English

अनौठो प्रचलन : केटा खोज्ने २ दिने मेला



आज पनि संसारमा यस्ता धेरै जनजाति छन्, जो आधुनिक युगभन्दा धेरै पछाडि छन् । आज पनि यी मानिसहरू शताब्दी पुरानो अनौठो परम्पराको पालना गरिरहेका छन्। आज हामी तपाईँलाई एउटा यस्तो जनजातिको बारेमा बताउन गइरहेका छौँ, जसको चलन आजको युगको लिभ इन रिलेसनसिप जस्तै छ । यहाँ केटीहरूले आफ्नो मनपर्ने केटा छनोट गरेर विवाह नगरी सँगै बस्छन्। यसपछि बच्चा जन्माएपछि यी मानिसहरू विवाह गर्छन्। यो जनजाति र यसको अनौठो परम्परा बारे जान्नुहोस्।

सन्तान भएपछि बिहे गर्ने

यस जातिको नाम गरासिया जनजाति हो। यो जनजाति भारतस्थित गुजरात र राजस्थानका केही क्षेत्रमा बसोबास गर्दछ। यो जनजातिमा एक हजार वर्षदेखि चलिआएको परम्परा छ । यहाँ पहिले केटा र केटी सँगै बस्छन् र बच्चा जन्माउँछन्, त्यसपछि मात्र विवाहको बारेमा सोच्छन् ।

मेलामा युवतीले साथी रोज्छन्

यस जनजातिमा केटीहरूलाई आफ्नो मनपर्ने जीवनसाथी छनोट गर्ने पूर्ण स्वतन्त्रता छ, यसका लागि २ दिने मेला आयोजना गरिन्छ । यो मेलामा केटीहरू आफ्नो मनपर्ने केटा छानेर उनीसँगै भाग्छन् । केही दिनपछि फर्केर विवाह नगरी सँगै बस्न थाल्छन् । उनीहरूको परिवारलाई पनि यो कुरामा कुनै आपत्ति छैन तर केटाका परिवारले केटीको परिवारलाई केही पैसा पनि दिन्छन् । यति मात्र होइन, दम्पतीलाई विवाहका लागि कुनै दबाब दिइँदैन र उनीहरूले यस सम्बन्धबाट सन्तान पनि जन्माउँछन् । सन्तान नजन्मुन्जेल बिहेको बारेमा सोच्दैनन् तर सन्तान भइसकेपछि पनि बिहे गर्ने कि नगर्ने भन्ने कुरा उनीहरूको हो ।

केटीहरूले दोस्रो पार्टनर पनि रोज्न सक्छन्

एउटै केटासँग पूरा जीवन बिताउन केटीहरूलाई कुनै दबाब छैन। केटीहरूले चाहेमा आफ्नो लागि अर्को पार्टनर पनि रोज्न सक्छन् । पुरानो पार्टनरको तुलनामा नयाँ पार्टनरले बढी पैसा तिर्नुपर्ने भए पनि केटी उनीसँगै जान पाउँछन् । यहाँ धेरैले बुढेसकालमा बिहे गर्छन् । अर्कोतर्फ, केही दम्पतीहरू विवाह बिना नै एक अर्कासँग जीवन बिताउँछन्।

यो पनि…
आदिवासी जनजातिको अनौठो परम्परा
इन्टरनेटमा सर्वाधिक खोजिने गाउँ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested