डलरको भाउ घट्दा बढ्यो युरो र पाउण्ड
आइतबार अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।
शुक्रबार डलर एकको खरिददर १३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३२ रुपैयाँ १८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २४ पैसा घटेको हो।
राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १३८ रुपैयाँ ६६ पैसा र बिक्रीमा १३९ रुपैयाँ २९ पैसा पाइन्छ। युरोको भाउ अघिल्लो दिनको तुलनामा ५५ पैसा बढेको हो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ८९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६३ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८९ रुपैयाँ २० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७५ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ८२ पैसा र बिक्रीमा २९ रुपैयाँ ९५ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ २५ पैसा र बिक्रीमा ४३० रुपैयाँ २१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३४९ रुपैयाँ ९९ पैसा तोकिएको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात









Sign up to get 100 USDT
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.