English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो, बेलायती पाउण्ड स्टर्लिङ, स्वीस फ्रैङ्क, अष्ट्रेलियन डलरलगायतको भाउ बढेको छ।

बिहिबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि यसको खरिद बिक्री सोही मूल्य कायम थियो।

यस्तै युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ४३ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८ पैसा कायम गरिएको छ। यसअघि बुधबार युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रुपैयाँ १९ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६१ रुपैयाँ १६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९० पैसा तोकिएको छ। यसअघि बुधबार पाउण्डको खरिददर १६१ रूपैयाँ ५ पैसा र विक्रीदर १६१ रूपैयाँ ७९ पैसा थियो।

यसैगरी स्वीस फ्रयाङ्क १ को खरिददर १४२ रूपैयाँ ७४ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४० पैसा छ। बुधबार स्वीस फ्रयाङ्कको खरिददर १४० रूपैया ८४ पैसा र बिक्रीदर १४१ रूपैयाँ ४९ पैसा थियो।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिद मूल्य ९२ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९३ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन यसको खरिद मूल्य ९१ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९१ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो।

बिहीबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ एक पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसामा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ४४ पैसा र बिक्रीमा ४३० रुपैयाँ ४० पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ५१ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested