English

पर्यटकीय थलो पहिल्याउन पर्यटन प्रवर्द्धकसँग अन्तरक्रिया गरिने



ओझेलमा रहेका पर्यटकीय थलो पहिल्याउन वि विल राइज फाउण्डेसनले पर्यटन प्रवर्द्धक (ट्राभल ल्भगर) हरूसँग अन्तरक्रिया गर्ने भएको छ । पछिल्लो समय देशका विभिन्न कुना कन्दरा भ्रमण गरी ट्राभल भ्लग बनाउने आन्तरिक पर्यटकहरूको संख्या बढिरहेको छ । यस्ता पर्यटकहरूबाटै ओझेलमा परेका पर्यटकीय थलोहरू चिन्न चिनाउन सकिने भएकाले छलफल कार्यक्रमको आयोजना गरिएको फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले बताए । अन्तरक्रिया कार्यक्रम आगामी आइतबार दिउँसो एक बजे गोगंबुस्थित फाउण्डेसनकै कार्यालयमा हुनेछ । घुमफिरमा र प्रवर्द्धनात्मक भिडियो बनाउन रुचि राख्ने जोकोही कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

फाउण्डेसनले पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कला संस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ ।

फाउण्डेसनले सन् २०२३ को प्रतियोगितामा सहभागिता जनाउन आगामी वर्ष वैशाख २१ गतेसम्म भिडियो पठाउन आह्वान गरेको छ । भिडियो अधिकतम ५ मिनेटको हुनुपर्नेछ । प्राप्त भिडियोहरूमध्येबाट निर्णायकले छनौट गरेका उत्कृष्ट दशलाई नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिनेछ । विजेता प्रतियोगीहरूको घोषणा १३ जेष्ठ २०८० का दिन काठमाडौँमा हुनेछ । सन् २०१९ मा पहिलो पटक आयोजित प्रतियोगितामा देशभरबाट उत्साहजनक १ सय ३२ वृत्तचित्र सहभागी थिए ।

प्रतियोगितामा सहभागिता जनाउन चाहनेले फाउण्डेसनको वेबसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी मार्फत विस्तृत जानकारी लिन सक्नेछन् । प्रतियोगितामा सहभागिता जनाउन कुनै किसिमको शुल्क लाग्ने छैन ।

यो पनि…
आजदेखि ७० दिनसम्म भिडियो पठाउन आह्वान
राइज मिडियाको दोस्रो पाइला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो