English

पर्यटकीय थलो पहिल्याउन पर्यटन प्रवर्द्धकसँग अन्तरक्रिया गरिने



ओझेलमा रहेका पर्यटकीय थलो पहिल्याउन वि विल राइज फाउण्डेसनले पर्यटन प्रवर्द्धक (ट्राभल ल्भगर) हरूसँग अन्तरक्रिया गर्ने भएको छ । पछिल्लो समय देशका विभिन्न कुना कन्दरा भ्रमण गरी ट्राभल भ्लग बनाउने आन्तरिक पर्यटकहरूको संख्या बढिरहेको छ । यस्ता पर्यटकहरूबाटै ओझेलमा परेका पर्यटकीय थलोहरू चिन्न चिनाउन सकिने भएकाले छलफल कार्यक्रमको आयोजना गरिएको फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले बताए । अन्तरक्रिया कार्यक्रम आगामी आइतबार दिउँसो एक बजे गोगंबुस्थित फाउण्डेसनकै कार्यालयमा हुनेछ । घुमफिरमा र प्रवर्द्धनात्मक भिडियो बनाउन रुचि राख्ने जोकोही कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

फाउण्डेसनले पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कला संस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ ।

फाउण्डेसनले सन् २०२३ को प्रतियोगितामा सहभागिता जनाउन आगामी वर्ष वैशाख २१ गतेसम्म भिडियो पठाउन आह्वान गरेको छ । भिडियो अधिकतम ५ मिनेटको हुनुपर्नेछ । प्राप्त भिडियोहरूमध्येबाट निर्णायकले छनौट गरेका उत्कृष्ट दशलाई नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिनेछ । विजेता प्रतियोगीहरूको घोषणा १३ जेष्ठ २०८० का दिन काठमाडौँमा हुनेछ । सन् २०१९ मा पहिलो पटक आयोजित प्रतियोगितामा देशभरबाट उत्साहजनक १ सय ३२ वृत्तचित्र सहभागी थिए ।

प्रतियोगितामा सहभागिता जनाउन चाहनेले फाउण्डेसनको वेबसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी मार्फत विस्तृत जानकारी लिन सक्नेछन् । प्रतियोगितामा सहभागिता जनाउन कुनै किसिमको शुल्क लाग्ने छैन ।

यो पनि…
आजदेखि ७० दिनसम्म भिडियो पठाउन आह्वान
राइज मिडियाको दोस्रो पाइला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested