English

सिटिजन लाइफको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न



सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारण सेयर सार्वजनिक निष्कासन गर्ने पारित गरेको छ । आइतबार छायादेवी कम्प्लेक्समा सम्पन्न भएको कम्पनीको पाँचौँ वार्षिक साधारण सभामा उक्त निर्णय पारित गरेको हो ।

सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७–०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम कम्पनी रजिस्टारको कार्यालयबाट आर्थिक वर्ष २०७८–०७९ को लागि कम्पनीको लेखा परीक्षकमा जोशी एन्ड भण्डारी, चार्टर एकाउन्टेन्ट (वर्तमान लेखापरीक्षक) लाई गरिएको नियुक्ति अनुमोदन गरेको छ । सभाले प्रिमियम मूल्यमा सर्वसाधारण शेयर सार्वजनिक निष्कासन गर्ने पारित गरेको छ ।

सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव ज. व. राणाको नियुक्ति अनुमोदन गरेको छ । साथै स्वतन्त्र सञ्चालक श्रीमान् कार्कीको नियुक्ति अनुमोदन गरेको छ ।

यो पनि…
‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९’ दिपा दाहाललाई
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२२ (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested