English

सेयर बजारमा पहिरो



बिहीबार सेयर बजार ५४.७४ अंकले घटेको छ। आज नेप्से २.७८ प्रतिशतले घटेर २०२२.६४ बिन्दुमा बन्द भएको छ। बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन अर्थात् बुधबार १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर आज २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँ पुगेको छ। बिहीबार २६० वटा धितोपत्रको ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य सर्वाधिक ४.८२ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य ४१३ रुपैयाँ पुगेको छ। यस्तै, सामलिङ पावरको सेयर मूल्य ४.७७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५०३ रुपैयाँ पुगेको छ।

आज छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता १ हजार ५४ रुपैयाँ ८० पैसामा ८ करोड ७० लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ८१४ रुपैयाँमा ७ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। आज लघुवित्त समूहको परिसूचक सर्वाधिक ९.५४ प्रतिशतले घटेको छ। यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक ३.०८ प्रतिशतले घटेको छ।

यसैगरी, वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित