समुन्द्र छ जहाँ कोही पनि चाहेर पनि डुब्न सक्दैन । पौडिन नजान्दा पनि यो समुन्द्रमा डुब्न सकिँदैन।

चाहेर पनि यो समुन्द्रमा डुब्न सकिँदैन

हामी जोर्डन र इजरायलको बीचमा रहेको मृत सागरको बारेमा कुरा गर्दैछौं। यो समुन्द्रमा विश्वका सबै समुन्द्र भन्दा धेरै नुन छ । चाहेर पनि यो सागरमा डुब्न सकिँदैन। वास्तवमा यहाँ नुनको मात्रा यति धेरै छ कि अन्य समुन्द्रको तुलनामा यहाँ ६ देखि ७ गुणा बढी नुन पाइन्छ । पानीमा धेरै नुन भएकाले यहाँ कोही डुब्दैन । यसमा पानीको बहाव तलदेखि माथिसम्म हुन्छ र त्यही भएर सोझै सुतेर यो समुन्द्रमा डुब्न सकिँदैन । यहाँ सधैँ पर्यटकको भीड हुन्छ ।

जसका कारण डेड सी नाम राखिएको हो

यस समुन्द्रको पानी यति नुनिलो छ कि यहाँ न त कुनै रुख–बिरुवा छ न घाँस। यस समुन्द्रमा माछा र अन्य जीव पनि पाइँदैन । यस कारण ग्रीक लेखकले यसलाई मृत सागर नाम दिए। यसलाई अन्य धेरै नामले बोलाइन्छ। हिब्रुमा यसलाई नुनको सागर भनिन्छ। यद्यपि यसलाई धेरै नामले चिनिन्छ, तर आज पनि यसलाई डेड सीको नामले चिनिन्छ।

खनिज स्वास्थ्यका लागि फाइदाजनक हुन्छ

तपाईँलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि मानिसहरू यहाँ रमाइलोको लागि मात्र नभई यस समुद्रमा रहेको खनिजहरूको स्वास्थ्यका लागि पनि आउँछन्। यो समुद्र प्रकृतिको उपहार हो जुन हजारौँ वर्षको प्रयास पछि बनेको हो। यी गुणहरूको कारण, यसलाई २००७ मा विश्वको ७ नयाँ आश्चर्यहरूको सूचीमा समावेश गरिएको थियो।

यो पनि…
इन्टरनेटमा सर्वाधिक खोजिने गाउँ
एउटा रहस्यमय रुख



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested