English

स्क्वड गेममा लियोनार्दो !



गत वर्षको सेप्टेम्बरमा ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज दक्षिण कोरियाली सिरिज ‘स्क्विड गेम’ ले विश्वव्यापी रुपमा तहल्का मच्चायो । रिलिज पछि यो सिरिजले राम्रो प्रशंसा पायो । हालै सम्पन्न ‘एमी अवार्ड’ मा पनि सिरिजको दबदबा थियो । यही बीचमा नेटफ्लिक्सले ‘स्क्विड गेम ३’ मा हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो हुन सक्ने संकेत गरेको छ ।

‘एमी अवार्ड २०२२’ को समापन पछि नेटफ्क्लिसले आयोजना गरेको एक पत्रकार सम्मेलनमा सिरिजका निर्देशक ह्वांग डोंग ह्युकले यो कुराको संकेत गरेका हुन् । उनलाई पत्रकारहरुले ‘के भविष्यमा कोही हलिउड सुपरस्टार यो सिरिजको हिस्सा बन्न सक्छन् ? भनी सोधेका थिए ।

‘अहिले नै यो कुरा भन्नु हतारो हुनेछ । ‘स्क्विड गेम २’ मा कोही पनि हलिउड स्टार हुने छैनन् । तर, अर्को सिरिजमा भने केही फेरबदल भयो भने हलिउड स्टार लियोनार्दो डिकाप्रियोमाथि विचार गर्न सकिन्छ । किनकि लियोनार्दोले मलाई स्क्विड गेमको ठूलो प्रशंसक भएको बताएका छन् । त्यसकारण यो खेलमा उनलाई सामेल गराउन हामी सक्छौं’, उनले भनेका छन् ।

गत वर्षको ‘एमी अवार्ड’ मा लियोनार्दोले ‘स्क्विड गेम’का अभिनेता तथा एमी विजेता ली जंग जेसँग भेटेका थिए । जुन तस्बिर सामाजिक सञ्जालमा आएको थियो ।

पहिलो सिजनको अपार सफलता पछि निर्माताहरुले फ्यानका लागि दोस्रो सिजन निर्माण गरिरहेका छन् । दोस्रो सिजनको सुटिङ सन् २०२३ मा सुरु हुनेछ । त्यसपछि सन् २०२४ मा दोस्रो सिजन रिलिज हुनेछ ।

यो पनि…
लाल सिंह चढ्ढा : स्वदेशमा विरोध, विदेशमा हिट
पाँच कारणले चर्चामा लाल सिंह चढ्ढा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत