English

११३ औँ श्रमिक महिला दिवस : सशक्तीकरण संवाद (भिडियो पनि)



‘सक्दिन भनेर हिँड्नै छोडियो भने त कहिल्यै प्रगति गर्न सकिँदैन । अहिले घर व्यवहार आफै चलाउने भएकी छु, कुनैबेला बुवा आमाको झरेको आँसु खुसीमा परिवर्तन भएको छ ।’ दृष्टिविहीन अधिकारकर्मी तथा अधिवक्ता सुनिता थापाले यो खुसी साट्दा लामो तालीको गडगडाहट सुनियो ।

११३ औँ श्रमिक महिला दिवसको अवसरमा बुढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको ‘सशक्तीकरण संवाद’ कार्यक्रममा यो अवसर जुरेको थियो । नगरपालिकाले विभिन्न क्षेत्रमा प्रतिनिधित्व गरेर सफलतापूर्वक आफ्नो जीवन निर्वाह गरिरहेका महिलाहरूको संघर्ष र सफलताको कथा सुन्ने उद्देश्यले यस कार्यक्रम आयोजना गरेको थियो । नगरपालिका भित्र बसोबास गर्ने महिलाहरूको बीचमा उक्त कार्यक्रम गरिएको हो ।

नगरपालिकाको सभा हलमा मंगलबार आयोजित कार्यक्रममा चिकित्सक, प्राध्यापक, शिक्षक, पर्वतारोही, साहित्यकार, सवारी चालक, लघु उद्योग व्यवसायी, सडक व्यापारी, दैनिक ज्यालादारी श्रमिक, सञ्चारकर्मी, अधिकारकर्मी, फरक क्षमता भएका (टेबल कार्यदेखि दैनिक ज्यालाका कार्यमा सक्रिय नेतृत्व गरिरहेका) महिलाहरूको सहभागिता थियो ।

कोभिडको समयमा चार जना बिरामीले पनि अस्पताल चलायौँ । त्यहाँ काम गर्ने स्टाफहरूलाई निरन्तर काम दियौँ, त्यो हाम्रो ठूलो उपलब्धि थियो । विदेशमा समेत गर्न नसकिने टाउको जटिल शल्यक्रिया गरिने प्रविधिलाई नेपाल भित्राएका छौँ ।

उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालकी सञ्चालक डा. मधु दीक्षितले आफ्नो विद्यार्थी जीवनदेखिको अनुभव साझा गरेकी थिइन् । ‘कोभिडको समयमा चार जना बिरामीले पनि अस्पताल चलायौँ । त्यहाँ काम गर्ने स्टाफहरूलाई निरन्तर काम दियौँ, त्यो हाम्रो ठूलो उपलब्धि थियो । उनले भनिन् ‘विदेशमा समेत गर्न नसकिने टाउको जटिल शल्यक्रिया गरिने प्रविधिलाई नेपाल भित्राएका छौँ ।’

सुरुमा भरिया भएर काम गरे, त्यतिखेर समाजले पर्यटन क्षेत्रमा लागेका महिलालाई छाडा पनि भन्थ्यो । सबै भन्दा ठुलो कुरा आत्मविश्वास हो । सपना मात्र देखेर हुँदैन, संघर्ष पनि गर्नुपर्छ । आफूले गर्न सक्छु भनेर आँट गर्यो भने असम्भव केही पनि छैन ।

‘सुरुमा भरिया भएर काम गरे, त्यतिखेर समाजले पर्यटन क्षेत्रमा लागेका महिलालाई छाडा पनि भन्थ्यो । सबै भन्दा ठुलो कुरा आत्मविश्वास हो । सपना मात्र देखेर हुँदैन, संघर्ष पनि गर्नुपर्छ । आफूले गर्न सक्छु भनेर आँट गर्यो भने असम्भव केही पनि छैन ।’ सगरमाथा आरोही तथा पर्यटन व्यवसायी लाक्पाफुटी शेर्पाले भरिया जीवनदेखि माउन्टेन विश्वविद्यालय योजनासम्मको अनुभव सुनाइन् ।

हामी कसैले पनि आफ्नो संघर्षलाई ग्लानि सम्झेर, दुःख मानेर लुकेर बस्ने होइन, अरू महिलालाई बाटो देखाउने र आफ्नो अधिकारको लागि प्रश्न सोध्न सक्नुपर्छ ।

साहित्यकार ज्योति जंगलले आफ्नो संघर्षलाई ग्लानि सम्झिएर होइन कि गर्वका साथ अगाडी आउन जोड दिइन् । ‘हामी कसैले पनि आफ्नो संघर्षलाई ग्लानि सम्झेर, दुःख मानेर लुकेर बस्ने होइन, अरू महिलालाई बाटो देखाउने र आफ्नो अधिकारको लागि प्रश्न सोध्न सक्नुपर्छ ।’ उनले भनिन् ‘हामीले घरपरिवार सम्हालेर, पेसा सम्हालेर व्यक्तित्व बनाएका छौँ भने त्यो गर्व लायक कुरा हो ।’ उनले अध्ययनको दायरा बढाउन पनि आग्रह गरिन् ।

ड्राइभर, बाटोमा हिँड्ने भनेर धेरै जनाको हेपाइ पनि छ तर त्यो हेपाइमा हामी बस्दैनौँ । करिब सात सय जना ट्याम्पो चालकमा पाँच सय जना त हामी महिला चालक नै छौँ ।

‘संघर्ष नै सफलता रहिछ भन्ने कुरा मैले यातायात क्षेत्रमा आएर बुझेँ,’ सफा ट्याम्पो चालक सुनसाङ घिसिङले आफ्नो आत्मविश्वास साझा गरिन् ‘ड्राइभर, बाटोमा हिँड्ने भनेर धेरै जनाको हेपाइ पनि छ तर त्यो हेपाइमा हामी बस्दैनौँ । करिब सात सय जना ट्याम्पो चालकमा पाँच सय जना त हामी महिला चालक नै छौँ ।’

अर्थोपेडिक सर्जनमा काम गर्न जाँदा सबै गलल्ल हाँसे । मेरा मेन्टर हरूले नै गाइनोलोजी पढ्न सुझाए, मैले प्रश्न गरे, महिलाले गाइनोलोजी नै पढ्नुपर्छ र ? अहिले म नेपालमा एक जना मात्र महिला अर्थोपेडिक सर्जन छु ।

स्टेजमा लामो सन्नाटा पश्चात् पुनः गडगडाहट ताली बज्यो, जब अर्थोपेडिक सर्जन डा. शिलु श्रेष्ठले आफ्नो अनुभव सुनाइन्, ‘अर्थोपेडिक सर्जनमा काम गर्न जाँदा सबै गलल्ल हाँसे । मेरा मेन्टर हरूले नै गाइनोलोजी पढ्न सुझाए, मैले प्रश्न गरे, महिलाले गाइनोलोजी नै पढ्नुपर्छ र ?’ उनी दृढ सुनिइन् ‘अहिले म नेपालमा एक जना मात्र महिला अर्थोपेडिक सर्जन छु ।’

कार्यक्रममा सहभागी सबैले आ–आफ्नो संघर्ष र सफलताको अनुभव साझा गरे । सबैको एउटै आवाज थियो, ‘हार मान्नु हुँदैन, संघर्ष गरे सफलता अवश्य मिल्छ ।’ नगरपालिकाकी उपमेयर अनिता लामाको संयोजकत्वमा भएको कार्यक्रममा सञ्चारकर्मी कृष्ण ताम्राकार, त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक अर्चना प्रसाद, स्कुलकी प्रिन्सिपल शर्मिला के.सी., घरेलु लघु उद्यमी रेखा शर्मा चौधरी, साहित्यकार भागीरथी श्रेष्ठ, दैनिक ज्यालादारी श्रमिक (मार्बल चिप्स) कमला बास्तोला, राजनीतिकर्मी तथा सहिद परिवारकी विश्वेश्वरा दाहाललगायत १६० जनाको उपस्थिति थियो ।









भिडियो :

यो पनि…
अमृत दोर्जेको आत्मकथा ‘पर्खाइ’ विमोचन (फोटो फिचर)
एकैथलोमा कविताका तीन पुस्ता



...
Rita

References: Trusted payid pokies australia payid pokies no deposit bonus

...
Levi

References: Instant payid pokies $5 payid pokies australia

...
Stefanie

References: Slot machine manufacturers 1gocasinotest.onlinespielhallende.workers.dev

...
Antje

References: Lex Casino Erfahrungen https://analyticsjobs.in/

...
Breanna

References: Vulkan Casino Auszahlung http://nl.thefreedictionary.com

...
Freeman

References: Solcasino Auszahlung http://amarokforum.ru

...
Cindi

References: Stratosphere Casino Einzahlung https://bios-fix.com/proxy.php?link=http://taptagger.in/sidneycimitier

...
Sebastian

References: Posido Casino Auszahlung https://simpus.uii.ac.id/search/?submit=submit&judul=">ada banyak bange destinasi References: https://simpus.uii.ac.id/search/?submit=submit&judul=">ada banyak bange destinasi

...
Katharina

References: Candy96 payment methods guilairo520.gain.tw

...
Cora

References: Circus Casino Auszahlung http://maps.google.ms

...
Jessie

References: Rolletto Casino Erfahrungen https://nasheed.ru/

...
Quinn

References: Candy96 https://jobbridge4you.com

...
Son

References: %random_anchor_text% https://amiral-services.com/cindaflorez90

...
Jenna

References: Lollybet Alternative maps.google.co.cr

...
Clayton

References: Lollybet Casino Spielautomaten cse.google.com.mm

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested