English

यहाँका मानिसहरू जमिनमुनि बस्छन्



जमिनमा नै घर बनाएको देख्नु भएको छ, तर एउटा यस्तो ठाउँ छ जहाँ जमिनमुनि घर बनाएर बस्छन् । यी घरहरू धेरै विलासी र ऐस आरामले सुसज्जित छन्। यो आधुनिक सहर जस्तो देखिन्छ। आधुनिक सहरमा पाइने सबै कुरा यहाँ जमिनमुनि हुन्छ। यो अनौठो सहर अस्ट्रेलियाको मरुभूमि क्षेत्रमा अवस्थित छ । जहाँ यसलाई कुबर पेडी भनेर चिनिन्छ।

भूमिगत सहर

यो सहर पुगेपछि मरुभूमिको बीचमा रातो र खैरो जमिन मात्रै देखिन्छ । जमिनभन्दा माथि घर बनाएर यहाँ कतिपय मानिसहरू बसोबास गर्छन् तर यहाँ एउटा यस्तो भाग छ जहाँ जमिनभन्दा माथि केही पनि देखिँदैन र जमिनमुनि विलासी जीवनका सबै सुविधा उपलब्ध छन् । यसमा स्विमिङ पुल, होटेल, चर्च लगायत धेरै भव्य रेस्टुरेन्टहरू पनि छन्।

यसकारण जमिन मुनि बस्छन्

कुबर पेडी धेरै तातो ठाउँ हो, जाडो मौसममा पनि न्यानो रहन्छ र वर्षा पनि हुन्छ। रिपोर्टका अनुसार यहाँ वर्षभरि करिब १३० मिलिमिटर वर्षा हुन्छ । मानिसहरू भूमिगत बस्न रुचाउनुको एउटा प्रमुख कारण यो हो। यहाँ २४ घण्टा पानी परे पछि बाढीको अवस्था सिर्जना हुन्छ ।

४५ देशका मानिस र ३५०० जनसङ्ख्या

यस भूमिगत सहरमा लगभग ३५०० मानिसहरू बस्छन्। यस सहरमा करिब ४५ देशका मानिसहरू बसोबास गर्छन्। यसमा पनि ६० प्रतिशत युरोपका बासिन्दा छन् । कम जनसङ्ख्याको बाबजुद, यो सहर आफ्नो अद्भुत संस्कृति र जीवनशैलीको कारण मानिसहरूको मन पर्ने ठाउँहरू मध्ये एक हो। पर्यटन र ओपल खानी यहाँको आम्दानीका स्रोत हुन्। यहाँका मानिसहरू राति मात्रै खेलकुदमा रमाउँछन् । यहाँको गल्फ कोर्स निकै प्रसिद्ध छ। यस सहरमा भूमिगत घर मात्रै होइन होटेल पनि छन् । यहाँ तपाईँले जमिन मुनि एउटा स्विमिङ पुल पनि देख्नुहुनेछ।

यो पनि…
अनौठो प्रचलन : केटा खोज्ने २ दिने मेला
आदिवासी जनजातिको अनौठो परम्परा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,