English

महँगा साइकल चढ्ने बलिउडका यी कलाकार



बलिउड कलाकार महँगा कारसँगै महँगा साइकलका पनि सौखिन छन् । आलिशान जिन्दगी बिताउने उनीहरूमध्ये केहीसँग प्राइभेट जेट पनि छ । जेट र कार भए पनि उनीहरूमा साइकल कुदाउने सोख उत्तिकै छ । त्यसैले उनीहरूलाई कैयौंपटक मुम्बईका सडकमा साइकल कुदाइरहेको भेट्न सकिन्छ ।

सलमान खान

अभिनेता सलमान खानसँग महँगो कार र बाइकको कलेक्सन छ । गत महिना उनी बुलेट प्रुफ गाडी कोयोडा ल्यान्ड क्रुजरका कारण चर्चामा आएका थिए । कार र बाइकका अलावा सलमान साइकलका पनि सौखिन हुन् । उनी कैयौंपटक मुम्बईमा साइकलमा घुम्दै गरेको अवस्थामा भेटिएका छन् । उनीसँग बिइङ ह्युमनको साइकल छ । यसको मूल्य करिब ६० हजार भारु पर्छ ।

रणवीर कपूर

अभिनेता रणवीर कपूर हालका दिनमा फिल्म ‘ब्रह्मास्त्र’ का कारण चर्चामा छन् । यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । रणवीर महँगो कार र बाइकको सौखिन हुन् । उनी साइकल कुदाउन पनि उत्तिकै चासो दिन्छन् । रणवीरसँग मेट एक्स फोल्डेबल ईबाइक छ, जसको मूल्य डेढ लाख रुपैंयाँ पर्दछ । यसमा एक हजार वाटको शक्तिशाली मोटर र स्मार्ट एलसीडी डिस्प्ले छ ।

शाहिद कपूर

अभिनेता शाहिद कपुरसँग डुकाती स्क्रेबलर ११ सय इलेक्ट्रिक साइकल छ । यसको मूल्य साढे दुई लाख रुपैयाँभन्दा बढी पर्छ । यो फेन्सी मोटरसाइकल हो ।

सारा अलि खान

अभिनेत्री सारा अलि खानसँग यू बेन्ट चेचिसको वोग सेलेक्ट साइकल छ । यसको मूल्य करिब १५ हजार रुपैयाँ पर्दछ ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested