English

सेयर बजारमा गिरावट



साताको सुरुवाती दुई कारोबार दिन घटेर मंगलबार झिनो अंकको सामान्य वृद्धि भएको सेयर बजार बुधबार पुनः ओरालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १४.४४ अंकले गिरावट हुँदा १९३८.६२ अंकमा बन्द भएको छ ।

व्यापार बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से ०.७४ प्रतिशतले गिरावट भएको हो । लघुवित्त उपसूचक सर्वाधिक १.८६ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.७८ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा गिरावट भएपनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम केही वृद्धि भएको छ ।

मंगलबार करिब १ अर्ब १४ करोडको कारोबार भएको थियो । बुधबार नेप्सेमा २५ हजार ४९१ वटा कारोबारमा ३७ लाख १६ हजार ६८४ कित्ता सूचीकृत धितोपत्र खरिदबिक्री हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँको कारोबार भएको छ । जसमध्ये एनआईशी एशिया बैंकको सर्वाधिक १२० करोड ३५ लाखको कारोबार हुँदा सानिमा माइ हाइड्रोपावरको ७ करोड १६ लाख रुपैयाँ र नबिल बैंकको ४ करोड २९ लाखको कारोबरा भएको छ ।

बुधबार बजारमा कुल २१४ कम्पनीको सेयर कारोबार हुँदा १४९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ५१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १४ कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा विद्यवासिनी हाइड्रोपावरको सेयरमूल्य ६.४२ प्रतिशतले वृद्धि भएको छ ।

यता किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.९ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.२२ प्रतिशत र स्वरोजगार लघुवित्तको सेयरमूल्य ३.९८ प्रतिशतले गिरावट भएको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested