English

यसरी हुर्काउनुहोस् बिरुवा



घरलाई सुन्दर बनाउन बगैँचाको भूमिका महत्त्वपूर्ण हुन्छ । बगैँचामा रहेका मौसमी तथा सदाबहार बोटबिरुवाले घरलाई सुन्दर देखाउँछ । घाम कुन ठाउँबाट आउँछ, त्यसमा ध्यान दिएर बिरुवा रोप्दा बोटबिरुवा आकर्षक देखिन्छ । बोटबिरुवाको हेरचाह गर्दा यी कुराहरूमा विशेष ध्यान दिनु पर्छ ।

— कुनै पनि नयाँ बिरुवा रोप्दै हुनुहुन्छ भने तपाईँले नर्सरी बाट ल्याउने बिरुवा कम्तीमा पनि साढे दुई फिट र बढीमा ५ फिटको हुनुपर्दछ ।

— यदि तपाईँले घरमै गमलामा बेर्ना उमार्नु भएको छ भने गमलाको बिरुवा बगैँचामा सार्दै हुनुहुन्छ भने एक देखि डेढ फिटको खाडल बनाउनु पर्छ र बिरुवालाई सार्नु पर्छ ।

— बगौंचाको माटो चिम्टाइलो छ भने त्यसमा बालुवा, माटो र मल मिसाउनु पर्छ ।

— गमलामा भएको बेर्नालाई जमिनमा सार्दा गमलामा भएको एक फिट माटो सँगै हालेर पुर्नु पर्छ ।

— बिरुवा सारिसकेपछि त्यसलाई वरिपरिबाट पानी हाल्ने, बिरुवा नसरेसम्म दिनको दुई पटक बिहान र बेलुका नबिराई पानी हाल्नुपर्छ ।

— बिरुवालाई बेलाबेलामा गोडमेल गर्ने र त्यसमा उम्रिएका झारहरूलाई निकाल्ने गरिरहनु पर्छ ।

— बोटबिरुवामा लाई लाग्ने समस्या हुन सक्छ त्यसको लागि पसलबाट लाईको औषधी ल्याएर हाल्ने अथवा घरमै पनि लाईको औषधी बनाउन सकिन्छ त्यसको लागि लसुन र तीतेपातीलाई कुटेर पानीमा मिसाउने र लाई लागेको बिरुवामा माथिबाट छर्कने यसले लाई तथा अन्य किराहरू पनि लाग्न सक्दैन ।

— बोटबिरुवामा मल हाल्दा कम्पोस्ट मल, पिना, र बोन मील मिसाएर एउटा बिरुवालाई आधा किलोको दरले हाल्नु पर्छ । यसरी मल हालेपछि बिरुवाको वृद्धि विकास छिटो हुन्छ ।

यो पनि…
बाल्कोनी सजाउन यी पेन्टिङ सुझावहरू
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

Latest










Popular
Suggested